विराटनगरमा राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

काठमाडौं । कोशी प्रदेशको राजधानी विराटनगरमा अर्को सातापछि प्रदेशस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ।

मोरङ क्रिकेट संघको आयोजनामा कोशी प्रदेश ट्रफी नेशनल टी–ट्वान्टी च्याम्पियनसिप हुने भएको हो।

संघले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी सुरुआत भएको र फागुन २२ गते प्रतियोगिताको उद्घाटन हुने जनाएको छ । चैत ३ गतेसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय खेलाडी सम्मिलित विभागीय र प्रदेशस्तरीय गरेर १० वटा टिमको सहभागिता रहने बताएको छ ।

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा हुने प्रतियोगितामा ३ विभागीय र ७ वटा प्रदेशस्तरीय टिमको सहभागिता रहने जानकारी दिए।

संघका अनुसार प्रतियोगिताको समूह बिभाजन गरिएको बताएको छ । प्रतियोगिताको समूह ए मा त्रिभुवन आर्मी, सशस्त्र प्रहरी, कोशी, मधेस र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिससहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमलाई समेटिएको बताए।

संघका अनुसार दैनिक २ वटा खेलहरु हुने छन्। पहिलो खेल बिहान १० र दोस्रो दिउँसो २ बजेबाट हुनेछ। विजेता टिमले ट्रफीसहित ५ लाख नगद पुरस्कार पाउने जानकारी उनले दिए।

उद्घाटन खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुने छ। पहिलो खेलमा गृह प्रदेशले कर्णालीको चुनौती सामना गर्ने छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy