सौम्य सरकारको अलराउण्ड प्रदर्शन, बंगलादेशको सिरिज जित

निर्णायक तेश्रो खेलमा घरेलु टोलि जिम्बाब्वेलाई ५ विकेटले हराउदै भ्रमण टोलि बंगलादेशले तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेको छ।

हरारे स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा जिम्बाब्वेले दिएको १९४ रनको लक्ष्य बंगलादेशले ४ बल बाँकी रहंदा ५ विकेट गुमाएर पुरा गर्यो।

बंगलादेशको लागि सौम्य सरकारले सर्वाधिक ६८ र बनाए जुन क्रममा ४९ बलमा ९ चौका र १ छक्का प्रहार गरे। कप्तान महमुदुल्लाहले ३४ रन, शमिम होसेन अविजित ३१ रन, शाकिब अल हसनले २५ रन तथा अफिफ होसेनले १४ रन योगदान दिए।

सौम्य सरकारले दोश्रो विकेटको लागि शाकिबसंग ५० रनको तथा तेश्रो विकेटको लागि महमुदुल्लाहसंग ६३ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। १४ औं ओभरमा सरकारलाई लुक जोंग्वेले क्याच आउट गराए। त्यसपछि महमुदुल्लाहले पाँचौ विकेटको लागि शमिम होसेनसंग ३७ रन जोड्दै टिमलाई जितको दिशा दिए।

जिम्बाब्वेको बलिंगमा ब्लेसिंग मुजराबानी ( ४-०-२७-२ ) र लुक जोंग्वे ( ३-०-४२-२ ) ले समान २ विकेट तथा वेलिंग टन मासाकाट्जाले १ विकेट लिए।


यस अघि टस जितेर ब्याटिंग गरेको जिम्बाब्वेले २० ओभरमा ५ विकेट क्षेतीमा १९३ रन बनाएको थियो।

जिम्बाब्वेको लागि वेसले मधिभिरेले सर्वाधिक ५४ रन तथा रेगिस चकाभाले ४८ रन बनाए। यस्तै रायन बर्लले अविजित ३१, तादीवानासे मरुमानीले २७ तथा डायन मायर्सले २३ रन योगदान दिए। मधिभिरेले मरुमानीसंग ६३ रनको ओपनिंग साझेदारी, दोश्रो विकेटको लागि चकाभासंग ५९ रनको साझेदारी गरेका थिए।

बंगलादेशको बलिंगमा सौम्य सरकारले २ ( ३-०-१९-२ ) तथा शोरिफुल इश्लाम, मोहम्मद सैफुद्दीन र शाकिब अल हसनले समान १ विकेट लिए।

सिरिजको उत्कृस्ट खेलाडी तथा प्लेयर अफ द म्याच सौम्य सरकार चुनिए।

सिरिज अन्तर्गत पहिलो खेल बंगलादेशले ८ विकेटले तथा दोश्रो खेल जिम्बाब्वेले २३ रनले जितेको थिओ। यस अघि सम्पन्न एकदिवसीय सिरिज पनि बंगलादेशले ३-० ले जितेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy