बिराटनगरलाई जित्नैपर्ने खेलमा अत्तरियाका सन्नी पटेल र कोल्सवालाको अर्धशतक

धनगढी प्रिमियर लिग क्रिकेट अन्तर्गत सातौँ दिनको दोश्रो खेलमा सिवाईसी अत्तरियाले विराटनगर किंग्सलाई १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको अत्तरियाले निर्धारित २० ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै १४८ रन बनायो। अत्तरियाको लागि सन्नी पटेल र जयकिशन कोल्सवालाले उत्कृस्ट ब्याटिंग प्रदर्शन गरे। चौथो विकेटको लागि पटेल-कोल्सवाला साझेदारीमा ७.१ ओभरमा ६९ रन बन्यो।

ओपनर कोल्सवालाले ४७ बलमा अर्धशतक पुरा गर्दै ५० बलमा ५ चौका र २ छक्का सहित अविजित ५१ रन बनाए। सन्नी पटेलले आक्रामक पारि खेल्दै अविजित ६१ रन बनाए। उनले ५ चौका र ४ छक्का प्रहार गर्दा ३१ बलको सामना गरे।

बिराटनगरका किशोर महतोले अग्रेको अन्तिम बलमा पटेलले ६ बलको सामना गर्दै २४ रन बनाए। उनले सुरुवाती २ बलमा ४/४ रन, तेस्रो बलमा ६ रन, चौथो बलमा ४ रन र पाचौं बलमा ६ रन बनाए भने अन्तिम बलमा कुनै रन बन्न सकेन।

यसअघि सुरुवात गरेको उसका लागि ओपनर जितेन्द्र सिंह ठकुरीले जयकिशन कोल्सवालासँग मिलेर अर्धशतकीय साझेदारी गरे। ९.३ ओभरमा ५३ रनको साझेदारी गर्दा ठकुरीले १३ रन (२७ बल, १ चौका) बनाए। लगत्तै सन्दिप जोरा ५७ रनको योगफलमा ३ रन (३ बल) बनाएर आउट भए।

दिपेन्द्र ऐरीले कोल्सवालासँग २२ रनको साझेदारी गरेपछि तेस्रो विकेटको रुपमा रन आउट भए। ऐरीले १० रन (८ बल, १ चौका) बनाए।

अंकतालिकाको अवस्था

अत्तरियाले अहिलेसम्म ३ खेलबाट २ जित र १ हार सहित ४ अंक बटुलेको छ भने आजको खेलपछि पहिलो चरणको अन्तिम खेलमा मंगलबार रुपन्देही च्यालेन्जर्सको सामना गर्नेछ।

अर्कोतर्फ आफ्नो अन्तिम खेल खेलिरहेको बिराटनगरलाई प्ले अफमा पुग्न अहिले जारि खेल जित्नैपर्ने हुन्छ।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]