टि-२० विश्वकप छनौट यात्रा टुंगिएपछि नेपाली क्रिकेट टिमका फ्यानहरु निराश हुँदै सामाजिक संजालमा प्रतिक्रिया दिईरहेका छन्। टिम र खेलाडीहरुलाई गालि गर्दै फ्यानहरुले सामाजिक संजाल भरिरहंदा नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान बिनोद दासले नेपाली खेलाडीहरुलाई गालि नगर्न आग्रह गर्दै ट्वीट गरेका छन्।
टि-२० विश्वकप छनौटमा नेपालले पहिलो खेलमा कतारसंग पराजित भए पछि मलेसिया र कुवेतलाई पराजित गरेको थियो। चौथो खेलमा सिंगापुरलाई पराजित गरे नेपाल युएईमा अक्टोबरमा आयोजना हुने टि-२० विश्वकप छनौट हुन्थ्यो। २०१४ मा टि-२० विश्वकप छनौट भएको नेपाल त्यसपछि २०१६ को टि-२० विश्वकप छनौट हुन पनि असफल भएको थियो।
After finishing atop the ICC #T20WorldCup Qualifier – Asia 2019 table, Singapore seal their spot in the Men’s @T20WorldCup global qualifier! pic.twitter.com/c8z4aJRSr4
— ICC T20 World Cup (@T20WorldCup) July 28, 2019
“खेलाडीहरुले जति पिंडा अरुले महसुस गर्दैनन्। हामीले हार पछि खेलाडीहरुको जीवन र शरीरलाई अघि ल्याएर गालि गर्छौं र १-२ दिनमा बिर्सन्छौ। तर खेलाडीहरुले यही असफलता लिएर जीवन बिताउनु पर्छ। कृपया उनीहरुलाई अपमान गर्न रोक्नुस”
यति लेख्दै दासले ह्याशट्याग प्रयोग गर्दै “तपाईको योगदान के” #whatsurcontribution लेखेका छन्।
दासले ट्वीटरमा पोस्ट गर्दै खेलाडीहरुको पक्षमा प्रतिक्रिया दिएका हुन्। यस अघि नेपालले कतारसंग पहिलो खेलमा हारे पछि दास आफैले नेपाली टिमलाई प्रश्न उठाएका थिए।
दासले थप लेख्दै समर्थकलाई हार स्वीकार्न सिक्नु पर्ने नत्र टिमलाई समर्थन गर्न छोड्न आग्रह गरेका छन्”
“यदी तपाईले हार स्वीकार्न सक्नु हुन् भने नखेल्नुस र खेलकुद टिमलाई नपछ्याउनुस। स्वतन्त्र भएर आलोचना गर्नुस तर सौहार्दपूर्ण तरिकाले र जायज प्रश्न खडा गरेर।
Nobody feels the pain as much as players do.For Us,we will react to the loss, scold them for putting their life n body on line and forget about it in a day or two.These players will have to live with this failure all their life.Please stop humiliating them.#whatsurcontribution?
— Binod Das (@binodsum) July 28, 2019
खराब बलिंग र कप्तानीको कारण हार्यो नेपाल – कंडेल
नेपाली अन्डर-१९ क्रिकेट टिमका पुर्व क्रिकेटर देब्रे हाते स्पिनर सुशील कंडेलले आफ्नो फेसबुकमा पोस्ट गर्दै नेपालले सिंगापुरसंग हार्नुको पछाडी बलिंग र कप्तानीलाई दोष दिएका छन्।
“प्रतियोगितामा नेपाली स्पिनरको निकै खराब बलिंग। फाइनलमा ( सिंगापुरसंग ) निकै खराब कप्तानी। म कसैलाई आलोचना गरिरहेको छैन तर तपाई ओभरमा ४ फुलटस बल गरेर राष्ट्रिय टिममा पर्न योग्य हुनुहुन्न। नेपाली क्रिकेटलाई भगवानले रक्षा गरुन्।” हाल जापानमा रहेका कंडेलले लेखेका छन्।
“नेपाललाई क्रिकेटमा दूरदर्शी व्यक्तित्वको खाँचो रहेको छ। हामीले यदी अहिले पाठ सिकेनौ भने भविष्यमा अझ मुस्किल हुनेछ। मेरो अनुरोध खेलाडी र व्यवस्थापनलाई यो छ कि स्वार्थी हुन छाड्नुस। यदी यो सुधार भए भने यो बारम्बार दोहोरिनेछ। जय नेपाल, जय नेपाली क्रिकेट”