मधिभिरेको करियरकै उच्च स्कोर, जिम्बाब्वेद्वारा बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य

बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेल जित्न जिम्बाब्वेले बंगलादेशलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ। सिरिजमा बंगलादेश १-० ले अघि रहेको छ।

हरारे स्थित हरारे स्पोर्ट्स क्लबमा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १६६ रन बनायो।

जिम्बाब्वेको ब्याटिंगमा वेसले मधिभिरेले करियरकै उत्कृस्ट स्कोर बनाउने क्रममा सर्वाधिक ७३ रन बनाए जुन क्रममा ५७ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै रायन बर्लले १९ बलमा २ चौका र २ छक्का मद्दतले अविजित ३४ रन बनाए। डायन मायर्सले २६, रेगिस चकाभाले १४ रन योगदान दिए।

अर्को किनारमा निरन्तर विकेट गुमेता पनि ओपनर मधिभिरेले विकेट नगुमाई १८ औं ओभरसम्म ब्याटिंग गरे। १८ औं ओभरमा उनलाई शोरिफुल इश्लामले अफिफ होसेनबाट क्याच आउट गराए। मधिभिरेले मायर्ससंग तेश्रो विकेटको लागि ५७ रनको महत्वपूर्ण साझेदारी गरे। मधिभिरेको विकेट पछि रायन बर्लले अन्तिममा आक्रामक सटहरु खेल्दै योगफल बढाए जुन क्रममा बर्लले लुक जोंग्वेसंग छैठौं विकेटको लागि २७ रन जोडे।

अन्तिम ५ ओभरमा जिम्बाब्वेले ३ विकेट गुमेता पनि महत्वपूर्ण ५४ रन जोड्न सक्यो।

बंगलादेशको बलिंगमा देब्रे हाते पेसर सोरिफुल इश्लामले सर्वाधिक ३ विकेट ( ४-०-३३-३ ) तथा मेहदी हसन ( १-०-११-१ ) र शाकिब अल हसन ( ४-०-३२-१ ) ले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा बंगलादेश ८ विकेटले सहजै विजयी भएको थियो जुन क्रममा जिम्बाब्वेले दिएको १५३ रनको लक्ष्य बंगलादेशले १८.५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गरेको थियो।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]