विपिन रावलले उत्कृस्ट ब्याटिंग गर्दा लिटिल फ्लावरलाई उपाधि

  • विकेटनेपाल, मङ्सिर-३ 

निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगको तेस्रो संसकरणको उपाधि माथि घरेलु टोली लिटिल फ्लावर र्बोडिङ स्कुलले कब्जा जमाएको छ।

आज भएको फाईनलमा महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीलाई ७ विकेटले पराजित गर्दै लिटिल फ्लावरले पहिलोपटक उपाधि जितेको हो।

पहिलो पटक च्याम्पियन बनेको लिटिल फ्लावर स्कुल धनगढीले उपाधिसँगै १ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र तथा लगातार दोस्रो पटक उपविजेतामा सिमित रहेको लिटिल बुद्ध एकेडेमी कञ्चनपुरले ५५ हजार ५ सय ५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।

धनगढी स्थित संघीय प्रहरी कार्यालयको खेल मैदानमा आज भएको फाईनलमा टस जितेर पहिला ब्याटिङ गरेको लिटिल बुद्धले २० ओभरमा ३ विकेट गुमाउँदै १४५ रनको योगफल बनायो। लिटिल बुद्धका लागि हेमन्त कार्कीले अविजित ७३, नारायण जोशीले ३३ र शुसिल खड्काले १९ रन बनाए। लिटिल फ्लावरका शेर मल्लले २ विकेट लिए।

१४६ रनको लक्ष्य लिटिल फ्लावर स्कुल धनगढीले १८ दशमलव १ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। लिटिल फ्लावरलाई उपाधि दिलाउने क्रममा लिटिल फ्लावरका कप्तान विपिन रावलले उत्कृष्ट ७९ रनको पारी खेले। उनले ४१ बलमा ११ चौका र १ छक्का प्रहार गरे। यस्तै दिपक रोकायाले अविजित २४ रन बनाए। लिटिल बुद्धका लागि नारायण जोशीले २ विकेट लिए।

लिटिल फ्लावरका कप्तान विपिन रावलले टीमको उत्कृष्ट प्रदर्शनले उपाधि जितेको बताए। लिटिल बुद्धका कप्तान शुसिल खड्काले राम्रो खेल्दा खेल्दै पनि हार्नु परेको बताए।

कार्तिक २७ गतेदेखि धनगढीमा सुरु भएको प्रतियोगिता प्लेयर अफ द सिरिज शेर मल्ल, बेष्ट ब्याट्सम्यान सिद्धार्थ शिसु सदनका खड्क बोहोरा, बेष्ट बलर लिटिल बुद्ध एकेडेमीका रोचक ऐर र राईजिङ प्लेयर लिटिल फ्लावर स्कुल धनगढीका विशाल भट्ट भए।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५/५ हजार प्राप्त गरे । प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच प्रतियोगिताको मुख्य प्रायोजक निष्ट कलेजका निर्देशक डाक्टर माधव वराल लगायतले पुरस्कार वितरण गरे।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]