EPL : बिराटनगरको तेश्रो विदेशी खेलाडी घोषणा, यस्तो बन्यो टिम

एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) को टिम बिराटनगर वारियर्सले टिमको तेश्रो विदेशी खेलाडी घोषणा गरेको छ।

ईपीएलको दोश्रो संस्करणको विजेता वारियर्सले वेस्टइन्डिजका अलराउण्डर चन्द्रपौल हेमराजलाई अनुबन्ध गरेको हो। यस अघि वारियर्सले जिम्बाब्वेका सिकन्दर राजा र क्यानडाका रायन पठानलाई अनुबन्ध गरिसकेको छ। टिमले चौथों विदेशीको पनि छिट्टै घोषणा गर्ने बुझिएको छ।

२८ वर्षीय ब्याट्सम्यानले वेस्टइन्डिजको लागि ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् जुन क्रममा ८२ रन बनाएका छन्। उनले २०१८ मा भारत बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। वेस्टइन्डिजमा जारी करेबियन प्रिमियर लिगको गत साता सम्पन्न खेलमा गायना अमेजन वारियर्सको प्रतिनिधत्व गरेका हेमराजले बार्बेडोस रोयल्स बिरुद्ध मात्र ५६ बलमा १४ चौका र ५ छक्का मद्दतले १०५ रन बनाएका थिए। देब्रे हाते ओपनिंग ब्याट्सम्यान हेमराज देब्रे हाते स्पिन पनि गर्न सक्षम छन्।

बिराटनगर वारियर्स टिमको गत सिजन २०१८ मा कप्तानी पारस खड्काले गरेका थिए जो यो सिजन ईपीएल नखेल्ने सम्भावना छ। वारियर्समा आबद्ध हाल अमेरिकाको माइनर लिग खेलीरहेका बसन्त रेग्मी पनि ईपीएल खेल्ने छैनन्। वारियर्समा करन केसी, आसिफ शेख, अनिल शाह, सुमित महर्जन, रामनरेश गिरि, हरि बहादुर चौहान, अनिल खरेल, बिक्रम भुसाल, सौरभ खनाल, प्रतिश जिसी, सोनु देबकोटा, सन्दिप रजाली जस्ता नेपाली खेलाडीहरु छन्।

ईपीएलमा आबद्ध हुने हेमराज टेस्ट राष्ट्रका ११ औं खेलाडी हुन्। ललितपुर पेट्रिएट्सले अफगानिस्तानका अज्म्तुल्लाह ओमरजाई, काठमाडौँ किंग्स एघारले पाकिस्तानी स्टार खेलाडी शाहिद अफ्रिदी, भैरहवा ग्ल्याडीएटर्सले उपुल थारांगा र धम्मिका प्रशाद र तामिम इक्बाल , चितवन टाइगर्सले अफगानीस्तानका मोहम्मद शाहजाद, पाकिस्तानका डानिश अजिज र श्रीलंकाका सेक्कुगे प्रशन्नालाई तथा बिराटनगर वारियर्सले जिम्बाब्वेका सिकन्दर रजा र चन्द्रपौल हेमराजलाई अनुबन्ध गरेको छ।

ईपीएलमा भैरहवाले पहिलो खेल सेप्टेम्बर २६ तारिख आइतबार चितवन टाइगर्स बिरुद्ध खेल्दैछ। यस्तो दोश्रो खेल सेप्टेम्बर २७ तारिखमा काठमाडौँ किंग्स-११ बिरुद्ध, तेश्रो खेल सेप्टेम्बर २९ तारिखमा बिराटनगर वारियर्स बिरुद्ध, चौथों खेल अक्टोबर १ तारिखमा ललितपुर पेट्रिएट्स बिरुद्ध तथा लिग चरणको अन्तिम तथा पाँचौ खेल सेप्टेम्बर २ तारिखमा पोखरा राइनोज बिरुद्ध खेल्नेछ।

२०१७ ईपीएलको विजेता टिम बिराटनगर वारियर्सको ईपीएलको गत सिजन खराब रहेको थियो जसले ५ खेल मध्ये २ खेलमा जित ३ खेलमा हार बेहोर्दै अंकतालिकाको पाँचौ स्थानमा रहँदै प्लेअफ पुग्न असफल रहेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy