बिनोद दासको नजरमा यी युवा खेलाडी कप्तानीको लागि उपयुक्त

नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान बिनोद दासले एक अन्तर्वार्ताका क्रममा बिभिन्न विषयमा धारणा राखेका हुन्।

फेसबुक ग्रुप नेपाली क्रिकेट फ्यान्स अन फेसबुकमा सागर खरेलसंग आधा घण्टा बढी अन्तर्वार्ताको क्रममा यु-१९ राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक रहीसकेका दासले समर्थकहरुको प्रश्नको समेत उत्तर दिएका थिए। दासले उक्त अन्तर्क्रियाको क्रममा बताएका कुराहरु बुंदागत रुपमा प्रस्तुत गरेका छौँ –

खेलाडीको ब्याटिंग टेक्निकमा समस्या हैन

हामि एकदिवसीय राष्ट्र भएर पनि स्तरीय विकेट छैन। टियु मैदानमा स्पिनरलाई ब्याटिंग गर्न निकै गार्हो छ। मिडियम पेसरको बल समेत ब्याटमा राम्रोसंग आउदैन। पिच राम्रोसंग समेत तयार हुँदैन।  हामीले जब सम्म फ्ल्याट विकेट बनाउदैनौ तबसम्म ब्याट्सम्यानहरुको बानि बस्दैन। हामीले हाम्रो घरमा फ्ल्याट विकेटमा ब्याटिंग गरेका छैनौ भने अरु ठाउँमा फ्ल्याट विकेटमा पनि ब्याटिंग गर्न सक्दैनौ।

ब्याटिंगमा समस्या खेलाडीहरुमा हैन, टेक्निकमा समस्या हैन। समस्या खेलमा, खेल भन्दा अगाडी तयारी , खेल कसरि रिड गर्ने, आफ्नो खेलको योजना बनाउने तरिका, खेल अघि बिपक्षी बिरुद्धको योजनामा रहेको छ।

कप्तानीको लागि उपयुक्त युवा खेलाडीहरु  

युवा खेलाडीमा कप्तानको रुपमा अहिले रोहित पौडेल राम्रो छन्। उसको क्रिकेट सम्बन्धि ग्यान र सोच्ने तरिका जुन तरिकाको छ, रोहित अगाडी छ। दिपेन्द्र ऐरी पनि राम्रो लिडर हुन सक्छन् जुन तरिकाले उनि खेल बुझ्ने गर्छन्। कप्तान हुनको लागि क्रिकेटको ग्यान मात्र हैन समग्र कुरा हुनु पर्छ जसले गर्दा टिम अघि बढ्छ।

Rohit Paudel

सबै हेर्दा रोहित अगाडी छ। सन्दिप लामिछाने पनि राम्रो छन् तर उनले केहि कुरा सिक्न बाँकी छ, समुहमा कसरि काम गर्ने सिक्न बाँकी छ। आरिफ शेखमा पनि सम्भावना रहेको छ। अहिले ज्ञानेन्द्र, शरद, पारस जस्ता खेलाडी रहेकोले उनीहरुले युवालाई गाइड गर्न सक्छन्। प्रतिभाशाली युवा खेलाडीहरु छन् त्यसैले युवाहरुलाई गरम गर्ने हो भने हामीलाई कप्तानको कमि हुने छैन।

क्यानमा जान पहल गर्नेछु 

क्रिकेट संघको प्रक्रिया अनुसार जेनेरल म्यनाजर, सीइओ, डेभलपमेन्ट म्यानेजर जस्ता पोस्टहरुको लागि म आफ्नो योग्यता अनुसार आउन तयार छु। सबै पोस्टको लागि अपलाई गर्छु। यसको लागि मेरो भन्दा क्यानको निर्णय महत्वपूर्ण रहन्छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy