टि-२० स्म्यास फाइनल पछि फेसबुकमा प्रशिक्षक दासले पोखे निराशा र खुसि

Binod Das
  • विकेटनेपाल, माघ-६ , आइतबार 

थाईल्याण्डमा शनिवार सम्पन्न थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगिताको फाइनलमा पराजित भएपछि टिमका प्रशिक्षक बिनोद दासले सामाजिक संजालमा पोस्ट गर्दै आफ्नो निराशा तथा गर्व समेत ब्यक्त गरेका छन्।

प्रतियोगिताको लिग चरणको ४ खेलमा अपराजित रहँदै सेमीफाइनल प्रवेश गरेको नेपाली टिमले इन्डोनेसियालाई सहजै पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। फाइनलमा भने आयोजक थाईल्याण्डसंग ७० रनले पराजित हुने क्रममा १२२ रनको लक्ष्य पछ्याएको नेपाल ५१ रनमा समेटिन पुगेको थियो।

१२ वर्षपछि नेपाली महिला राष्ट्रिय टिम कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा प्रवेश गरेता पनि प्रतियोगिताको उपाधि भने जित्न असफल रह्यो।

फाइनलमा पराजित हुनु परेपछि पहिलो पटक महिला राष्ट्रिय टिमको प्रशिक्षण सम्हालेका दासले आफु निराश भएको तर प्रतियोगितामा टिमको प्रदर्शन भने गर्व गर्न लायक भएको लेखेका छन्-

‘हामि निकै दुखि छौँ कि प्रतियोगिताको अन्त्य जितको साथ गर्न सकेनौं। तर हामिले जुन हिसाबले एउटा टिमको रुपमा खेल्यौं त्यसमा गर्व गर्छौं’

‘म गर्व गर्छु, यो टिमलाई उत्कृस्ट मध्येको एक बनाउन जुन हिसाबले हाम्रो टिम सहित ३० जना केटिहरुले मेहनत गरेका छन्’

‘महिला राष्ट्रिय टिमको पहिलो पटक प्रशिक्षक हुँदाको अनुभव म सधैँ अंगालीराख्नेछु’

‘धन्यवाद केटिहरु, तिमिहरु सबै उत्कृस्ट थियौ’

फेसबुकमा दासले लेखेको पोस्टले कमजोर मानिएको महिला क्रिकेट टिमले फाइनल जित्न नसके पनि १२ वर्ष पछि पहिलो पटक महिला टिमले कुनै प्रतियोगिताको फाइनल खेल्दा दासको सन्तुस्टी देखिन्छ।


सन् २००७ मा पहिलो पटक नेपाली महिला टिमले एसीसी वुमेन्स च्याम्पियनसिप प्रतियोगिता खेल्दा फाइनल यात्रा गरेको थियो। त्यस पछि महिला टिम सेमीफाइनल माथि कुनै प्रतियोगितामा पुग्न सकेको थिएन।

क्रिकेट संघको अनुपस्थितिमा वर्षमा एउटा मात्र राष्ट्रिय प्रतियोगिता खेलेर तथा मात्र २ हफ्ताको छोटो अभ्यास पछि पनि महिला टिमले अन्तर्राष्ट्रिय स्तरमा यो नतिजा ल्याउनुले टिममा प्रचुर सम्भावना रहेको देखाएको छ।

महिला राष्ट्रिय टिमको प्रशिक्षण पुरुष टिमको भन्दा भिन्न र बिभिन्न अन्तरिक कारणले समेत मुस्किल मानिने गर्छ। महिला टिम भित्रै गुटबन्दि रहेको कुरा पनि बारम्बार बाहिर आउने गर्छ। २ वर्ष अघि टिम प्रशिक्षक राजु बस्नेत माथि यौन दुर्व्यवहारको आरोप लाग्दा टिमनै वदनाम समेत हुन पुगेको थियो जसले महिला टिम माथिनै नकारात्मक धारणा समेत बनाएको थियो। त्यस माथि नियमित प्रशिक्षण, प्रतियोगिता, सेवा सुबिधा तथा लगातारको उपेक्षाको कारण पनि टिमको स्तर खस्कदो रहेको छ। विविध कारणहरुले महिला टिमको प्रशिक्षण सम्हाल्नु अघि प्रशिक्षकहरु सोच्न बाध्य हुने अवस्था रहने गर्छ।

भारत यु-१९ लाई पराजित गर्दै २०१७ यु-१९ युथ एसिया कपको सेमीफाइनल पुर्याएका दासलाई यो पटक महिला राष्ट्रिय टिमको समेत जिम्मेवारी दिईएको थियो। राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान  दास यु-१९ राष्ट्रिय टिमको नियमित प्रशिक्षकको रुपमा रहेका छन्।

दासको उपस्थितिले महिला टिम पहिले भन्दा सन्तुलित देखिएको थियो भने ब्याटिंगमा सुधार देखिएको थियो। फिटनेसमा पनि बिशेष जोड दिएका दासले टिममा समेत परिवर्तन गरेका थिए जुन प्रयास सफल टि-२० स्म्यासमा सफल भएको छ। प्रतिकुलताका वावजुत पनि दासले आफ्नो प्रशिक्षणमा टिमलाई एक रुप बनाउन सफल रहे।

गत वर्ष टि-२० बिश्व कप छनौट खेलेको र नेपाल भन्दा स्तरीय टिम मानिएको युएईलाई प्रतियोगितामा पराजित गरेको नेपालले आफ्नो स्तर बढेको यो प्रतियोगितामा देखायो। युएईले २०१७ मा नेपाललाई आईसीसी बिश्व कप छनौट ( एसिया ) प्रतियोगितामा नेपाललाई पराजित गरेको थियो र उक्त प्रतियोगितामा उपविजेता हुँदै दोश्रो चरण प्रवेश गरेको थियो। थाईल्याण्डल्याण्डसंगको खेल बाहेक नेपाली ब्याट्सउमनहरुले देखाएको धैर्यता, ठुलो साझेदारीहरु तथा अनुशाशित बलिङ्ग र फिल्डिंग नेपालको सकारात्मक पक्ष रह्यो।

Nepal Women's Cricket Team
Nepal Women’s Cricket Team

थाईल्याण्ड वुमेन्स टि-२० स्म्यासको सहभागिता पछि नेपाली महिला टिमले फेब्रुवरी १८ देखि २७ तारिकसम्म ( फाल्गुन ५- १५ गते ) थाईल्याण्डमानै आयोजना हुने आईसीसी महिला विश्व कप छनौट एसिया प्रतियोगिता खेल्नेछ।

महिला टि-२० बिश्व कप छनौट एसिया प्रतियोगितामा नेपाल सहित आयोजक थाईल्याण्ड, चिन, हंगकंग, कुवेत, मलेसिया र युएई गरि कुल ७ टोलि सहभागी हुँदैछन्। राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने प्रतियोगिताको विजेता टिमले आईसीसी टि-२० बिश्व कप छनौट प्रतियोगिता २०१९ र आईसीसी महिला बिश्व कप २०२० ( एकदिवसीय ) खेल्न छनौट हुनेछ।

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]