बिएमसीएलाई प्रधानमन्त्री कप भक्तपुर छनोटको उपाधि

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताको लागि भक्तपुर छनोट प्रतियोगिताको उपाधि भक्तपुर मुनिसिपल क्रिकेट एसोसिएसन ( बिएमसीए ) ले जितेको छ।

शनिवार मुलपानी मैदानमा सम्पन्न फाइनलमा भक्तपुर क्रिकेट सेन्टरलाई ७ विकेटले पराजित गर्यो। ११६ रनको लक्ष्य बिएमसीएले मात्र २०. २ ओभरमा ३ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा बिएमसीएका गौरभ पौडेलले सर्वाधिक ४९ रन बनाए जुन क्रममा अविजित रहेका उनले ५३ बलमा ४ चौका र १ छक्का प्रहार गरे। बिशाल देवकोटाले अविजित २६ रन बनाए। शौरभ साखाकर्मीले १७ रन बनाए। चौंथो विकेटको लागि गौरभ र बिशालले अविजित ७८ रनको साझेदारी गरेका थिए।

भक्तपुर क्रिकेट सेन्टरको बलिंगमा लोकेश पालले २ तथा त्रिशन चौलागाईले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको भक्तपुर क्रिकेट सेन्टरले ३५. २ ओभरमा ११५ रनमै सबै विकेट गुमाउन पुग्यो। उसका दिपेन श्रेष्ठले सर्वाधिक ३४ रन बनाए भने अभिषेक बस्नेतले १८ तथा समर्पण अधिकारीले १७ रन बनाए।

बिएमसीएको बलिंगमा सागर घिमिरेले ३ विकेट लिए। प्लेयर अफ द फाइनल घोषित घिमिरेले ६ ओभरमा ४ मेडन ओभर गर्दै ४ रन मात्र खर्चिए। सक्रिय प्रताप कार्कीले २ विकेट लिंदा धिरेन्द्र कुमार बस्नेत, मनिष श्रेष्ठ, शशांक दवाडी र सार्थक न्यौपानेले समान १ विकेट लिए।

प्रतियोगिताको उत्कृस्ट खेलाडी भक्तपुर क्रिकेट सेन्टरका बिनोद तामांग घोषित भए

प्रतियोगिताको उत्कृस्ट खेलाडी भक्तपुर क्रिकेट सेन्टरका बिनोद तामांग घोषित भए। यस्तै उत्कृस्ट बलर हिमालय स्पोर्ट्स म्यानेजमेन्टका सुमन हुमागाईं तथा उत्कृस्ट ब्याटर जनप्रेमी स्पोर्ट्स क्लबका आकाश कुमार शाह घोषित भए।

विजेता खेलाडीहरुलाई नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का तथा भक्तपुर क्रिकेट संघका अध्यक्ष डा.  मनिष राज पाण्डे लगायतले पुरस्कार वितरण गर्नु भएको थियो।

प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]