Nepal T20 : विराटनगरले भित्र्यायो पाकिस्तानी क्रिकेटर

पाकिस्तान क्रिकेट टिमका अलराउण्डर हुसेन तलत पहिलो संस्करणको नेपाल टि-ट्वान्टी लिगमा बिराटनगर सुपर किंग्सको प्रतिनिधित्व गर्ने भएका छन्।

शुक्रबार किंग्सले प्रेस बिज्ञप्ति मार्फत तलतलाई टिममा आवद्ध गरेको घोषणा गरेको हो।

देब्रे हाते ब्याट्सम्यान तथा दायाँ हाते ब्याटिंग गर्ने २६ वर्षीय अलराउण्डर तलतले पाकिस्तान राष्ट्रिय क्रिकेट टिमको लागि १८ वटा टि-ट्वान्टी र एउटा एकदिवसीय खेलेका छन्। १८ टि-ट्वान्टी अन्तर्राष्ट्रियमा उनले २४.६२ को औशत र ११८.३१ को स्ट्राइक रेटमा २ अर्धशतक प्रहार गर्दै ३९४ रन बनाएका छन्। बलिंगतर्फ उनले १८ खेलको ६ इनिंग्समा ४ विकेट लिएका छन्।

तलतले सन् २०१८ मा वेस्टइन्डिज विरुद्ध कराचीमा टि-ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए भने करियरको एकमात्र एकदिवसीय अन्तर्राष्ट्रिय दक्षिण अफ्रीका विरुद्ध २०१९ मा डरहममा खेलेका थिए।

रोहित पौडेल मार्की खेलाडी रहेको विराटनगर किंग्समा अर्जुन साउद, नन्दन यादव, बिबेक यादव, शाहब आलम, प्रदिप ऐरी, पृथु बास्कोटा जस्ता राष्ट्रिय क्रिकेटर छन्। टिमले अन्य विदेशी खेलाडीको घोषणा गरेको छैन।

बिराटनगर सुपरकिंग्स टिम : रोहित पौडेल ( मार्की ) , अर्जुन साउद, नन्दन यादव, बिबेक यादव, शाहब आलम, प्रदिप ऐरी, पृथु बास्कोटा, अमर सिंह रौटेला, नारायण जोशी, सुर्य तामांग, रिजन ढकाल, हुसेन तलत

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy