बिराटनगर किंग्सले रोक्यो चौराहा धनगढीको विजय यात्रा

विकेटनेपाल, चैत्र २२ – बिहिबार । पछिल्ला दुई खेलमा लगातार जित दर्ता गरेको टिम चौराहा धनगढीले बिहिवारको पहिलो खेलमा भने बिराटनगर किंग्ससंग हार बेहोरेको छ । दिनको पहिलो खेलमा पारस खड्काको कप्तानीमा रहेको बिराटनगरले टिम चौराहा धनगढी बिरुद्द १८ रनको रोमान्चक जित हात पार्यो ।

पहिले ब्याटिंग गर्दै बिराटनगरले दिएको १२८ रनको सामान्य लक्ष्यको पिछा गरेको टिम चौराहा धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०९ रन मात्र जोड्न सकेको थियो । सामान्य लक्ष्यको पिछा गर्दा चौराहाका ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेका थिएनन् । चौराहाको चेजमा शंकर रानाले सर्वाधिक २५ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन । यस्तै अश्फाक अहमदले समेत २२ रनको व्यक्तिगत योगदान गरेका थिए ।
ब्याट्सम्यानहरुले तय गरेको सामान्य लक्ष्यको रक्षा गर्न बिराटनगर किंग्सका बलरहरुको भूमिका अहम रह्यो । लक्ष्य अगावै चौराहालाई रोक्न बिराटनगरका पवन सरार्फले एक्लै ४ विकेट चट्काएका थिए । उनि खेलको म्यान अफ दि म्याच घोषित भएका थिए । यस्तै बसन्त रेग्मी र पारस खड्काले समेत समान २-२ विकेट हात पारेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको बिराटनगर किंग्सले १९.५ ओभरमा सबै विकेट गुमाएर मात्र १२७ रन जोड्न सकेको थियो । उसको इनिंगमा पवन सरार्फले सर्वाधिक ४१ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेका थिएनन् । ३४ बल खेलेका पवनले १ चौका र २ छक्काको सहयोगमा ४१ रन जोडेका थिए । यस्तै प्रारम्भिक ब्याट्सम्यान अनिल साहले पनि १९ बलमा ४ चौका र १ छक्का सहित २४ रनको व्यक्तिगत योगदान गरेका थिए ।
टिम चौराहा धनगढीको बलिंगमा सुनिल धमालाले ४ विकेट चट्काएका थिए । यस्तै सोमपाल कामी र रोहन मुस्तफाको नाममा समान २-२ विकेट रहेको थियो ।





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]