विराटनगर किङ्ग्सको जर्सी र एन्थम सार्वजनिक

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किङ्ग्सले आधिकारिक जर्सी र एन्थम सार्वजनिक गरेको छ ।

विराटनगरको रोडशेषस्थित होटल स्वागतममा मंगलबार बेलुका विशेष समारोह आयोजना गरी विराटनगरले आफ्नो आधिकारिक जर्सी र एन्थम सार्वजनिक गरेको हो। जर्सीको कलर पहेलो र निलो रहेको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर किङ्ग्सका मालिक पारस लुनिया र मार्की खेलाडी सन्दीप लामिछानेले जर्सी सार्वजनिक गरेका हुन्।

सो अवसरमा विराटनगर किङ्ग्सले ब्रान्ड एम्बास्डर तथा र्‍यापर कुशल पोखरेलको आवाजमा बनेको एन्थम पनि सार्वजनिक गरे । कुशल पोखरेल विराटनगर निवासी हुन्। त्यसैगरी द फेस अफ विराटनगरका रूपमा गायिका रचना रिमाललाई सार्वजनिक गरेको छ । विराटनगर किंग्सको गुडविलले चर्चित अभिनेता दयाहाङ राईलाई एनपिएलका लागि ब्राण्ड एम्बेसडर रहेका छन्।

त्यसैगरी यु-१९ महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक महेश प्रसाद रिजाल र खेलाडी रिया शर्मालाई सम्मान समेत गरिएको थियो । महिला विश्वकपमा नेपालको स्थान सुरक्षित गराउन सफल उनीहरूलाई मुख्यमन्त्री कार्की र पारस लुनियाले सम्मान गरे । कार्यक्रममा कोशी प्रदेशका ५ जिल्लामा रहेको क्रिकेट संघहरुलाई क्रिकेट किट समेत प्रदान गरिएको थियो ।

उक्त अवसरमा बोल्दै विराटनगर किङ्ग्सका मालिक लुनियाले एनपिएलले खेल क्षेत्रकै लागि यो ठुलो इभेन्ट भएको बताए । नेपालका खेलाडीहरूका लागि पनि एनपिएल ठुलो अवसर भएको सुनाउँदै उनले भने, ‘हामी विराटनगरको मात्र नभएर कोशी प्रदेशकै खेल क्षेत्र अगाडि बढाउन चाहन्छौं ।’ त्यसैगरी विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले एनपिएलमा विराटनगरको सहभागिताले विश्वमाझ विराटनगरको पहिचान उच्च हुनेमा आफू विश्वस्त रहेको बताए ।

विराटनगर किङ्ग्सको टिममा को-को छन् खेलाडी ?

सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दिपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अनिल खरेल रहेका छन्। भने मार्टिन गप्टिल, अकिब इल्यास, निकोलस किर्टोन, क्रिस सोल र इस्मत आलम विदेशी खेलाडी रहेका छन्। त्यसैगरी मुख्य प्रशिक्षकको रुपमा केभिन ओब्रायन रहेका छन्।

 





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]