बिशालले ह्याट्रिक लिंदा प्रदेश-१ १०२ रनमै सिमित

देब्रे हाते स्पिनर बिशाल पौडेलले ह्याट्रिक लिंदा गण्डकी प्रदेशले प्रदेश-१ लाई १०२ रनमै सिमित गरेको छ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत मुलपानी मैदानमा जारी समुह ‘ए’ अन्तर्गतको खेलमा टस जितेर ब्याटिंग गरेको प्रदेश-१ ले १०२ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको हो।

प्रदेश-१ को लागि कप्तान सिद्धान्त लोहनीले सर्व्धिक २४ रन बनाए भने मिनास थापाले २२ रन, शुभान्कर उरावले १२, दिपक पासवानले ११ तथा दिपेश कंडेलले १० रन योगदान दिए।

एक समय ५० रनमा मात्र १ विकेट गुमाएको प्रदेश-१ ले योगफलमा थप ५२ रन जोड्दा ९ विकेट गुमाउन पुग्यो।

प्रदेश-१ लाई सानो योगफलमा सामन्त गण्डकी प्रदेशका देब्रे हाते स्पिनर बिशाल पौडेल र सुबाश भण्डारीले समान ४ विकेट लिए। पौडेलले ६.४ ओभरमा २५ रन तथा भण्डारीले ७ ओभरमा ४ मेडन ओभर गर्दै १८ रन खर्चेर उक्त विकेट हात पारे। बिपिन खत्रीले २ विकेट लिए।

२८ औं ओभरमा बलिंग गर्ने क्रममा बिशाल पौडेलले ओभरको दोश्रो बलमा रञ्जन मगरलाई क्याच आउट, तेश्रो बलमा मनोज तामांगलाई एलबिडब्लु तथा चौथो बलमा हेमन्त राईलाई पनि एलबिडब्लु आउट गर्दै ह्याट्रिक पुरा गरेका थिए। स्कोरकार्ड 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy