नेपालको राम्रो सुरुवात, बिनोद र ज्ञानेन्द्रको जोडीले बनायो नयाँ रेकर्ड

  • विकेटनेपाल, माघ-१२ , शनिवार 

युएई र नेपाल बीच जारि एकदिवसीय सिरिज अन्तर्गत दोश्रो एकदिवसीयमा ओपनर ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले नयाँ रेकर्ड बनाएका छन्।

जारि खेलमा टस जितेर ब्याटिंग गरेको नेपालको लागि राम्रो सुरुवात दिलाउने क्रममा नेपालको ओपनिङ्ग जोडीले अर्धशतकीय साझेदारी गरेका हुन्।

यो समाचार तयार पार्दा नेपालले १५.३ ओभरमा १ विकेट गुमाएर ६१ रन बनाएको छ। पहिलो विकेटको रुपमा ओपनर बिनोद भण्डारी २१ रन बनाएर आउट भए जसले ४६ बलमा २ चौका प्रहार गरे। उनलाई युएई बलर अमिर हायातले १५.३ ओभरमा स्लिपमा क्याच आउट गराएका हुन् अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल ४२  रन ( ५८ बलमा ४ चौका ) र पारस खड्का २ रन बनाएर ब्याटिंग गरिरहेका छन्। अपडेट 

ज्ञानेन्द्र र बिनोदको नयाँ रेकर्ड 

पहिलो विकेटको लागि ज्ञानेन्द्र र बिनोदले १५.३ ओभरमा ६१ रनको साझेदारी गरे। यो साझेदारी नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि विकेटको लागि सबैभन्दा ठुलो साझेदारी हो।

Gyanendra Malla
Gyanendra Malla

यस भन्दा अघि ज्ञानेन्द्र मल्ल र अनिल साहले गत वर्ष अगस्टमा भएको एकदिवसीय सिरिज अन्तर्गत पहिलो एकदिवसीयमा पहिलो विकेटको लागि ५८ रनको साझेदारी गरेका थिए। यस्तै चौथो विकेटको लागि सुबास खकुरेल र दिपेन्द्र ऐरिले गत वर्ष अगस्टमा एसिया कप छनौट प्रतियोगितामा ५८ रनकोनै साझेदारी गरेका थिए। त्यसपछि पारस खड्का र आरिफ शेखले नेदरल्याण्डसंग गत वर्ष सिरिजमा छैठौं विकेटको लागि गरेको ४७ रनको साझेदारी आउछ।

नेपालले कुनै पनि विकेटको लागि गरेको ठुलो साझेदारी – 

६१ रन – ज्ञानेन्द्र मल्ल -बिनोद भण्डारी ( बिरुद्ध युएई , पहिलो विकेटको लागि ) ,
५८ रन – ज्ञानेन्द्र मल्ल – अनिल साह ( बिरुद्ध नेदरल्याण्ड, पहिलो विकेटको लागि )
५८ रन –  सुबास खकुरेल – दीपेन्द्र ऐरि ( बिरुद्ध युएई , चौथो विकेटको लागि )
४७ रन – पारस खड्का – आरिफ शेख ( बिरुद्ध नेदरल्याण्ड, छैठौं विकेटको लागि )
४१ रन – सोमपाल कामि – सन्दिप लामिछाने ( बिरुद्ध नेदरल्याण्ड , नवौं विकेटको लागि )

ज्ञानेन्द्र मल्लले नेपाली क्रिकेट टिमको एकदिवसीय क्रिकेटमा ओपनिङ्ग गर्न थाले देखि गरेको यो दोश्रो अर्धशतकीय साझेदारी हो। यस्तै ज्ञानेन्द्रले लिस्ट ए क्रिकेटमा ४२ औं खेल खेल्दै गर्दा १ हजार रन समेत पुरा गरेका छन्।





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]