डिपीएलमा बिनोद दासलाई ठुलो जिम्मेवारी

Binod Das
  • विकेटनेपाल, मङ्सिर-४ 

यही माघ १९ गते देखि फाल्गुन ४ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिगले राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान बिनोद दासलाई प्रतियोगिता निर्देशकको रुपमा नियुक्त गरेको छ।

लिग आयोजक धनगढी क्रिकेट एकेडेमी कैलालीले मंगलबार प्रेस बिज्ञप्ति जारि गर्दै दासलाई निर्देशकको रुपमा नियुक्त गरेको घोषणा गरेको हो। यस अघि दास गत बर्ष एभरेस्ट प्रिमियर लिगको निर्देशकको रुपमा काम गरिसकेका छन्।

यस बर्ष एभरेस्ट प्रिमियर लिग इपिएलले निर्देशकको रुपमा निरन्तरता दिएको छैन भने यस अघिनै उनलाई इपिएल टिम काठमाडौँ किंग्स ११ ले टिमको ‘डिरेक्टर अफ क्रिकेट’ मा नियुक्त गरिसकेको छ। “डिरेक्टर अफ क्रिकेट’ को रुपमा बिनोद दासलाई नियुक्त गरेपछि उनले इपिएलमा किंग्स ११ टिमको प्रशिक्षण देखि क्रिकेटरहरुको ब्यबस्थापन र समन्वयकर्ताको भूमिका निर्वाह गर्नेछन्।

धनगढी प्रिमियर लिग डिपीएलको गत संस्करण दास बिनोद भण्डारी कप्तान रहेको महेन्द्रनगर युनाइटेडको प्रशिक्षक रहेका थिए भने भर्खरै सम्पन्न पोखरा प्रिमियर लिगमा उनि लिग विजेता पोखरा राइनोजको प्रशिक्षक थिए। यस्तै दास २०१६ देखि नेपाली यु-१९ राष्ट्रिय टिमको प्रशिक्षक समेत रहँदै आएका छन्।

Binod Das Coach
Binod Das

यस अघि डिपीएलको प्रतियोगिता निर्देशकको रुपमा सौरभ ओझा रहेका थिए। प्रतियोगिताको सुरुवात धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष तथा संस्थापक समेत रहेका सुबास शाहीले गरे पनि उनि प्रतियोगितामा पर्दा बाहिर रहेर काम गर्ने गरेका छन्।

दासलाई नियुक्त गरेपछि धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले प्रतियोगिताको स्तर वृद्धि हुने विचार बिज्ञप्तिमा ब्यक्त गरेका छन् -“नेपाली क्रिकेटमा उहाँले हासिल गर्नुभएको अनुभवले तथा उहाँको निर्देशनमा प्रतियोगिताले थप उचाई लिने विश्वास लिएका छौं।”

डिपीएल निर्देशक भए पछि दासले प्रतियोगिताको स्तर देखि प्रतियोगिता दौरान र अघि बिभिन्न पक्षसंग समन्वयकर्ता लगायत सम्पूर्ण जिम्मेवारी समेत लिनेछन्।

धनगढी प्रिमियर लिगमा यस अघिको यस अघिको संस्करणमा ६ वटा सहरको टिमहरु खेलेका थिए भने यो पटक पनि त्यही फर्म्याटमा लिगको आयोजना हुनेछ। सोहि टिमहरु हुने वा अन्य टिमहरु पनि हुने घोषणा गरिएको छैन। प्रतियोगिताको लागि खेलाडीहरुको चयन अक्सनमार्फत गरिनेछ।

डिपीएलले गत साता प्रमुख प्रायोजकको रुपमा रुस्लानको साथ पाएको छ जसले नेपाली घरेलु क्रिकेटमै सर्वाधिक रकम १ करोड १० लाखको प्रायोजन गरेको छ।

DPL Sponser Signing
DPL Sponser Signing

प्रतियोगिताको दुवै संस्करणको उपाधि टिम चौराहा धनगढीले हात पारेको थियो। पारस खड्काको कप्तानीमा पहिलो संस्करण तथा सोमपाल कामीको कप्तानीमा दोस्रो संस्करणमा चौराहाले उपाधि जितेको थियो।

आयोजकले तेस्रो संस्करणको डिपिएलको अनुमानित लागत ५ करोड रुपैयाँ रहने बताएको छ। प्रतियोगिताको बिजेताले दोस्रो संस्करणमा नगद २५ लाख प्राप्त गरेको थियो।

धनगढी प्रिमियर लिगका यस सिजनका खेलहरु ड्रिम फाप्ला मैदानमा खेलाइनेछ। यसअघिका दुई सिजन खेलिएको धनगढीको संघीय इकाई प्रहरी कार्यलयको मैदानलाई भने वैकल्पिक मैदानमा तयार पारिनेछ।

 





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]