विराटनगरमा राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

काठमाडौं । कोशी प्रदेशको राजधानी विराटनगरमा अर्को सातापछि प्रदेशस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ।

मोरङ क्रिकेट संघको आयोजनामा कोशी प्रदेश ट्रफी नेशनल टी–ट्वान्टी च्याम्पियनसिप हुने भएको हो।

संघले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी सुरुआत भएको र फागुन २२ गते प्रतियोगिताको उद्घाटन हुने जनाएको छ । चैत ३ गतेसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय खेलाडी सम्मिलित विभागीय र प्रदेशस्तरीय गरेर १० वटा टिमको सहभागिता रहने बताएको छ ।

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा हुने प्रतियोगितामा ३ विभागीय र ७ वटा प्रदेशस्तरीय टिमको सहभागिता रहने जानकारी दिए।

संघका अनुसार प्रतियोगिताको समूह बिभाजन गरिएको बताएको छ । प्रतियोगिताको समूह ए मा त्रिभुवन आर्मी, सशस्त्र प्रहरी, कोशी, मधेस र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिससहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमलाई समेटिएको बताए।

संघका अनुसार दैनिक २ वटा खेलहरु हुने छन्। पहिलो खेल बिहान १० र दोस्रो दिउँसो २ बजेबाट हुनेछ। विजेता टिमले ट्रफीसहित ५ लाख नगद पुरस्कार पाउने जानकारी उनले दिए।

उद्घाटन खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुने छ। पहिलो खेलमा गृह प्रदेशले कर्णालीको चुनौती सामना गर्ने छ।





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]