नेपालको राम्रो सुरुवात, बिनोद र ज्ञानेन्द्रको जोडीले बनायो नयाँ रेकर्ड

२०७५ माघ १२, शनिबार १२:३७

  • विकेटनेपाल, माघ-१२ , शनिवार 

युएई र नेपाल बीच जारि एकदिवसीय सिरिज अन्तर्गत दोश्रो एकदिवसीयमा ओपनर ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले नयाँ रेकर्ड बनाएका छन्।

जारि खेलमा टस जितेर ब्याटिंग गरेको नेपालको लागि राम्रो सुरुवात दिलाउने क्रममा नेपालको ओपनिङ्ग जोडीले अर्धशतकीय साझेदारी गरेका हुन्।

यो समाचार तयार पार्दा नेपालले १५.३ ओभरमा १ विकेट गुमाएर ६१ रन बनाएको छ। पहिलो विकेटको रुपमा ओपनर बिनोद भण्डारी २१ रन बनाएर आउट भए जसले ४६ बलमा २ चौका प्रहार गरे। उनलाई युएई बलर अमिर हायातले १५.३ ओभरमा स्लिपमा क्याच आउट गराएका हुन् अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल ४२  रन ( ५८ बलमा ४ चौका ) र पारस खड्का २ रन बनाएर ब्याटिंग गरिरहेका छन्। अपडेट 

ज्ञानेन्द्र र बिनोदको नयाँ रेकर्ड 

पहिलो विकेटको लागि ज्ञानेन्द्र र बिनोदले १५.३ ओभरमा ६१ रनको साझेदारी गरे। यो साझेदारी नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि विकेटको लागि सबैभन्दा ठुलो साझेदारी हो।

Gyanendra Malla
Gyanendra Malla

यस भन्दा अघि ज्ञानेन्द्र मल्ल र अनिल साहले गत वर्ष अगस्टमा भएको एकदिवसीय सिरिज अन्तर्गत पहिलो एकदिवसीयमा पहिलो विकेटको लागि ५८ रनको साझेदारी गरेका थिए। यस्तै चौथो विकेटको लागि सुबास खकुरेल र दिपेन्द्र ऐरिले गत वर्ष अगस्टमा एसिया कप छनौट प्रतियोगितामा ५८ रनकोनै साझेदारी गरेका थिए। त्यसपछि पारस खड्का र आरिफ शेखले नेदरल्याण्डसंग गत वर्ष सिरिजमा छैठौं विकेटको लागि गरेको ४७ रनको साझेदारी आउछ।

नेपालले कुनै पनि विकेटको लागि गरेको ठुलो साझेदारी – 

६१ रन – ज्ञानेन्द्र मल्ल -बिनोद भण्डारी ( बिरुद्ध युएई , पहिलो विकेटको लागि ) ,
५८ रन – ज्ञानेन्द्र मल्ल – अनिल साह ( बिरुद्ध नेदरल्याण्ड, पहिलो विकेटको लागि )
५८ रन –  सुबास खकुरेल – दीपेन्द्र ऐरि ( बिरुद्ध युएई , चौथो विकेटको लागि )
४७ रन – पारस खड्का – आरिफ शेख ( बिरुद्ध नेदरल्याण्ड, छैठौं विकेटको लागि )
४१ रन – सोमपाल कामि – सन्दिप लामिछाने ( बिरुद्ध नेदरल्याण्ड , नवौं विकेटको लागि )

ज्ञानेन्द्र मल्लले नेपाली क्रिकेट टिमको एकदिवसीय क्रिकेटमा ओपनिङ्ग गर्न थाले देखि गरेको यो दोश्रो अर्धशतकीय साझेदारी हो। यस्तै ज्ञानेन्द्रले लिस्ट ए क्रिकेटमा ४२ औं खेल खेल्दै गर्दा १ हजार रन समेत पुरा गरेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy