महमुदुल्लाह, नसुम र मुस्तफिजुर प्रेरित बंगलादेशको सिरिज जित

चौथों खेलमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै बंगलादेशले पाँच खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज एक खेल अगावै ३-१ ले जितेको छ।

शेरे बांग्ला नेसनल स्टेडियममा सम्पन्न खेलमा न्युजिल्यान्डले दिएको ९४ रनको लक्ष्य बंगलादेशले ४ विकेट क्षेतीमा ५ बल बाँकी रहंदा भेटायो। बंगलादेशको लागि कप्तान महमुदुल्लाहले सर्वाधिक अविजित ४३ रन बनाए भने मोहम्मद नैमले २९ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा सुरुवाती ३ विकेट बंगलादेशले ३२ रनमै गुमाएको थियो। छैठौं ओभरमा एजेज पटेलले शाकिब अल हसन र मुस्फिकुर रहिमको विकेट लिंदै न्युजिल्यान्डलाई हावी गराएका थिए। त्यसपछि ओपनर मोहम्मद नैमले कप्तान महमुदुल्लाहसंग चौथों विकेटको लागि ३५ रनको साझेदारी गरे। १५ औं ओभरमा नैमलाई रन आउट गर्दै न्युजिल्यान्ड खेलमा फर्कियो। त्यसपछि महमुदुल्लाहले अफिफ होसेनसंग २९ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए। न्युजिल्यान्डको बलिंगमा एजाज पटेलले २ विकेट ( ४-०-९-२ ) तथा कोलिन म्याकोन्चीले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको न्युजिल्यान्डले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९३ रन बनाएको थियो। विल योंगले सर्वाधिक ४६, टम लाथमले २१ तथा फिन एलेनले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बंगलादेशको बलिंगमा देब्रे हाते स्पिनर नसुम एहमद ( ४-२-१०-४ ) र मुस्तफिजुर रहमानले ( ३.३-०-१२-४ ) समान ४ विकेट लिए। मेहदी हसन आर मोहम्मद सैफुद्दीनले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल बंगलादेशले ७ विकेट र ४ रनले जितेको थियो भने तेश्रो खेल न्युजिल्यान्डले ५२ रनले जितेको थियो। सिरिजको अन्तिम खेल सेप्टेम्बर १० तारिखमा खेलिनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy