PM Cup Women’s : कर्णाली बिरुद्ध बागमती प्रदेशको सान्त्वना जित

धनगढीमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको आफ्नो अन्तिम खेलमा बागमती प्रदेशले कर्णाली प्रदेश बिरुद्ध सान्त्वना जित दर्ता गरेको छ। बागमती ७९ रनले विजयी भयो। यस अघि दुवै खेलमा पराजित हुँदै बागमती र कर्णाली सेमीफाइनल रेसबाट बाहिर भैसकेको थियो। समूह ‘ए’ बाट प्रदेश-१ र लुम्बिनी प्रदेश विजेता र उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरे।

फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको १३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १८.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५१ रन मात्र बनाउन सक्यो। कर्णालीको लागि लक्ष्मी रिमालले सर्वाधिक १४ रन तथा दिपा रानाले ९ रन योगदान दिए।

बागमती प्रदेशको बलिंगमा बिपिशा शाही ( ३.३-१-८-३ ) र आरति बिडारी ( ४-०-१३-३ ) समान तिन विकेट तथा सोनी पाख्रिन, खुसि डंगोल र क्यनुका बस्नेतले समान एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बागमती प्रदेशले २० ओभरमा ६ विकेट क्षेतीमा १३० रन बनाएको थियो। बागमतीको लागि ओपनर कन्चन श्रेष्ठले सर्वाधिक अविजित ४७ रन योगदान दिए जुन क्रममा ६१ बलमा १ चौका प्रहार गरे। यस्तै हेलिशा गुरुङले २५ तथा अश्मिना कर्माचार्यले १६ रन बनाए। हेलिशा र कन्चन बीच ७२ रनको ओपनिंग साझेदारी भएको थियो।

कर्णाली प्रदेशको बलिंगमा दिभ्या धामीले सर्वाधिक ३ ( ४-०-१६-३ ) , एन्जिला छेत्रीले २ विकेट ( ३-०-१७-२ ) तथा निशा पराजुलीले एक विकेट ( ४-०-१६-१ ) हात पारिन्।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]