PSL FINAL : बायो बबल प्रोटोकल तोड्दा हैदर र उमेदले खेल्न नपाउने

बिहिबार ( जुन २४ ) हुने पाकिस्तान सुपर लिगको फाइनलमा मुल्तान सुल्तान्स बिरुद्ध पेशावर जाल्मी दुई खेलाडी हैदर अलि र उमेद आसिफ बिना मैदान उत्रनु पर्ने भएको छ।

कोभिड-१९ बायो-बबल प्रोटोकल्स तोडेका कारण दुई खेलाडीलाई कारवाही स्वरूप फाइनल खेल्न प्रतिबन्ध गरिएको हो। दुई खेलाडीले बायो-बबालबाट बाहिरि रहेका व्यक्तिहरुसंग भेटघाट गरेको र सामाजिक दूरी समेत कायम नगरेका कारण कडा कारवाही गरिएको हो।

जारि लिगमा उमेद आसिफले ९ खेल खेल्ने क्रममा ८ विकेट लिएका थिए भने सोमन खेलमा हैदर अलिले १६६ रन बनाएका थिए।


यही घटनाको कारण हैदर अलिलाई इंग्ल्यान्ड र वेस्टइन्डिज भ्रमणको लागि समेत टिमबाट बाहिर निकालिएको छ। उनको स्थान सोहेब मक्सुदले लिने भएका छन्।

पाकिस्तान क्रिकेट बोर्डद्वारा जारि प्रेस विज्ञप्तिमा उक्त घटना बुधबार घटेको जसपछि बिहिबार बिहान लिगको कोभिड-१९ व्यवस्थापन प्यानलले उक्त निर्णय लिएको बताईएको छ। विज्ञप्तिमा अलि र आसिफ दुवै बाहिरि व्यक्तिहरुसंग भेटघाट पछि टिमको अन्य व्यक्तिहरुको सम्पर्कमा नआएको र उनीहरुलाई आफ्नो कोठामै आइसोलेसनमा राखिएको जानकारी गराइएको छ।

खेलाडीहरुमा कोभीड-१९ देखिएपछि मार्चमा पाकिस्तान सुपर लिगको खेलहरु स्थगित गरिएको थियो जसपछि युएईमा बाँकी खेलहरु आयोजना गरिएको थियो।

लिगको फाइनल खेल मुल्तान सुल्तान र पेशावर बीच बिहिबार राति नेपाली समय ९:४५ बजे सुरु हुनेछ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]