‘हामीले बुझेका छौँ कि उत्कृस्ट क्रिकेट खेल्नु पर्नेछ’- बिनोद दास

Binod Das
  • विकेटनेपाल, असोज ११ – बिहिबार 

अन्डर-१९ राष्ट्रिय टिमका प्रशिक्षक बिनोद दासले २९ सेप्टेम्बर देखि सुरु हुने यु-१९ युथ एसिया कपमा आफ्नो टिमको पहिलो लक्ष्य सेमीफाइनल पुग्ने बताएका छन्।

प्रतियोगिता खेल्न नेपाली युवा टिम बिहिबार बिहान बंगलादेश प्रस्थान गरेको छ। प्रतियोगितामा नेपाल रहेको समुहमा यु-१९ बिश्व कप बिजेता भारत, युथ एसिया कपको साविकको बिजेता अफगानिस्तान र युएई रहेका छन्।

नेपालले पहिलो खेलमा भारत संग २९ सेप्टेम्बरमा खेल्ने कार्यक्रम रहेको छ भने १ अक्टोबरमा अफगानिस्तान र २ अक्टोबरमा युएईसंग खेल्नेछ। यस्तै समुह ‘बि’ मा आयोजक बंगलादेश, हंगकंग, पाकिस्तान र श्रीलंका रहेका छन्। प्रतियोगिताको खेलहरु ढाका र चिटागोंगमा हुनेछ। २ वटा समुहबाट उत्कृस्ट २ हुने ४ टिमहरु सेमीफाईनल खेल्न छनौट हुनेछन्। अक्टोबर ४ र ५ तारिकमा सेमीफाईनल र अक्टोबर ७ तारिकमा फाईनल खेलिनेछ।

बंगलादेश प्रस्थान गर्नु अघि प्रशिक्षक दासले विकेटनेपालसंगको छोटो कुराकानीमा दोश्रो चरण पुग्नु पहिलो लक्ष्य रहेको तर बाटो मुस्किल रहेको स्वीकार गरेका छन् –

“पहिलो लक्ष्य दोश्रो चरणमा पुग्ने हो, तर त्यसको लागि हामि सबैलाई थाहा छ हामि बिश्वकप बिजेता भारत र एसिया कप बिजेता अफगानिस्तानसंग खेल्दै छौ।”

यसै महिना गरेको भारत भ्रमणमा अफगानिस्तान यु-१९ टिमलाई पराजित गरेको सम्झिदै दासले नेपाली टिमको क्षमतामा बिश्वास देखाए-

“भर्खरै भारतमा सम्पन्न प्रतियोगितामा हामीले राम्रो प्रदर्शन गरेका थियौं, हामि अझै राम्रो टिम भएका छौँ र आंकलन छ अफगानिस्तान र भारत पनि सुधारिएको टिम हुनेछ”

Nepal U19 Cricket Team
Nepal U19 Cricket Team

भारत टुरमा नेपालले अफगानिस्थान यु-१९ टिमलाई २५ रनले पराजित गरेको थियो। यस्तै भारत यु-१९ ‘बि’ संग हार बेहोरेपनि राम्रो बलिङ्ग प्रदर्शन गर्दै १६१ रनमा रोकेको थियो।

“यो टिमसंग क्षमता छ, अस्ति पनि हामीले अफगानिस्तानलाई पराजित गर्न सफल रह्यौ, तर हामि सबैलाई थाहा छ हामीले हाम्रो क्षमता अनुसार खेल्यौं भने मात्रै हामीलाई मौका हुनेछ र त्यसको लागि हामि तयार छौँ”

नेपाली टिमको ब्याटिंग मुख्य कमजोरी रहेको तर दिन प्रतिदिन सुधार हुँदै गएको तथ्य पनि उनले बताए-

“ब्याटिंग पनि हाम्रो सुधार भएको छ, अहिलेसम्म २०० रन यो टिमले बनाउन सकेको छैन (इन्डिया यात्रामा ) तर, हामी प्रत्येक खेलमा सुधार गरिरहेका छौँ, र त्यसमा पनि प्रत्येक खेलमा फरक खेलाडीले राम्रो गर्दै आएको थियो, यदी ३-४ जनाले योगदान गर्न सक्ने हो भने ब्याटिंगमा भने हामिले अस्चार्यजनक जित निकाल्न सक्छौ”

