बिनोद दास इपिएलमा काठमाडौँ किंग्स-११ को ‘ डिरेक्टर अफ क्रिकेट ‘ नियुक्त

२०७५ आश्विन २२, सोमबार १०:३४

Binod Das
  • विकेटनेपाल,असोज २२ 

नेपाली रास्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान तथा वर्तमान यु-१९ राष्ट्रिय क्रिकेट टिम प्रशिक्षक बिनोद दासलाई एभरेस्ट प्रिमियर लिग ( इपिएल टि-२० ) टिम काठमाडौँ किंग्स-११ ले ‘डिरेक्टर अफ क्रिकेट’ को रुपमा नियुक्त गरेको छ।

आइतबार प्रेस बिज्ञप्ति जारि गर्दै टिमले दासलाई एभरेस्ट प्रिमियर लिगको जिम्मेवारी सुम्पेको हो। इपिएल टि-२० पतियोगिता मङ्सिर २२ देखि काठमाडौँमा सुरु हुँदैछ।

काठमाडौँ किंग्स-११ ले आफ्नो टिममा यस अघिनै आफ्नो टिममा चर्चित आयरल्याण्ड राष्ट्रिय क्रिकेटर केभिन ओ ब्रायन, जिम्बाबेका सिकन्दर राजा र युएई क्रिकेट टिम कप्तान रोहन मुस्तफालाई टिममा आबद्ध गरि सकेको छ।

“डिरेक्टर अफ क्रिकेट’ को रुपमा बिनोद दासलाई नियुक्त गरेपछि उनले लिगमा किंग्स ११ टिमको प्रशिक्षण देखि क्रिकेटरहरुको ब्यबस्थापन र समन्वयकर्ताको भूमिका निर्वाह गर्नेछन्। अघिल्ल्लो सिजनको इपिएलमा दास प्रतियोगिताकै निर्देशकको जिम्मेवारीमा थिए भने गत बर्ष धनगढी प्रिमियर लिगमा कन्चनपुर आइकोनिकको प्रशिक्षकको भूमिकामा थिए।

Kevin O'brien
Kevin O’brien

गत बर्षको इपिएलमा काठमाडौँ किंग्स ११ ले टिममा श्रीलंकन राष्ट्रिय क्रिकेटर फर्भेज महरुफलाई टिममा आबद्ध गरेको थियो जसले कप्तानी समेत सम्हालेका थिए। किंग्स ११ मा सोमपाल कामि मार्की प्लेयर रहेका छन् भने टिममा सागर पुन, जितेन्द्र  मुखिया,सिद्धान्त लोहनी, नरेश बुढायर, राजु रिजाल, अमित श्रेष्ठ जस्ता क्रिकेटर रहेका छन्।

गत सिजन किंग्स ११ अंक तालिकाको पाँचौ स्थानमा रहेपछि प्लेअफ चरण प्रवेश गर्न असफल रहेको थियो। ५ खेलमा टिमले १ मात्र खेलमा जित हात पारेको थियो।

एभरेस्ट प्रिमियर लिगमा कुल ६ टोलिरहेका छन् जसमा चितवन टाईगर्स, बिराटनगर वारियर्स, भैरहवा ग्लाडीएटर्स, पोखरा राइनोज, काठमाडौँ किंग्स ११ र ललितपुर प्याट्रीएट्स रहेका छन्। पछिल्लो संस्करण जस्तै यो पटक पनि प्रत्येक टिमले ३ जना बिदेशी खेलाडीहरु प्लेयिंग ११मा राख्नुपर्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy