ऐतिहासिक सिरिज खेल्न पाकिस्तान जाने नेत्रहिन महिला टिमको बिदाई

  • विकेटनेपाल, माघ १० – बिहिबार

पाकिस्तानसँगको ऐतिहासिक अन्तर्राष्ट्रिय सिरिज खेल्न पाकिस्तान जाने नेपाली नेत्रहिन महिला क्रिकेट टिमको आज बिदाई गरिएको छ। टिम माघ १२ गते त्यसतर्फ प्रस्थान गर्नेछ।

नेपाली महिला नेत्रहिन टोलीले पाकिस्तानका विभिन्न तीन शहरमा पाँच ट्वान्टी–२० खेलको शृंखला खेल्नेछ । माघ १५ गते लाहोरमा पहिलो खेल्नेछ भने फैसलाबादमा १७ र १८ गते दुई खेल खेल्नेछ । चौथो खेल २० गते र पाँचौ खेल २१ स्लामाबादमा खेल्नेछ।

बिदाई समारोहमा टिमको नेतृत्व गरिरहेकी कप्तान भगवती भट्टराई बरालले नेपाल पाकिस्तान भन्दा धेरै बलियो भएकोले आफ्नो टिमले राम्रो प्रदर्शन गर्ने बताईन। अर्कोतर्फ आफ्नो पहिलो क्रिकेट शृंखलाको लागि तयारी गरिरहेका पाकिस्तानका खेलाडीहरु भने पहिलो सिरिजलाई यादगार बनाउँदै देशको शिर उँचो बनाउन लागिपर्ने बताएका छन्।

पौष २३ गतेदेखि माघ ९ गतेसम्म मुलपानी मैदानमा कडा मेहनत गरेको टिमले राम्रो प्रदर्शन गर्नेमा सबै खेलाडीहरु आशावादी देखिन्छन्। यस्तै प्रशिक्षकको जिम्मेवारीमा रहेका रिजन प्रजुले पनि लामो समयको तयारिले टिम परिपक्क भएको बताए।

यसअघि सन् २०१४ मा इंग्ल्याण्डसंग घरेलु मैदानमै प्रतिस्पर्धा गरेको नेपालले अन्तर्राष्ट्रिय भ्रमण भने पहिलोपल्ट गर्न लागेको हो। सन् २०१४ मा इंग्ल्याण्डसँग भएको ३ खेलको टि-२० सिरिज नेपालले क्लिन स्विप गर्दै आफ्नो पक्षमा पारेको थियो जुन नेत्रहीन महिला क्रिकेटको पहिलो अन्तर्राष्ट्रिय सिरिज समेत थियो।

धेरै मेहनत र प्ररिश्रमपछी अन्तर्राष्ट्रिय सिरिजमा भागलिन जान लागेकोले यसकार्यमा सहयोग गर्नेसबैजना लाई नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले बिदाई समारोहमा धन्यवाद ब्यक्त गरे।

नेपाली टिम:

रिता थापा, आशा रेग्मी, मुना अर्याल, हिता गुरुङ, सरिता घिमिरे, सुष्मा तामांग, आयुष्मा क्षेत्री, भगवती अमागाई, बिमला राई, मनकेशरी चौधरी, भुमा खरेल, बिनिता पुन, गीता पौडेल, भगवती भट्टराई (कप्तान) र आशिका चौधरी

खेलतालिका

पहिलो टि२०- जनवरी २९ (लाहोर)
दोश्रो टि२०- जनवरी ३१ (फैसलाबाद)
तेस्रो टि२०- फेब्रुअरी १ (फैसलाबाद)
चौथो टि२०- फेब्रुअरी ३ (इस्लामावाद)
पाँचौ टि२०- फेब्रुअरी ४ (इस्लामावाद)





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]