विश्वकपका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । नेत्रहिन क्रिकेट संघ नेपालले चौथो नेत्रहिन क्रिकेट विश्वकपका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

सोमबार बसेको केन्द्रिय समितिको बैठकले छनौट समितिको सिफारिस बमोजिम आगामी नोभेम्वर २०२४ पाकिस्तानमा संचालन हुने विश्वकपका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

विश्वकपमा सहभागी हुने अन्तिम १५ खेलाडीहरुको नामावली दोस्रो चरणको छनौट प्रतियोगिताबाट टुङ्गो लागाइने छ ।

छनौट भएका खेलाडीहरु

सुनिल सुवेदी, सागर लामा, भरत चौलागाई, दुर्गादत्त पौडेल, प्रेम क्षेत्री, मदन न्यौपाने, प्रविन तामाङ्ग, अमिस गुरागाईं, भरत थापा, रमेश बानियाँ, नरेश चौधरी, सुनिल राना, पदम बडैला, सन्त पहरी, रविन्द्र बोहरा, खेमराज सापकोटा, पदम कार्की, युवराज भण्डारी, निश्चल सिवाकोटी

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy