कीर्तिपुरमा ‘ब्ल्याक बक खुला क्लब क्रिकेट प्रतियोगिता’ आयोजना हुने

प्लाई तानसेन तथा एन.जी.जी.सी. को आयोजनामा चैत्र ११ गते देखि किर्तिपुरमा ‘ब्ल्याक बक खुला क्लब क्रिकेट टि-२० प्रतियोगिता’ आयोजना हुने भएको छ। आयोजक मंगलबार प्रत्रकार सम्मेलन गर्दै प्रतियोगिताको घोषणा गरेको हो।

नक आउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा देशभरका बिभिन्न शहरका करिब २० वटा टोलिले सहभागिता जनाउने प्रतियोगिता संयोजक सुमन डाँगीले जानकारी गराए।

प्रतियोगिताको विजेता टोलिले ५० हजार रुपैयाँ, उप-विजेताले २५ हजार रुपैयाँ पाउनेछन्। यस्तै प्रतियोगिताकै उत्कृस्ट खेलाडीले १० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले समान ५ हजार रुपयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

https://www.youtube.com/watch?v=fmre9n4jbCM

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy