बोल्टले ह्याट्रिक लिंदै इतिहास रच्दा, अस्ट्रेलियाको मध्यम योगफल

आईसीसी एकदिवसीय क्रिकेट अन्तर्गत ३७ औं खेलमा न्युजिल्याण्ड र अस्ट्रेलिया प्रतिस्पर्धा गरिरहेका छन्।

लर्ड्स मैदानमा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २४३ रन बनाएको छ।

अस्ट्रेलिया यस अघिनै ७ खेलमा ६ जितको साथ् १२ अंक बटुल्दै सेमीफाइनलमा स्थान पक्का गरिसकेको छ भने आज सहित २ खेल बाँकी रहेको अवस्थामा न्युजिल्याण्डले एउटा जित हात पारे सेमीफाइनलमा स्थान पक्का गर्नेछ नत्र अन्य टिमको नतिजामा भर पर्नुपर्नेछ। भारत र न्युजिल्याण्डको समान ११ अंक रहेको छ र अंक तालिकामा दोश्रो र तेश्रो स्थानमा रहेको छ।

खराब सुरुवात गर्ने क्रममा अस्ट्रेलियन ओपनर डेभिड वार्नर १६, आरोन फिन्च ८ र स्टिभ स्मिथ ५ रन बनाएर आउट भए। मार्कस स्टोइनिस २१ र लगत्तै ग्लेन म्याक्सवेल १ रन बनाएर आउट हुँदा अस्ट्रेलिया एक समय २२ औं ओभरमा ९२/५ को कमजोर अवस्थामा पुग्यो।

त्यसपछि भने अस्ट्रेलिया सम्हालियो। तेश्रो नम्बरमा ब्याटिंग गरेका उस्मान ख्वाजा र एकेक्स केरेले छैठौं विकेटको लागि शतकीय साझेदारी गरे। केरे ७१ रन बनाएर ४३ औं ओभरमा आउट भए जसले ७२ बलमा ११ चौका प्रहार गरे।

प्याट कमिन्ससंग सातौँ विकेटको लागि ख्वाजाले ४४ रनको साझेदारी गरे। ५० औं ओभरमा ख्वाजा ८८ रन बनाएर बोल्टको बलमा बोल्ड भए जस अघि उनले धैर्यतापुर्वक १२९ बल खेल्दै ५ चौका प्रहार गरे। प्याट कमिन्सले अविजित २३ रन बनाए।

ख्वाजाको विकेट पछि बोल्टले मिचेल स्टार्क र जेसन बेह्रेनडर्फलाई लगातार बलमा आउट गर्दै ह्याट्रिक पुरा गरे। ४९.३, ४९.४ र ४९.५ गरि लगातार ३ बलमा बोल्टले विकेट लिए।

विश्वकप क्रिकेटमा ह्याट्रिक लिने बोल्ट पहिलो न्युजिल्याण्ड क्रिकेटर बनेका छन्। यस क्रममा उनले ख्वाजा र स्टार्कलाई बोल्ड तथा अन्तिममा बेह्रेनडर्फलाई एलबिडब्लु धरापमा पारे।

जारि विश्वकपमा यस अघि भारतीय बलर मोहम्मद शामीले अफगानिस्तान बिरुद्ध ह्याट्रिक लिएका थिए।

इनिंगमा बोल्टले १० ओभरमा १ मेडन ओभर गर्दै ५१ रन खर्चेर ४ विकेट लिए। यस्तै लकी फर्गुसन ( १०-०-४९-२ ) र जेम्स निशाम ( ६-०-२८-२ ) ले २/२ विकेट तथा एन विलियमसनले १ विकेट ( ७-०-२५-१ ) लिए।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]