बिराटनगरलाई जित्नैपर्ने खेलमा अत्तरियाका सन्नी पटेल र कोल्सवालाको अर्धशतक

धनगढी प्रिमियर लिग क्रिकेट अन्तर्गत सातौँ दिनको दोश्रो खेलमा सिवाईसी अत्तरियाले विराटनगर किंग्सलाई १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको अत्तरियाले निर्धारित २० ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै १४८ रन बनायो। अत्तरियाको लागि सन्नी पटेल र जयकिशन कोल्सवालाले उत्कृस्ट ब्याटिंग प्रदर्शन गरे। चौथो विकेटको लागि पटेल-कोल्सवाला साझेदारीमा ७.१ ओभरमा ६९ रन बन्यो।

ओपनर कोल्सवालाले ४७ बलमा अर्धशतक पुरा गर्दै ५० बलमा ५ चौका र २ छक्का सहित अविजित ५१ रन बनाए। सन्नी पटेलले आक्रामक पारि खेल्दै अविजित ६१ रन बनाए। उनले ५ चौका र ४ छक्का प्रहार गर्दा ३१ बलको सामना गरे।

बिराटनगरका किशोर महतोले अग्रेको अन्तिम बलमा पटेलले ६ बलको सामना गर्दै २४ रन बनाए। उनले सुरुवाती २ बलमा ४/४ रन, तेस्रो बलमा ६ रन, चौथो बलमा ४ रन र पाचौं बलमा ६ रन बनाए भने अन्तिम बलमा कुनै रन बन्न सकेन।

यसअघि सुरुवात गरेको उसका लागि ओपनर जितेन्द्र सिंह ठकुरीले जयकिशन कोल्सवालासँग मिलेर अर्धशतकीय साझेदारी गरे। ९.३ ओभरमा ५३ रनको साझेदारी गर्दा ठकुरीले १३ रन (२७ बल, १ चौका) बनाए। लगत्तै सन्दिप जोरा ५७ रनको योगफलमा ३ रन (३ बल) बनाएर आउट भए।

दिपेन्द्र ऐरीले कोल्सवालासँग २२ रनको साझेदारी गरेपछि तेस्रो विकेटको रुपमा रन आउट भए। ऐरीले १० रन (८ बल, १ चौका) बनाए।

अंकतालिकाको अवस्था

अत्तरियाले अहिलेसम्म ३ खेलबाट २ जित र १ हार सहित ४ अंक बटुलेको छ भने आजको खेलपछि पहिलो चरणको अन्तिम खेलमा मंगलबार रुपन्देही च्यालेन्जर्सको सामना गर्नेछ।

अर्कोतर्फ आफ्नो अन्तिम खेल खेलिरहेको बिराटनगरलाई प्ले अफमा पुग्न अहिले जारि खेल जित्नैपर्ने हुन्छ।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy