प्रम कप : बिपिनको कप्तानीमा गण्डकी प्रदेश टिम

गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताको लागि टिमको घोषणा गरेको छ।

गण्डकी प्रदेश क्रिकेट संघले बिपिन खत्रीको कप्तानीमा १४ सदस्यिय टोलिको घोषणा गरेको हो। यहि माघ २ गतेवाट काठमाण्डौमा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि ४ वैकल्पिक सहित १४ सदस्यिय खेलाडीको चयन गरेको संघले जनाएको छ ।

पिएम कपका लागि चयन भएका खेलाडीहरुमा अशोक श्रेष्ठ (उपकप्तान), दिपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दिपक डुम्रे, अभिषेक थापा, सुभाष भण्डारी, समिर कडेल, अर्जुन कुमार, विशाल पौडेल, विष्णु पाण्डे र दिनेश वुढामगर रहेका छन ।

त्यसै गरि टिमको वैकल्पिक खेलाडीमा मिलन लुइटेल, विज्ञान गौतम, सन्देश वस्नेत, कमल परियार रहेका छन भने टिमको प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापकमा चन्द्र कुमार गुरुङ (जिमी) रहेको संघले जनाएको छ ।

प्रतियोगितामा एपिएफ क्लब, कर्णाली प्रदेश, प्रदेश १ तथा नेपाल आर्मी क्लब सॅंगै समुह ‘क’ मा रहेको गण्डकी प्रदेशको पहिलो खेल माघ ५ गते प्रदेश १ विरुद्ध रहेको छ ।

https://wicketnepal.com/pm-cup-army-apf-ekai-samuha-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy