१ सय ३४ रनको लक्ष्य ११.४ ओभरमै पछ्याउदा बिराटनगर इलिमीनेटरमा, बाहिरियो काठमाडौँ

जित्ने पर्ने खेलमा बुटवल ब्लास्टर्सलाई ४ विकेटले पराजित गर्दै बिराटनगर टाईटन्स पोखरा प्रिमियर लिगको इलिमीनेटर खेल्न छनौट भएको छ।

लिग चरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्सले दिएको १३४ रनको लक्ष्य १२.२ ओभरमा पुरा गरे बिराटनगर इलिमीनेटर खेल्न छनौट हुने समिकरण थियो। बिराटनगरले ११.४ ओभरमा ६ विकेट गुमाएर उक्त लक्ष्य पुरा गर्दै इलिमीनेटरमा स्थान पक्का गरेको हो। बिराटनगर इलिमीनेटर पुगे संगै अंकतालिकामा चौथो काठमाडौँ गोल्डेन वारियर्सको इलिमीनेटर पुग्ने आशा समाप्त भएको छ।

प्रतियोगितामा यस अघिनै चितवन लिग चरणको सबै ५ खेल जित्दै फाइनल प्रवेश गरिसकेको छ। यस्तै इलिमीनेटर खेलको लागि बुटवल ब्लास्टर्स र बिराटनगर टाईटन्स बीच प्रतिस्पर्धा हुनेछ। इलिमीनेटरको विजेता टिम फाइनल प्रवेश गर्नेछ।

समान ४ अंक रहेता पनि धनगढी ब्लुज र काठमाडौँ गोल्डेन वारियर्स नेट रन रेटमा पछि परेकोले प्लेअफ चरण पुग्न असफल भएको छ।अब भोलि बिहिबार बुटवल ब्लास्टर्स र बिराटनगर टाईटन्स बीच इलिमीनेटर खेल हुनेछ भने उक्त खेलको विजेता टिमले शनिबार चितवन राइनोजसंग फाइनल खेल्नेछ।

बिराटनगरले लक्ष्य पछ्याउने क्रममा नोमान खानले सर्वाधिक ३५, पुनित मेहराले ३२ , मोहम्मद जैद आलमले २४ रन तथा पुष्प थापाले अविजित १८ रन बनाए।

सुरुवात देखि बिराटनगरले विस्फोटक ब्याटिंग गरेको थियो। पहिलो ओभरको पहिलो ३ बलमा मोहम्म्मद जैद आलमले लगातार ३ चौका प्रहार गरेका थिए। यस्तै दोश्रो ओभरमा लोकेश बलले लगातार २ छक्का प्रहार गरे। छैठौं ओभरको अन्तिम ३ बलमा नोमन खानले लगातार ३ चौका प्रहार गरे। त्यसपछि अन्तममा पुस्प थापा र मिनासले टिमलाई जित सम्म पुर्याए।

Puspa Thapa

बुटवलको बलिंगमा नितेश थापाले २ ( २-०-१७-२ ) तथा कमल खत्री , हर्ष टोन्क र अविनाश बोहराले समान १/१ विकेट लिए। अविनाशले ३.४ ओभरमा ४२ रन खर्चिए।

खेलमा टस हारेर ब्याटिंग गरेको बुटवल ब्लास्टर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो।

बुटवलको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका भारतीय खेलाडी हर्ष टोन्कले सर्वाधिक ६७ रन बनाए। उनले ४४ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। शिभम सिंहले २६ बलमा ३ चौका र १ छक्का मदतले ३७ रन बनाए। सिद्धान्त लोहनीले २१ बलमा १ छक्का मदतले ११ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बिराटनगरको बलिंगमा मोहम्मद जैद आलमले सर्वाधिक ४ विकेट ( ४-०-२०-४ ) लिए। किशोर महतोले २  ४-०-२२-२ ) तथा दिपेश श्रेष्ठ ( ४-०-३०-१ ) र शाहब आलम ( ४-०-२४-१ ) ले समान १/१ विकेट लिए।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]