ऐतिहासिक सिरिज खेल्न पाकिस्तान जाने नेत्रहिन महिला टिमको बिदाई

  • विकेटनेपाल, माघ १० – बिहिबार

पाकिस्तानसँगको ऐतिहासिक अन्तर्राष्ट्रिय सिरिज खेल्न पाकिस्तान जाने नेपाली नेत्रहिन महिला क्रिकेट टिमको आज बिदाई गरिएको छ। टिम माघ १२ गते त्यसतर्फ प्रस्थान गर्नेछ।

नेपाली महिला नेत्रहिन टोलीले पाकिस्तानका विभिन्न तीन शहरमा पाँच ट्वान्टी–२० खेलको शृंखला खेल्नेछ । माघ १५ गते लाहोरमा पहिलो खेल्नेछ भने फैसलाबादमा १७ र १८ गते दुई खेल खेल्नेछ । चौथो खेल २० गते र पाँचौ खेल २१ स्लामाबादमा खेल्नेछ।

बिदाई समारोहमा टिमको नेतृत्व गरिरहेकी कप्तान भगवती भट्टराई बरालले नेपाल पाकिस्तान भन्दा धेरै बलियो भएकोले आफ्नो टिमले राम्रो प्रदर्शन गर्ने बताईन। अर्कोतर्फ आफ्नो पहिलो क्रिकेट शृंखलाको लागि तयारी गरिरहेका पाकिस्तानका खेलाडीहरु भने पहिलो सिरिजलाई यादगार बनाउँदै देशको शिर उँचो बनाउन लागिपर्ने बताएका छन्।

पौष २३ गतेदेखि माघ ९ गतेसम्म मुलपानी मैदानमा कडा मेहनत गरेको टिमले राम्रो प्रदर्शन गर्नेमा सबै खेलाडीहरु आशावादी देखिन्छन्। यस्तै प्रशिक्षकको जिम्मेवारीमा रहेका रिजन प्रजुले पनि लामो समयको तयारिले टिम परिपक्क भएको बताए।

यसअघि सन् २०१४ मा इंग्ल्याण्डसंग घरेलु मैदानमै प्रतिस्पर्धा गरेको नेपालले अन्तर्राष्ट्रिय भ्रमण भने पहिलोपल्ट गर्न लागेको हो। सन् २०१४ मा इंग्ल्याण्डसँग भएको ३ खेलको टि-२० सिरिज नेपालले क्लिन स्विप गर्दै आफ्नो पक्षमा पारेको थियो जुन नेत्रहीन महिला क्रिकेटको पहिलो अन्तर्राष्ट्रिय सिरिज समेत थियो।

धेरै मेहनत र प्ररिश्रमपछी अन्तर्राष्ट्रिय सिरिजमा भागलिन जान लागेकोले यसकार्यमा सहयोग गर्नेसबैजना लाई नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले बिदाई समारोहमा धन्यवाद ब्यक्त गरे।

नेपाली टिम:

रिता थापा, आशा रेग्मी, मुना अर्याल, हिता गुरुङ, सरिता घिमिरे, सुष्मा तामांग, आयुष्मा क्षेत्री, भगवती अमागाई, बिमला राई, मनकेशरी चौधरी, भुमा खरेल, बिनिता पुन, गीता पौडेल, भगवती भट्टराई (कप्तान) र आशिका चौधरी

खेलतालिका

पहिलो टि२०- जनवरी २९ (लाहोर)
दोश्रो टि२०- जनवरी ३१ (फैसलाबाद)
तेस्रो टि२०- फेब्रुअरी १ (फैसलाबाद)
चौथो टि२०- फेब्रुअरी ३ (इस्लामावाद)
पाँचौ टि२०- फेब्रुअरी ४ (इस्लामावाद)

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy