बिशालले ह्याट्रिक लिंदा प्रदेश-१ १०२ रनमै सिमित

देब्रे हाते स्पिनर बिशाल पौडेलले ह्याट्रिक लिंदा गण्डकी प्रदेशले प्रदेश-१ लाई १०२ रनमै सिमित गरेको छ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत मुलपानी मैदानमा जारी समुह ‘ए’ अन्तर्गतको खेलमा टस जितेर ब्याटिंग गरेको प्रदेश-१ ले १०२ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको हो।

प्रदेश-१ को लागि कप्तान सिद्धान्त लोहनीले सर्व्धिक २४ रन बनाए भने मिनास थापाले २२ रन, शुभान्कर उरावले १२, दिपक पासवानले ११ तथा दिपेश कंडेलले १० रन योगदान दिए।

एक समय ५० रनमा मात्र १ विकेट गुमाएको प्रदेश-१ ले योगफलमा थप ५२ रन जोड्दा ९ विकेट गुमाउन पुग्यो।

प्रदेश-१ लाई सानो योगफलमा सामन्त गण्डकी प्रदेशका देब्रे हाते स्पिनर बिशाल पौडेल र सुबाश भण्डारीले समान ४ विकेट लिए। पौडेलले ६.४ ओभरमा २५ रन तथा भण्डारीले ७ ओभरमा ४ मेडन ओभर गर्दै १८ रन खर्चेर उक्त विकेट हात पारे। बिपिन खत्रीले २ विकेट लिए।

२८ औं ओभरमा बलिंग गर्ने क्रममा बिशाल पौडेलले ओभरको दोश्रो बलमा रञ्जन मगरलाई क्याच आउट, तेश्रो बलमा मनोज तामांगलाई एलबिडब्लु तथा चौथो बलमा हेमन्त राईलाई पनि एलबिडब्लु आउट गर्दै ह्याट्रिक पुरा गरेका थिए। स्कोरकार्ड 





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]