PM Cup Women’s : कर्णाली बिरुद्ध बागमती प्रदेशको सान्त्वना जित

धनगढीमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको आफ्नो अन्तिम खेलमा बागमती प्रदेशले कर्णाली प्रदेश बिरुद्ध सान्त्वना जित दर्ता गरेको छ। बागमती ७९ रनले विजयी भयो। यस अघि दुवै खेलमा पराजित हुँदै बागमती र कर्णाली सेमीफाइनल रेसबाट बाहिर भैसकेको थियो। समूह ‘ए’ बाट प्रदेश-१ र लुम्बिनी प्रदेश विजेता र उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरे।

फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको १३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १८.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५१ रन मात्र बनाउन सक्यो। कर्णालीको लागि लक्ष्मी रिमालले सर्वाधिक १४ रन तथा दिपा रानाले ९ रन योगदान दिए।

बागमती प्रदेशको बलिंगमा बिपिशा शाही ( ३.३-१-८-३ ) र आरति बिडारी ( ४-०-१३-३ ) समान तिन विकेट तथा सोनी पाख्रिन, खुसि डंगोल र क्यनुका बस्नेतले समान एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बागमती प्रदेशले २० ओभरमा ६ विकेट क्षेतीमा १३० रन बनाएको थियो। बागमतीको लागि ओपनर कन्चन श्रेष्ठले सर्वाधिक अविजित ४७ रन योगदान दिए जुन क्रममा ६१ बलमा १ चौका प्रहार गरे। यस्तै हेलिशा गुरुङले २५ तथा अश्मिना कर्माचार्यले १६ रन बनाए। हेलिशा र कन्चन बीच ७२ रनको ओपनिंग साझेदारी भएको थियो।

कर्णाली प्रदेशको बलिंगमा दिभ्या धामीले सर्वाधिक ३ ( ४-०-१६-३ ) , एन्जिला छेत्रीले २ विकेट ( ३-०-१७-२ ) तथा निशा पराजुलीले एक विकेट ( ४-०-१६-१ ) हात पारिन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy