नेत्रहीन महिला क्रिकेट: नेपालसँग पाकिस्तान १० विकेटले पराजित

  • विकेटनेपाल, माघ १५ – मंगलबार

पाकिस्तानमा आजदेखि सुरु भएको नेपाल र पाकिस्तानबीचको नेत्रहीन महिला क्रिकेट सिरिज अन्तर्गत नेपालले १० विकेटको जित दर्ता गरेको छ। नेत्रहीन महिला क्रिकेट अन्तर्गत भएको हो पहिलो अन्तर्राष्ट्रिय मान्यताप्राप्त सिरिज समेत हो जसमा ५ टि-२० खेलहरु समाबेश छन्।

लाहोरको किन्नार्ड मैदानमा भएको खेलमा नेपालले पाकिस्तानले दिएको ५४ रनको विजयी लक्ष्य मात्र ५ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो। नेपालको लागि बिनिता पुनले अविजित २८ तथा मनकेशरी चौधरीले अविजित १९ रनको पारि खेलेका थिए।

Blind women cricket team nepal
नेपाल नेत्रहीन महिला क्रिकेट टिम

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको घरेलु टिमले निर्धारित २० ओभरको खेलमा मात्र ११.३ ओभरमा सबै विकेट गुमाउँदै ५३ रन मात्र बनाउन सक्यो। उसका लागि किरणले ९ रन तथा निम्राले अविजित ६ रन बनाउदा अन्य ८ खेलाडी रनआउटको शिकार भए। सरिता घिमिरे र कप्तान भगवती भट्टराईको नाममा १/१ विकेट रह्यो।

Pakistan blind women cricket team
पाकिस्तान नेत्रहीन महिला क्रिकेट टिम

नेपालको ऐतिहासिक पहिलो अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेलमा भ्यालुएबल खेलाडी बिनिता पुन भईन भने प्लेअर अफ द म्याच घोषितसरिता घिमिरे भईन।

खेलमा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीलाई नेत्रहीन क्रिकेट परिषद्, पाकिस्तानका अध्यक्ष सईद सुल्तान शाह र नेत्रहीन क्रिकेट संघ, नेपालका अध्यक्ष पवन घिमिरेले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए।

sarita ghimire blind women cricketer nepal
भ्यालुएबल प्लेयर सरिता घिमिरे

 

Binita Pun blind women cricketer nepal
प्लेयर अफ द म्याच बिनिता पुन

नेपाल र पाकिस्तान नेत्रहीन महिला क्रिकेट सिरिजको दोश्रो र तेस्रो टि-२० जनवरी ३१ र फेब्रुअरी १ तारिखमा फैसलाबादमा खेलिनेछ। त्यस्तै चौथो र पाचौं खेल क्रमश फेब्रुअरी ३ र फेब्रुअरी ४ तारिखमा इस्लामावादमा हुनेछन।

(समाचार र तस्बिर श्रोत: नेत्रहीन क्रिकेट परिषद्, पाकिस्तान)

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy