मधिभिरेको करियरकै उच्च स्कोर, जिम्बाब्वेद्वारा बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य

बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेल जित्न जिम्बाब्वेले बंगलादेशलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ। सिरिजमा बंगलादेश १-० ले अघि रहेको छ।

हरारे स्थित हरारे स्पोर्ट्स क्लबमा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १६६ रन बनायो।

जिम्बाब्वेको ब्याटिंगमा वेसले मधिभिरेले करियरकै उत्कृस्ट स्कोर बनाउने क्रममा सर्वाधिक ७३ रन बनाए जुन क्रममा ५७ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै रायन बर्लले १९ बलमा २ चौका र २ छक्का मद्दतले अविजित ३४ रन बनाए। डायन मायर्सले २६, रेगिस चकाभाले १४ रन योगदान दिए।

अर्को किनारमा निरन्तर विकेट गुमेता पनि ओपनर मधिभिरेले विकेट नगुमाई १८ औं ओभरसम्म ब्याटिंग गरे। १८ औं ओभरमा उनलाई शोरिफुल इश्लामले अफिफ होसेनबाट क्याच आउट गराए। मधिभिरेले मायर्ससंग तेश्रो विकेटको लागि ५७ रनको महत्वपूर्ण साझेदारी गरे। मधिभिरेको विकेट पछि रायन बर्लले अन्तिममा आक्रामक सटहरु खेल्दै योगफल बढाए जुन क्रममा बर्लले लुक जोंग्वेसंग छैठौं विकेटको लागि २७ रन जोडे।

अन्तिम ५ ओभरमा जिम्बाब्वेले ३ विकेट गुमेता पनि महत्वपूर्ण ५४ रन जोड्न सक्यो।

बंगलादेशको बलिंगमा देब्रे हाते पेसर सोरिफुल इश्लामले सर्वाधिक ३ विकेट ( ४-०-३३-३ ) तथा मेहदी हसन ( १-०-११-१ ) र शाकिब अल हसन ( ४-०-३२-१ ) ले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा बंगलादेश ८ विकेटले सहजै विजयी भएको थियो जुन क्रममा जिम्बाब्वेले दिएको १५३ रनको लक्ष्य बंगलादेशले १८.५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy