बार्मी आर्मी क्रिकेट नेपालद्वारा आयोजित खुल्ला इन्डोर क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण श्रावण २९ गतेदेखि भाद्र २ सम्म हुने भएको छ।
इमाडोलको बलपार्कमा हुने प्रतियोगितामा कुल २४ उत्कृष्ट टोलीको सहभागिता रहनेछ।
लिग-कम नक आउट फर्म्याटमा खेलहरु आयोजना हुनेछन्।
प्रतियोगिताको विजेता टोलीले रु. ६०,००० र उपविजेताले रु. २५,००० प्राप्त गर्नेछन्।
