कप्तान विशाल बिक्रम केसी प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित

२०७६ बैशाख १५, आईतवार १६:२१

  • विकेटनेपाल, बैशाख-१५ 

अन्डर-१६ राष्ट्रिय क्रिकेट टिमका कप्तान विशाल बिक्रम केसी एसीसी अन्डर-१६ ( पूर्वी ) प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका छन्।

नेपालले मलेसियालाई पराजित गर्दै लगातार दोश्रो पटक उपाधि रक्षा गरेको हो। फाइनल खेलमा नेपालले ५९ रनको जित हाँसिल गर्ने क्रममा पहिले ब्याटिंग गर्दै १४० रन बनाएको थियो। १४१ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले ८१ रन मात्रै बनाउन सकेपछि नेपालले उपाधि जित्यो। सिंगापुरले हंगकंगलाई पराजित गर्दै तेश्रो स्थान हाँसिल गर्यो।

प्रतियोगिताको उत्कृस्ट खेलाडी विशाल चुनिदा उत्कृस्ट बलर मलेसियाका सचिनु हेट्टीगे तथा उत्कृस्ट ब्याट्सम्यान सिंगापुरका गिरिन राहुल गुने चुनिए।

यस्तो रह्यो विशालको प्रदर्शन 

सन् २०१७ को एसीसी यु-१६ ( पूर्वी ) मा पनि नेपाली टिममा रहेका विशाल बिक्रम केसीले यो पटक आफ्नो कप्तानीमा टिमलाई जित मात्र दिलाएनन् अल-राउण्ड प्रदर्शन गर्दै महत्वपूर्ण योगदान समेत दिए।

प्रतियोगितामा उनले ब्याटिंगमा ५ खेल खेल्दा ९३ रन बनाए भने बलिङ्गमा कुल ४ विकेट लिए। यस क्रममा उनले थाईल्याण्डसंग ३८ रन तथा मलेसियासंग ३८ रन बनाएका थिए भने म्यानमारसंग ४ विकेट लिएका थिए।

Bishal Bikram KC
Bishal Bikram KC

प्रतियोगितामा नेपालको लागि सर्वाधिक रन अइस भट्टराईले बनाए। उनले ५ खेलमा १११ रन बनाए। यस्तै दिपक बोहराले ५ खेलमा ९१ रन बनाए।

बलिंगतर्फ नेपालको लागि निखिल कुमार सिंहले सर्वाधिक ७ विकेट लिए। यस्तै विशाल पटेलले कुल ६ विकेट लिए।

यस्तै प्रतियोगिताकै किफायती बलर हुने क्रममा निखिल कुमार सिंहले १.९६ प्रतिओभर बलिङ्ग गरे।

प्रतियोगितामा नेपालको प्रदर्शन 

बिरुद्ध म्यानमार – प्रतियोगिताको समुह चरणमा नेपालले पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो। म्यानमारले दिएको ५९ रनको लक्ष्य नेपालले ८.१ ओभरमा पुरा गरेको थियो। नेपालको लागि कप्तान बिशाल बिक्रम केसीले ४ विकेट लिएका थिए।

बिरुद्ध मलेसिया – दोश्रो खेलमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो। त्यस क्रममा नेपालले दिएको १४२ रन लक्ष्य पछ्याउने क्रममा मलेसिया १०२ रनमा समेटिन पुगेको थियो। नेपालको लागि अइस भट्टराईले ३४ रन र बिशाल बिक्रमले २८ रन बनाएका थिए।

बिरुद्ध थाईल्याण्ड – नेपाल र थाईल्याण्ड बीचको खेल वर्षाले पुरा हुन नपाए पछि दुवै टिमले १-१ अंक बाँडेको थियो। पहिले ब्याटिंग गर्दै नेपालले ७ विकेट गुमाएर २३४ रन बनाएको थियो। दोश्रो इनिंगमा थाईल्याण्डले रन नबनाउदै १ विकेट गुमाउदा वर्षले खेल रोकिएको थियो। अइस भट्टराईले ब्याटिंगमा सर्वाधिक ५८ रन बनाएका थिए।

Nepal U16 Cricket Team

बिरुद्ध हंगकंग ( सेमीफाइनल ) – हंगकंगलाई ४ विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको थियो। हंगकंगले दिएको ८७ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पुरा गरेको थियो। जितमा निखिल कुमार सिंहले ४ विकेट लिएका थिए।

बिरुद्ध मलेसिया ( फाइनल ) – मलेसियालाई ५९ रनले पराजित गर्ने क्रममा पहिले ब्याटिंग गर्दै नेपालले १४० रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा मलेसिया ८१ रनमा समेटिन पुगेको थियो। जितमा बिशाल पटेलले ४ विकेट तथा प्रशान्त महतले ४० रन बनाए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy