बिबेकको अलराउण्ड योगदानले वारियर्सको लगातार चौथों जित

२०७५ श्रावण १, मंगलवार १४:३३

Bivek Yadav
  • विकेटनेपाल, भदौ – १ 

मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा बजाज खडक वारियर्सले तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई पराजित गरेको छ।  स्कोरकार्ड , अंकतालिका

३ टोलि सहभागी लिगको समाप्ति पछि सबै ४ खेलमा शतप्रतिशत जितको साथ समुह बिजेताको रुपमा बजाज खडक वारियर्स तथा ४ मध्ये २ खेलमा जित र २ खेलमा हारको साथ उपविजेताको रुपमा बोदे बर्साइन थन्डर्स फाईनलमा प्रवेश गरेको छ। मेहबुब आलम कप्तानीको तिलाठी कोइलाडीले भने ४ वटै खेलमा पराजित हुन पुग्यो।

सप्तरी क्रिकेट संघ द्वारा आयोजित  प्रतियोगिताको फाईनल खेल बुधबार ११ बजे बजाज खडक वारियर्स र बोदे बर्साइन थन्डर्स बीच खेलिनेछ।

पब्लिक विन्देश्वरी स्कुल मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको तिलाठी कोइलाडीले २० ओभरमा ९ विकेट गुमाएर ११२ रनको योगफल तयार गरेको थियो। उसको लागि ओपनर राहुल मण्डलले सर्वाधिक ३० रन, संसाद शेखले २२ रन तथा बिकाश दासले १६ रन बनाए। बलिङ्गतर्फ बजाज खडक वारियर्स बलर गोमनन्द अमथ, उपेन्द्र रोय, बिबेक यादब र पुष्प थापाले २/२ विकेट हात पारे।

HariShankar Sah
HariShankar Sah

११३ रनको लक्ष्य वारियर्सले १६.५ ओभरमा पछ्यायो। ओपनर हरिशंकर शाहले अविजित ४७ रन तथा कप्तान बिबेक यादबले अविजित ४२ रन बनाएपछि जित सहज बन्यो। शाहले ५३ बलमा ४ चौका र १ छक्का तथा यादब २२ बलमा २ चौका र ५ छक्का प्रहार गरे। हसिम अन्सारीले १६ रन योगदान दिए।

अल-राउण्ड योगदान दिएका कप्तान बिबेक यादब खेलको म्यान अफ द म्याच घोषित भए जसलाई उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले पुरस्कृत गर्नु भयो।

Bivek Yadav
Bivek Yadav

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy