बुटवल उपमहानगरद्वारा कुशल सम्मानित

बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई नगदसहित आज सम्मान गरेको छ ।

बुटवल–११ देवीनगरका मल्ललाई उपमहानगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले दोसल्ला ओढाएर सम्मान पत्र र रु ५० हजारसहित सम्मान गरे ।

कार्यक्रममा क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानपछि नगरप्रमुख पाण्डेयले कुशलले क्रिकेटमा गरेको उपलब्धिले बुटवलकै प्रतिष्ठा बढेको बताए ।

उनले नगरमा खेलकुद क्षेत्रको विकासका लागि रु तीन करोडभन्दा बढी बजेट विनियोजन गरिएको जनाउँदै खेल पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।

क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक गौचनले बुटवलले सम्मान गरेर खेल क्षेत्रको हौसला बढाएको बताए । खेलाडी कुशलले उपमहानगरपालिकाले गरेको सम्मानले आफ्नो मनोबल बढेको र आगामी दिनमा थप मेहनत गर्ने बताए ।





थप समाचार

हैदराबादमाथि बेंगलुरुको जित, बेंगलुरुविरुद्ध चलेन हैदराबादको ब्याटिङ

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४१ औं खेलमा सनराईजर्स हैदराबादमाथि रोयल च्यालेन्जर्स बेंगलुरुले जित निकालेको छ […]

बेंगलुरुद्वारा हैदराबादलाई २०७ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४१ औं खेलमा सनराईजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुबाट २ सय ७ […]

गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप : मधेश र कर्णाली विजयी

काठमाडौं । जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत बिहिवार सम्पन्न दुई खेलमा मधेश प्रदेश र कर्णाली प्रदेशले जित […]

आइपीएल : बेंगलुरु र हैदराबाद खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबीच खेल हुदै छ । हैदराबादको घरेलु […]

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । शनिबारबाट काठमाडौंमा सुरु हुने वेस्ट इन्डिज ए विरुद्ध को पाँच खेलको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको […]

गुजरातमाथि दिल्लीको रोमान्चक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । घरेलु […]