कतारसंग हार पछि नेपाली टिमलाई पुर्वकप्तान बिनोद दासको प्रश्न

Binod Das Coach

टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) अन्तर्गत टि-२० वरियतामा ११ औं वरियतामा रहेको नेपालले आफ्नो पहिलो खेलमा वरियतामा २१ औं नम्बरमा रहेको कतारसंग हार बेहोर्दै निराशाजनक सुरुवात गरेको छ।

सिंगापुरको इन्डीएन एसोसीएसन मैदानमा टस जितेर ब्याटिंग रोजेको नेपालले खराब ब्याटिंग गर्दै १२२ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो। जवाफमा कतारले १९.२ ओभरमा मात्र ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। हार पछि नेपाली समर्थकहरु आक्रोसित र निराश देखिएका छन्। यसरी क्रममा नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान तथा वर्तमान अन्डर-१९ टिमका प्रशिक्षक बिनोद दासले हार पछि ४ वटा प्रश्न खडा गरेका छन्।

हारपछि नेपाली टिमलाई बिनोद दासको ४ वटा प्रश्न

१. पावरप्लेमा कसले बलिंग गर्छ, मिडल ओभरमा र डेथ ओभरमा ?
. यो पिच अझै ब्याटिंगको लागि मुस्किल छ ?
३. हामीले ६ जना बलर+पारस लाई खेलाएर २० ओभर बलिंग गर्ने सहि निर्णय गर्यौं
४. हामीले १२२ रक्षा गर्न सक्छौं ?

खेलको दौराननै बिनोद दासले ट्वीट गर्दै आफुमा निकै प्रश्नहरु घुमीरहेको र सोध्ने कि नसोध्नेमा दोधार रहेको बताएका थिए।

 

नेपालको ब्याटिंग कमजोर रहेको तथ्य हुँदाहुँदै नेपालले खेलमा ५ जना मात्रै मुख्य ब्याट्सम्यान लिएर खेलेको थियो। टिममा करन केसी, सोमपाल कामि र अविनाश बोहरा तिब्र गति बलर तथा बसन्त रेग्मी, ललित राजबंशी र सन्दिप लामिछाने गरि ३ बलर खेलेका थिए।

नेपालले खेलमा राम्रो ओपनिंग साझेदारी गरे पनि त्यसपछि लगातार विकेट गुमाएको थियो। ६ ओभरमा ४९/१ रहेको अवस्थाबाट नेपालले ७३ रन जोड्दा बाँकी विकेट गुमाउन पुगेको थियो। नेपालको लागि दिपेन्द्र एरिले सर्वाधिक ३४, पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले २३ तथा सोमपाल कामिले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। शरद भेसावकर ७ रन, बिनोद भण्डारी ३ रन , करन केसी ४ रन बनाएर आउट भए।

नेपाली ब्याट्सम्यानहरु पिच अनुसार खेल्नु भन्दा ठुलो सट खेल्ने चक्करमा आउट हुन पुग्दा लगातार विकेट गुमाउन पुगेका थिए। पिच सहज नभए पनि नेपाली ब्याट्सम्यानहरु परिस्थिति अनुसार खेल्न सकेनन् भने टिमको योजना पनि देखिएन।


पारस र ज्ञानेन्द्रले ओपनिंग साझेदारीको रुपमा ४९ रन बनाउनु बाहेक खेलमा ठुलो साझेदारी बन्ने सकेन र नेपालले लगातार विकेट गुमाएको थियो।

६ जना बलर खेलाए पनि अन्तिमको ओभरमा रन रोक्ने बलरको आवस्यकता हुँदा अविनाश बोहराको ओभर १८ ओभरमा सकिएको थियो। पहिलो ओभरमा १३ रन खर्चिए पनि सोमपालले १ ओभर मात्र बलिंग गरे। अन्तिम ओभरमा कतारलाई ३ रन जित्न आवस्यक रहंदा २ ओभरमा २१ रन खर्चिएका ललित राजबंशी अन्तिम ओभर बलिंग गर्न आउनु परेको थियो।

प्रतियोगितामा नेपालले अब दोश्रो खेल भोलि बुधबार मलेसियासंग खेल्नेछ। नेपाल सहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत सहभागी प्रतियोगिताको विजेता टिम अक्टोबरमा युएईमा आयोजना हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्न छानिनेछ।

 





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]