करणको कप्तानी परिक्षा, प्रशिक्षक बिश्वस्त

धनगढी, माघ २७ – माघ २८ देखि धनगढीमा आयोजना हुन लागेको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) प्रतियोगिताको लागि सबै टिमहरु आ-आफ्नो तयारिमा ब्यस्त रहेका छन्।

यसअघि माघ २६ गतेदेखि प्रतियोगिता सुरु हुने भनिए पनि बर्षाको कारणले मैदान खेल्न योग्य नहुँदा नयाँ खेलतालिका सार्वजनिक गर्नु परेको थियो।

प्रतियोगिताको अन्तिम तयारि आ-आफ्नै तरिकाले सकेर सिधै खेलहरु खेल्ने उदेश्य सहित धनगढी आइपुगेका टिमहरुले प्रतियोगिता सर्दा अभ्यास गर्ने पर्याप्त मौका पाएका छन्। उनीहरु यहाँका स्थानीय एकेडेमी तथा फिटनेस सेन्टरमा अभ्यासमा ब्यस्त रहेका छन्।

यसैबीच अघिल्लो संस्करणमा राष्ट्रिय टिमका कप्तान समेत रहेका पारस खड्काको कप्तानीमा रहेको बिराटनगर किंग्सलाई यो पल्ट कप्तान परिवर्तन गर्नुपरेको छ। पारस खड्काले व्यक्तिगत कारण देखाउंदै प्रतियोगितामा सहभागी हुन नसक्ने जनाएका थिए।

कप्तान परिवर्तन भएपनि टिमको मुख्य उदेश्य उपाधी नै रहनेछ। पहिलोपल्ट कप्तानीको जिम्मेवारी सहित मैदानमा उत्रिन लागेका करण केसीले बताएका छन् । उनले आफुमाथि बिस्वास देखाएकोमा टिम ब्यबस्थापनलाई धन्यवाद समेत दिए-

“मलाई बिश्वास गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु। आफ्नो शतप्रतिशत दिएर खेल्नेछु ”

टिमले धनगढी क्रिकेट एकेडेमीमा निरन्तर अभ्यास गरिरहेको छ।

हंगकंग राष्ट्रिय टिमबाट समेत खेलिसकेका सुनिल लामाको प्रशिक्षणमा रहेको टिम सम्पूर्ण हिसाबले सन्तुलित देखिएको प्रतिक्रिया प्रशिक्षकले दिए-

“हाम्रो टिमको बलियो पक्ष के भन्दा पनि टिम सबै हिसाबमा सन्तुलित रहेको छ। ”

प्रशिक्षकले समेत कप्तान केसीमाथि बिश्वास देखाएका छन्। “करणको लागि कप्तानी गर्नु ठुलो कुरा हो जस्तो लाग्दैन, उनले नेपालको लागि यति धेरै खेल खेलिसकेका छन्। फिल्ड कसरि सेट गर्ने, कसको लागि कस्तो रणनीति आबस्यक भन्ने कुरामा उनिसँग अनुभव छ। ”

करणले बिदेशी खेलाडीको प्रदर्शन टिमको लागि बोनस पोइन्ट रहने बताए। “हाम्रो टिम सन्तुलित छ , बिदेशी खेलाडीको प्रदर्शन हाम्रो लागि बोनस पोइन्ट रहनेछ” उनले थपे।

बिराटनगर किंग्स टिम:

करण केसी (कप्तान), कुशल भुर्तेल, पृथु बास्कोटा, किशोर महतो, मोहम्मद सम्साद शेख, राजेश पुलामी, आशिफ शेख, हरिशंकर शाह, सुशन भारी,अमृत गुरुङ, तृतराज दास, अर्जुन अधिकारी, सुवास ऐर, शिभकान्त शुक्ला (भारत)

कागजमा टिम राष्ट्रिय खेलाडीपनि रहेकोले अनुभवी देखिएको छ। पहिलो संस्करणमा शरद भेसावकर कप्तानीमा उपविजेता बनेको बिराटनगर दोश्रो संस्करणमा पारस खड्काको कप्तानीमा पहिलो चरणबाटनै बाहिरिएको थियो। त्यसैले करण केसीलाई पनि पहिलोपल्ट फ़्रेन्चाइज लिगमा कप्तानी गर्दा टिमको प्रदर्शनमा एकरुपता ल्याउने चुनौती रहेको छ।

अभ्यास सत्र (फोटो फिचर)

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy