पारसको बिराटनगरले रोक्ला पोखरेली लेभीको आक्रमण ?

Biratnagar Vs Pokhara
  • विकेटनेपाल- मङ्सिर २५ , मंगलबार 

एभरेस्ट प्रिमियर लिग इपिएल टि-२० अन्तर्गत मंगलावर पहिलो खेलमा बिहान ९ बजे पोखरा राइनोज र विराटनगर वारियर्स प्रतिस्पर्धा गर्दै छन्।

कागजमा बलियो देखिएको पोखराले प्रतियोगितामा पहिलो २ खेल हार्दै लय समात्न भने सकेको छैन। टोलीको ब्याटिंगमा दक्षिण अफ्रिकी सुपरस्टार रिचर्ड लेभीले लगातार राम्रो प्रदर्शन गरेपनि बलिंग बिभाग भने चल्न सकेको छैन।

पोखराले प्रतियोगिताको पहिलो खेलमा २१५ रनको बिशाल योगफल बनाए पनि भैरहवासंग ४ विकेटले पराजित हुन पुगेको थियो। यस्तै दोश्रो खेलमा पनि पहिले ब्याटिंग गर्दै १६६ रन बनाएपछि ललितपुरसंग ८ विकेटको ठुलो हार बेहोरेको थियो।

Richard Levi ( Photo - Pokhara Rhinos )
Richard Levi ( Photo – Pokhara Rhinos )

दुवै खेलमा महँगो सावित हुँदै विकेट निकाल्न नसकेका शक्ति गौचनको फर्म ( ४-०-३९-० र २.५-०-२७-० )  पोखराको चिन्ताको बिषय बनेको छ भने इंग्ल्याण्डका पल कोग्लिनको ( ४-०-५०-२ र ३-०-३२-१  ) पनि अवस्था लगभग उस्तै छ। सुशन भारि ( ४-०-३६-२ र ४-०-२६-१ ) बाहेक अन्य स्पिनरहरुको प्रदर्शन खास रहेको छैन भने पहिलो खेलमा देभ शाह ( २-०-३८-० ) र दोश्रो खेलमा बिपिन खत्री ( ३-०-३३-० ) महँगो सावित हुँदा एउटा अर्को राम्रो स्पिनरको कमि टिममा देखिएको छ। अफ-स्पिनर सुनिल धमलाको प्रयोग पनि टिमले राम्रो गर्न सकेको छैन। अर्को तिब्र गति बलर बिक्रम सोबले पहिलो खेलमा राम्रो प्रदर्शन ( ३.४-०-२५-२ )  गरे पनि दोश्रो खेलमा महँगो सावित हुँदा टिमले बलरहरुबाट अनुशाशन खोजिरहेको छ।

Shakti Gauchan ( Photo - Pokhara Rhinos )
Shakti Gauchan ( Photo – Pokhara Rhinos )

ब्याटिंगमा समेत टोलि पहिलो दुई विकेट पश्चात सोचे अनुरुप रन जोड्नबाट चुकिरहेको छ। लेभी, कप्तान कोट्जर र सुनिल धमला बाहेक अन्यको प्रदर्शन राम्रो रहन सकेको छैन। पहिलो खेलमा लेभी र कोट्जरले १०४ रन तथा दोश्रो खेलमा ९७ रन बनाए पनि त्यसपछिका ब्याट्सम्यानहरुले योगफलमा ठुलो योगदान दिन सकेका छैनन्। पहिलो खेलमा लेभीले ७९ र कोट्जरले ४७ रन तथा दोश्रो खेलमा लेभीले ८४ र कोट्जरले १९ रन बनाएका थिए।

यस्तै आफ्ना तेस्रा बिदेशी खेलाडी पल् कोग्लिनको फर्म समेत पोखराको टाउको दुखाईको बिषय बनेको छ। टोलिले ब्याट्सम्यान तथा लेग स्पिनर समेत रहेका सन्नी भिमसारियाको रुपमा चौथो बिदेशी खेलाडीको प्रयोग समेत नगर्ला भन्न सकिन्न।

उता प्रतियोगिताको साबिक बिजेता विराटनगर वारियर्सभने जितको लय कायम राख्ने दाउमा रहने छ। पहिलो खेलमा ललितपुर बिरुद्ध जित हात पार्दा विराटनगरका लागि करन केसी नायक बनेका थिए। पहिले ब्याटिंग गर्दै ललितपुरले दिएको १०५ रनको लक्ष्य पछ्याउन बिराटनगरले ७ विकेट गुमाएको थियो।

Roelof van der Merwe

यद्यपी विराटनगर जित पछि पनि ढुक्क हुने अवस्था भने छैन किनकि पहिलो खेलमा करन केसी बाहेक अन्य ब्याट्सम्यानहरुले खास रन बनाउन सकेका थिएनन्। टोलीमा अनिल साह, पारस खड्का, स्मित पटेल जस्ता बिष्फोटक ब्याट्सम्यान रहेपनि सबैको ब्याटबाट रन बन्न बाँकी रहेको छ। टोलीमा बाबर हायातको आगमनले थप उर्जा मिल्ने निश्चित छ।

बलिङ्गमा करन केसी, भान डर मर्वे , बसन्त रेग्मी, भान मिकिरिन र कप्तान पारस स्वयमको उपस्थितिले टिम बलियो रहेको छ। पहिलो खेलमा करन  ( ४-०-२०-२ ) र मर्वे ( ४-०-१४-२ ) ले राम्रो प्रदर्शन गरेका थिए भने बसन्त रेग्मी ( ४-०-१२-१ ) ले राम्रो बलिङ्ग गरेका थिए।

रिचर्ड लेभीको लगातार आक्रमणको अगाडी यी बलरहरुले कसरि बलिङ्ग गर्नेछन् भने हेर्न लायक हुनेछ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]