रोहित, राज र गौरान्सु चम्किंदा काठमाडौँलाई हराउँदै विराटनगर प्लेअफमा

Rohit Paudel

कप्तान रोहित पौडेल र गौरान्सु शर्माको अर्धसतकीय पारिमा काठमाडौँ नाइट्सलाई ७ विकेटले पराजित गर्दै विराटनगर सुपर किङ्स जारी नेपाल टी-२० लिगको प्लेअफ पुगेको छ ।

काठमाडौँले प्लेअफमा स्थान बनाउन अर्को खेलमा पोखरा एभेन्जर्स फारवेस्टर्न यूनाइटेडसँग पराजित हुनुपर्नेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले दिएको १ सय ५५ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा तीन विकेट गुमाएर पुरा गर्‍यो ।

विराटनगरका कप्तान रोहित पौडेलले सर्वाधिक ६६ रनको इनिङ खेले उनले ४२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । जारी प्रतियोगितामा यो रोहितको तेस्रो अर्धसतक हो ।

ओपनर अर्जुन साउद १० रनमा आउट हुँदा गौरान्सु शर्माले ५१ रनको अविजित इनिङ खेले । उनले ४९ बलमा चार चौका प्रहार गरे । हुसेन टलत २१ रनमा पभेलियन फर्कँदा विवेक यादव १० रनमा अविजित रहे ।

काठमाडौँका अविनाश बोहराले दुई विकेट लिए । उनले ३ं४ ओभरमा ३५ रन खर्चिए ।यसअघि, टस जितेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रनको योगफल तयार पारेको थियो ।

काठमाडौँका लागि ओपनर सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४ रन योगदान गरे । सन्दीप रजाली ३० रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल २२ रन र वसिर अहमद १७ रनमा अविजित रहे ।

विराटनगरका राज ननन्ले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । नन्दन यादव र कप्तान रोहित पौडेलले समान एक विकेट लिए ।

विराटनगर १० खेलमा ५ जित निकाल्दै १० अंकका साथ तेस्रो स्थानमा रहँदै प्लेअफ पुगेको हो । १० खेलमा ४ जित निकालेको काठमाडौंको ८ अंक रहेको छ ।

पोखराको ६ र फारवेस्टको ४ अंक रहेको छ । काठमाडौँ प्लेअफ पुग्न पोखरा आज हुने दोस्रो खेलमा फारवेस्टसँग पराजित हुनुपर्नेछ ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]