यस अघि राष्ट्रिय टिमको खेलाडीलाई यु-१९ टिममा मौका नदिने बताए पनि टिमको ब्याटिंग मजबुत बनाउन रोहित पौडेललाई समाबेस गरिएपछि ब्याटिंगमा मजबुती आउने बिश्वास उनले ब्यक्त गरे-

“रोहितको उपस्थितिले ठुलो मदत गर्छ, मिडल अर्डरमा रोहित आउनुले माथिल्लो क्रमलाई पनि आश्वासन दिन सक्छ, उनिसंग ठुलो स्तरमा खेलेको अनुभब छ त्यसैले रोहितले हामीलाई अगाडी लैजाने कुरामा बिश्वास गरेका छौ र उनि हाम्रो लागि प्रमुख फिनिसर हुनेछन्,

“तर म चाहदिन कि रोहितमा सबै दबाब होस्, हामि रोहित बिना पनि राम्रो गरिरहेका छौँ”

Rohit Poudel
Rohit Poudel

प्रतियोगिताको मलेसियामा सम्पन्न अघिल्लो संस्करणमा नेपालले फाइनलको यात्रा तय गरेको थियो र यो पटक त्यो भन्दा पनि माथि पुग्नको लागि खेल्ने अठोट दासले देखाए-

“सेमीफाइनलमा पुग्ने प्रयासमा हुने छौ यसपालि, यदी हामि सेमीमा पुग्यौ भने कुनै कारण छैन कि त्यो भन्दा माथि नजाने, त्यसको लागि हामीले बुझेका छौँ कि उत्कृस्ट क्रिकेट खेल्नु पर्नेछ”

नेपालले समुह चरणमा युएईलाई पराजित गर्दै भारत र अफगानिस्तान मध्ये १ टिमलाई पराजित गर्न सके सेमीफाइनल पुग्न सक्छ। अघिल्लो बर्ष मलेसियामा सम्पन्न प्रतियोगितामा पनि नेपालले भारत र मलेसियालाई पराजित गर्दै इतिहासमै पहिलो पटक युथ एसिया कपको सेमीफाइनल प्रवेश गरेको थियो।

युथ एसिया कप खेल्ने नेपाली टिम : आसिफ शेख ( कप्तान ) , कमल सिंह ऐरि ( उप कप्तान ), रोहित पौडेल , रभी शाह, नन्दन यादब, रित गौतम,पवन शर्राफ, रबिन्द्र जंग शाही, राशिद खान,भिम शार्की,तृत राज दास, सन्दिप जोरा, सागर ढकाल,अरुन ऐरि, सुर्य तामांग

नेपाली टिममा भारतमा खेलिएको भारत यु-१९ र अफगानिस्तान यु-१९ सम्मेलित सिरिजमा टोलिमा नभएका रोहित पौडेल,नन्दन यादब, रबिन्द्र जंग शाही र सुर्य तामांगलाई युथ एसिया कप खेल्ने टिममा मौका दिईएको छ। भारत टुरमा गएका सम्साद आलम, बिपिन रावल, लोकेस बम , किशोर महतोलाई टिममा मौका दिईएको छैन।

नन्दन र रबिन्द्रले यस अघि पनि यु-१९ टिमको लागि खेलीसकेका छन् भने सुर्य तामांग पहिलो पटक यु-१९ टिममा अटाएका हुन्। नन्दन तिब्र गति बलर हुन् भने रबिन्द्र माथिल्लो क्रमका ब्याट्सम्यान। सुर्य तामांग देब्रे हाते स्पिनर हुन् जसले यु-१६ राष्ट्रिय टिमको प्रतिधित्व गरिसकेका छन्।

नेपाली टिमको प्रमुख प्रशिक्षकमा बिनोद दास रहेका छन् भने टिम म्यानेजरको रुपमा शक्ति गौचन, सहायक प्रशिक्षकको रुपमा मनोज कटवाल बंगालदेश जानेछन्। यस्तै टिमको फिजियो बिक्रम न्यौपाने रहनेछन्। युथ एसिया कप खेल्न नेपाली टोलि २७ सेप्टेम्बरमा बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]