विराटनगर किंग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

२०८१ कार्तिक २७, मंगलवार १८:३५

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम मंगलबार झापामा सम्पन्न भएको छ । टिमले कोशी प्रदेशका ५ जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्टको दोश्रो जिल्ला झापाको विर्तामोडको युनाइटेड क्लबमा एक सय बढी खेलाडीमा सकिएको हो । झापा जिल्लाका बिभिन्न सहरबाट आएका युवा क्रिकेटरहरुको सहभागितामा उक्त ट्यालेन्ट हन्ट सम्पन्न भएको हो । ट्यालेन्ट हन्टमा टिमका क्रिकेट कोच लाक्पा लामा र दिपेन्द्र चौधरीले छानेका हुन् ।

झापाबाट उदयमान ५ जना खेलाडी छानिएका छन् । छानिएका खेलाडी सहित अन्य ३ जिल्लाका छानिएका खेलाडी विराटनगरमा हुने तयारी क्याम्पमा सामेल गर्ने विराटनगर किंग्सका अपरेसन डाइरेक्टर दिपेन्द्र चौधरीले जानकारी दिए ।

यस अघि टिमले इलाममा पनि ट्यालेन्ट हन्ट सम्पन्न गरेको थियो । इलाम र झापा पछी कोशी प्रदेशको सुनसरी (जनता क्रिकेट ग्राउण्ड डि भी एम स्कुल इटहरी) मा कात्तिक २९ गते, उदयपुर (थारुहट रंगशाला गाईघाट) मा कात्तिक ३० गते ,मोरङ (मेरिलेबन विराटनगर ज्वाला क्रिकेट ग्राउण्ड विराटनगर) मा मङ्सिर २ गते उक्त ट्यालेन्ट हन्ट आयोजना हुनेछ । कोशी प्रदेश क्रिकेट एसोसिएसनको सहकार्यमा उक्त ट्यालेन्ट हन्ट आयोजना हुन लागेको आयोजकले जनाएको छ ।

विराटनगर किंग्सको मार्की खेलाडी सन्दीप लामिछाने रहेका छन् । ूकोशीको शान हाम्रो पहिचानू भन्ने नारा सहित टिम कोशीका उदयमान खेलाडीहरुको खोजीमा निस्किएको हो ।क्यानको आयोजनामा पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ गतेदेखि पुष ६ गते (नोभेम्बर ३० देखि डिसेम्बर २१) सम्म प्रतियोगिता हुन लागेको हो।

विराटनगर किंग्सको टिममा सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दिपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अनिल खरेल रहेका छन भने मार्टिन गप्टिल, अकिब इल्यास, निकोलस किर्टोन, क्रिस सोल विदेशी खेलाडी रहेका छन्। त्यसैगरी मुख्य प्रशिक्षकको रुपमा केभिन ओ’ब्रायन रहेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy