ईपिएलको उपाधी बिराटनगरलाई, भैरहवा १ रनले पराजित

  • विकेटनेपाल, पौष १५ -शनिबार

रोमान्चक खेलमा भैरहवालाई १ रनले पराजित गर्दै बिराटनगरले एभरेस्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ ।

टस जितेर पहिले ब्याटिंग गरेको बिराटनगरले २० ओभरको समाप्तीमा ७ विकेट गुमाएर १४९ रनको योगफल बनाएको थियो ।  पहिलो विकेटको लागि आसिफ शेख ७ रनको व्यक्तिगत स्कोरमा आउट हुनुअघि अन्शुमन राथसँग मिलेर ५.२ ओभरमा ३४ रनको साझेदारी गरेका थिए । आसिफले ९ बल खेल्दै १ चौका प्रहार गरेपछि शरद भेसावकरको बलमा ठुलो सट खेल्ने चक्करमा पोइन्टको क्षेत्रमा रोहित पौडेलको हातबाट क्याच आउट भएका थिए।

त्यसपछि ब्याटिंग गर्न उत्रेका बाबर हयातले आफ्नो अघिल्लो खेलहरुको प्रदर्शन दोहोर्याउन सकेनन्, उनि मात्र १० बलमा ११ रनको व्यक्तिगत स्कोरमा राहुल यादवको हातबाट क्याच आउट हुदाँ टिमको स्कोर ८.४ ओभरमा ५८ रन रहेको थियो । || स्कोरकार्ड ||

तेस्रो विकेटको लागि कप्तान पारस खड्का र अन्शुमन राथले २७ रनको साझेदारी गरेका थिए । अन्शुमन राथ १२.४ ओभर  मा हरिशंकर  शाहको   बलमा पुनित मेहराको हातबाट क्याच आउट हुदा टिमको स्कोर ८५ रन रहेको थियो, उनि ४१ बलमा १ छक्का र ४ चौका सहित ४१ रन बनाएर आउट भएका थिए ।

थप २५ रन जोड्दा कप्तान पारस खड्का पनि व्यक्तिगत २७ रन बनाउन २२ बलमा २ छक्का र १ चौका  प्रहार गर्दै हरिशंकर शाहको बलमा लंगअन बाउन्ड्रीमा भुवन कार्कीको हातबाट समातिएका थिए ।

पाचौ विकेटको लागि प्रनित थापा र अनिल शाह मिलेर ३४ रनको साझेदारी गरेका थिएका थिए । अनिलले २२ रन बनाउन १७ बलमा १ छक्का र २ चौका प्रहार गर्दा प्रनितले १४ रन बनाउन १३ बलमा १ चौका प्रहार गरेका थिए । उनीहरु दुवैजना कृष्ण कार्कीको लगातार दुईबलमा आउट भएका थिए ।

त्यसपछि सातौँ विकेटको रुपमा सुमित महर्जनपनि अन्तिम ओभरको पहिलो बलमा ३ बलमा ३ रन बनाउदै पेभेलियन फर्किएका थिए । बाकी रहेको ५ बलमा बसन्त रेग्मीले अविजित ३ रन बनाउन २ बल खेलेका थिए भने करण केसीले ३ बल खेल्दै अन्तिम बलमा छक्का सहित ९ रन बनाए । अतिरिक्त रनको रुपमा बिराटनगरले १२ रन पाएको थियो ।

भैरहवाका लागि हरिशंकर शाहले उत्कृस्ट बलिंग गर्दै पारस खड्का र अन्शुमन राथको विकेट झार्दै ४ ओभरमा १६ रन खर्चिएका थिए भने कृष्ण कार्कीले पनि २ विकेट लिन ३ ओभरमा २७ रन खर्चेका थिए । आरिफ शेखले बाबर हयातको विकेट निकाल्दै ४ ओभरमा २७ रन   खर्चेका थिए भने शरद भेसावकरले २ ओभरमा १२ रन खर्चिदै १ विकेट लिएका थिए ।

बिराटनगर वारियर्सले दिएको १५० रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भैरहवा ग्लाडीएटर्सले २० ओभरमा ९ विकेट गुमाएर १४८ रन बनाउन सक्यो र रोमान्चक खेलमा १ रनको पराजय भोग्न पुग्यो ।

भैरहवाका लागि ओपनर राहुल यादवले टिमको स्कोर १९ रन रहेको बेला ९ बलमा मात्र ६ रन बनाउदै ब्याक यार्ड पोइन्टमा रहेका अनिल शाहको हातबाट समातिएका थिए । त्यसपछि भने कप्तान शरद भेसावकर र अर्का ओपनर प्रथम सालुंखेले ६८ रनको साझेदारी गरेका थिए तर प्रथम सालुंखे पारस खडकाको बलमा अनिल शाहको हातबाट समातिएपछी भैरहवाले   १० ओभरको समाप्तीमा २ विकेट गुमाएर ८७   रन बनाएको थियो । सालुंखेले ३० रन बनाउन २७ बलमा १ छक्का र ३ चौका प्रहार गरेका थिए ।

खेलको आठौ ओभरमा खेलले मोड परिवर्तन गर्यो । बलिंग गर्न आएका अन्शुमन राथले एकै ओभरमा ३६ रन खर्चिए जुन शरद र प्रथमको साझेदारीको कारण बनेको थियो ।

खेलको १५ औ ओभरमा सर्ट एक्स्ट्रा कभरबाट करण केसीले डाइरेक्ट हिट गरेपछि शरद ५१ रनको पारी खेल्दै तेस्रो विकेटको रुपमा आउट भए । उनले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

त्यसपछि प्रदीप ऐरी मात्र ६ रन बनाउदै आउट भए भने आरिफ शेखले २६ बलमा १ छक्का र २ चौका प्रहार गर्दै २७ रन तथा रोहित पौडेल ७ बलमा १ छक्का सहित ७ रन नै बनाएर पारस खड्काले गरेको १९ औं ओभरमा आउट भएका थिए ।

भैरहवालाई जित्नको लागि अन्तिम ओभरमा ९ रन चाहिएको थियो, बलिंगमा अनिल शाह थिए । पहिलो बलमा  कृष्ण कार्कीले चौका प्रहार गरेका थिए तर बाकी ४ बलमा बिना कुनै रन कृष्ण कार्की, भुवन   कार्की र पुनित मिश्र आउट भएका थिए ।

अब जितको लागि भैरहवालाई अन्तिम बलमा ५ रनको आबश्यकता थियो भने बराबरी गर्नको लागि ४ रन चाहिएको थियो, ब्याटिंगमा नयाँ ब्याट्सम्यान भुपेन्द्र थापा थिए । उनले अन्तिम बलमा ३ रन प्रहार गरेका थिए तर भैरहवालाई हारबाट भने चोखो राख्न सकेनन् र बिराटनगरले उपाधी जित्यो ।

बिराटनगरका लागि कप्तान पारस खड्काले ३.४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएका थिए भने अनिल शाह र करण केसीको नाममा १/१ विकेट रह्यो ।

खेलको १९ औं ओभरमा मात्र २ रन खर्चेर आरिफ शेख र रोहित पौडेललाई आउट गरेका तथा ब्याटिंगमा २७ रनको पारी खेलेका पारस खड्का म्यान अफ द म्याच घोषित भए ।

यस्तै म्यान अफ द सिरिज हंगकंगका बाबर हयात भए जसले प्रतियोगितामा सर्बाधिक ८१ रन सहित ३ अर्धशतक प्रहार गरेका थिए, उनले जम्मा ३१३ रन बनाए ।

त्यस्तै भैरहवालाई फाइनलसम्म ल्याउन महत्वपूर्ण योगदान दिएका रोहित पौडेल मोस्ट भ्यालुएबल खेलाडी घोषित भए ।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]