Nepal T20 : विराटनगरले भित्र्यायो पाकिस्तानी क्रिकेटर

पाकिस्तान क्रिकेट टिमका अलराउण्डर हुसेन तलत पहिलो संस्करणको नेपाल टि-ट्वान्टी लिगमा बिराटनगर सुपर किंग्सको प्रतिनिधित्व गर्ने भएका छन्।

शुक्रबार किंग्सले प्रेस बिज्ञप्ति मार्फत तलतलाई टिममा आवद्ध गरेको घोषणा गरेको हो।

देब्रे हाते ब्याट्सम्यान तथा दायाँ हाते ब्याटिंग गर्ने २६ वर्षीय अलराउण्डर तलतले पाकिस्तान राष्ट्रिय क्रिकेट टिमको लागि १८ वटा टि-ट्वान्टी र एउटा एकदिवसीय खेलेका छन्। १८ टि-ट्वान्टी अन्तर्राष्ट्रियमा उनले २४.६२ को औशत र ११८.३१ को स्ट्राइक रेटमा २ अर्धशतक प्रहार गर्दै ३९४ रन बनाएका छन्। बलिंगतर्फ उनले १८ खेलको ६ इनिंग्समा ४ विकेट लिएका छन्।

तलतले सन् २०१८ मा वेस्टइन्डिज विरुद्ध कराचीमा टि-ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए भने करियरको एकमात्र एकदिवसीय अन्तर्राष्ट्रिय दक्षिण अफ्रीका विरुद्ध २०१९ मा डरहममा खेलेका थिए।

रोहित पौडेल मार्की खेलाडी रहेको विराटनगर किंग्समा अर्जुन साउद, नन्दन यादव, बिबेक यादव, शाहब आलम, प्रदिप ऐरी, पृथु बास्कोटा जस्ता राष्ट्रिय क्रिकेटर छन्। टिमले अन्य विदेशी खेलाडीको घोषणा गरेको छैन।

बिराटनगर सुपरकिंग्स टिम : रोहित पौडेल ( मार्की ) , अर्जुन साउद, नन्दन यादव, बिबेक यादव, शाहब आलम, प्रदिप ऐरी, पृथु बास्कोटा, अमर सिंह रौटेला, नारायण जोशी, सुर्य तामांग, रिजन ढकाल, हुसेन तलत





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]