इंगलिस क्रिकेटर ब्लेक ललितपुरबाट ईपीएल खेल्ने

२०७८ भाद्र ९, बुधबार २०:०७

एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) को टिम ललितपुर पेट्रिएट्सले टिमको पहिलो विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका खेलाडी एलेक्स ब्लेकलाई अनुबन्ध गरेको छ।

ज्ञानेन्द्र मल्ल कप्तानीको डिफेन्डिङ च्याम्पियन पेट्रिएट्सले सामाजिक संजालमार्फत ३२ वर्षीय दायाँ हाते ब्याट्सम्यानले लिग खेल्ने घोषणा गरेको हो।

भर्खरै इंग्ल्यान्डमा सम्पन्न ‘द हन्ड्रेड’ लिगमा ओभल इन्भिन्सीबलको प्रतिनिधित्व गरेका बलेकले काउन्टी क्रिकेट केन्टबाट खेल्ने गर्छन्। द हन्ड्रेड लिगमा तिन खेल खेलेका ब्लेकले अन्तिम खेलमा साउदर्न ब्रेभ बिरुद्ध सातौँ नम्बरमा ब्याटिंग गर्दै २८ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ४४ रन बनाएका थिए।

सन् २००७ मा सरे बिरुद्ध लिस्ट ए डेब्यु गरेका ब्लेकले त्यसअघि इंग्ल्यान्डको अन्डर-१९ टिमको प्रतिनिधित्व गरेका थिए। गत वर्ष उनलाई केन्टले सिमित ओभर क्रिकेटमा अनुबन्धित गरेको थियो जो देशमै त्यस्तो अनुबन्धित हुने पहिलो घरेलु क्रिकेटर हुन्। उनले १४० वटा टि-ट्वान्टीमा ९ अर्धशतक मद्दतले १ हजार ८ सय ९० रन बनएका छन् जुन क्रममा उनको स्ट्राइक रेट १३४.३२ तथा औशत २०.५४ रहेको छ।

ललितपुर पेट्रिएट्समा कप्तान ज्ञानेन्द्र मल्ल सहित ललित राजबंशी, कुशल भुर्तेल, पवन सर्राफ, राशिद खान, सन्दिप जोरा जस्ता राष्ट्रिय क्रिकेटरहरु रहेका छन्।

ललितपुर पेट्रिएट्स टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ), शंकर राना, ललित राजबंशी, कुशल भुर्तेल, पवन सर्राफ, सोनु तामांग, रासिद खान, सन्दिप जोरा, नारायण जोशी, योगेन्द्र सिंह कार्की, सुर्य तामांग, एलेक्स ब्लेक ( ✈️ )

ईपीएलमा सहभागी टोलिले अन्तिम-एघारमा अनिवार्य तिन जना विदेशी खेलाडी समाबेश गर्नुपर्ने नियम रहेको छ। ब्लेक ईपीएलमा अनुबन्धित हुने पाँचौ विदेशी खेलाडी हुन्। हालसम्म काठमाडौँ किंग्स एघारले शाहिद अफ्रिदी, चितवन टाइगर्सले अफगानिस्तानका मोहम्मद शाहजाद र डानिश अजिज, भैरहवा ग्ल्याडीएटर्सले श्रीलंकाका  दिनेश चण्डीमाललाई अनुबन्ध गरेको छ। पोखरा राइनोज र बिराटनगर वारियर्सले हालसम्म विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छैन।

ईपीएलको चौथो संस्करण असोज ९ गते देखि ( सेप्टेम्बर २५ तारिख ) सुरु हुँदैछ। लिगमा ललितपुर पेट्रिएट्स सहित बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीएटर्स, चितवन टाइगर्स, पोखरा राइनोज र काठमाडौँ किंग्स -११ गरि ६ वटा टोलि सहभागी रहेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy