दुवै टिमको जित्ने दाबि, पढ्नुस के भन्छन् कप्तानहरु : नेपाल-हंगकंग

u19 youth asia cup
  • विकेटनेपाल, असोज २६ 

हंगकंगसंग आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल अघि पारस खड्काले आफ्नो टिम हंगकंगलाई पराजित गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।

उता हंगकंग क्रिकेट टिमका कप्तान बाबर हयातले पनि आफ्नो टिम दुवै खेल जित्न सक्षम रहेको बताएका छन् ।

बिश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा शिर्ष ४ भित्र पर्दै २०१८ मा आयोजना हुने बिश्व कप छनौट प्रतियोगितामा स्थान बनाउन नेपाललाई दुवै खेलमा जित आवस्यक छ । अंकतालिकामा हंगकंग १० खेलमा ५ जित सहित ११ अंक सहित पाँचौ स्थानमा रहेको छ भने नेपाल १० खेलमा ४ जित सहित सातौं स्थानमा रहेको छ । १२ खेल खेलेको केन्या १२ अंक सहित चौथो स्थानमा रहेको छ । हंगकंग पछि नेपालले युएईसंग २ खेल तथा हंगकंगले पपुवा न्युगिनीसंग २ वटा खेल खेल्न बाँकी रहेको छ भने केन्याले स्कटल्याण्डसंग २ खेल खेल्न बाकि रहेको छ।

अंकतालिका हेर्न क्लिक गर्नुस 

हंगकंगलाई पराजित गर्ने पर्ने अवस्थामा नेपाली कप्तान पारस खड्काले दुवै खेल अत्यन्त महत्वपूर्ण रहेको बताउदै यो खेलको लागि कडा मेहनत गरेको बताएका छन् –

“यो सिरिज नेपालको लागि निकै महत्वपूर्ण छ। एउटा टिमको रुपमा हामीले गत महिना देखि कठिन मेहनत गरेका छौं ।

“दुवै खेल जित्दै सातौं चरणको खेलपछि अंकतालिकाको उत्कृस्ट ४ भित्र पर्न हामि पूर्णत तयार छौं”

उता हंगकंग कप्तान बाबर हयातले पनि आफ्नो टिमले नेपालसंगको खेलको महत्व बुझेको र आफ्नो घरमा खेल हुनुको फाइदा उठाउने बताएका छन् –

“हामि कडा मेहनत गरिरहेका छौ। अझै ६ वटा टिमहरु बिश्वकप छनौट प्रतियोगितामा स्थान बनाउन कसरत गरिरहेका छन् त्यसैले नेपालसंगको दुवै खेल जित्दै धेरै भन्दा धेरै अंक जित्न आवस्यक छ”

“हामि आशा गर्छौं कि हामीले हाम्रो घरेलु मैदान हुनुको फाइदा उठाउनेछौ”

नेपालले यदी हंगकंगलाई दुवै खेलमा पराजित गर्न नसक्ने हो भने डिभिजन २ मा घटुवा हुने निश्चित जसोछ । डिभिजन २ मा घटुवा भए पनि डिभिजन-२ मा उत्कृस्ट २ हुन सक्ने हो भने पुनः बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउनेछ”

हंगकंगसंग खेल अघि नेपालले शरद भेसावकरलाई बिरामी परेका कारण गुमाउनु परेको छ भने यस अघिनै शक्ति गौचन नखेल्ने भएका थिए। शरदको सट्टा नरेश बुढायर शुक्रबार हंगकंग पुग्दैछन्।

शरद अनुपस्थित भए पनि पारसले आफ्नो टिम उनि बिना खेल्न तयार रहेको बताएका छन् –

“टिमको लागि शरद महत्वपूर्ण खेलाडी हो तर पनि खेलाडी भन्दा टिम पहिला आउछ र हामि एउटा टिमको रुपमा राम्रो खेल्न सक्दो प्रयास गरिरहेका छौं”

हंगकंग टिम राम्रो रहेको भए पनि नेपाली टिमले सधै हंगकंगलाई चुनौती दिएको बताउदै उनले आफ्नो टिम आफुलाई प्रमाणित गर्न सक्षम रहेको बताएका छन्।

हंगकंग टिम 

  • बाबर हायत ( कप्तान ) ,  आयुस्मन राथ  ( उपकप्तान ) ,  जेमी अट्कीन्सन, क्रिस कार्टर, निजाकत खान, सहिद वासिफ, एहसान खान, एजाज खान, वकास खान, तनवीर अफजल, एहसान नवाज, तनवीर अहमद, जथावेद सुब्रमन्यन र काएल क्रिस्टी  

 नेपाल टिम 

  • पारस खड्का  ( कप्तान ) , ज्ञानेन्द्र मल्ल  ( उपकप्तान ),  नरेश बुढायर , बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सुशील कँडेल, ललित भण्डारी, सुशन भारी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]