१३० बर्ष यताकै कम स्कोरमा समेटियो इंग्ल्यान्ड, बोल्ट र साउदीको घातक बलिंग

  • विकेटनेपाल – ८ चैत्र, बिहिवार

न्युजील्याण्ड भ्रमणमा रहेको इंग्ल्याण्ड क्रिकेट टोलिले टेस्ट शृंखलामा बिर्सन लायक सुरुवात गरेको छ। टेष्ट शृंखला अन्तर्गत अकल्याण्डमा आजबाट सुरुभएको पहिलो टेस्टको इनिंगमा इंग्ल्याण्ड मात्र ५८ रनमा समेटियो।

टेस्ट क्रिकेट इतिहासमा यो इंग्ल्याण्डको छैठौ कम स्कोर समेत हो। यसअघि सन् १८८६/८७ मा सम्पन्न टेस्टमा इंग्लिस टोलि अष्ट्रेलिया बिरुद्द मात्र ४५ रनमा समेटिएको थियो, जुन इंग्ल्याण्डको सर्वाधिक कम टेस्ट स्कोर हो।

टेस्ट क्रिकेटमा इंग्ल्याण्डको सर्वाधिक कम स्कोर

अकल्याण्डमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको इंग्ल्याण्डका ५ ब्याट्सम्यानहरु खाता नखोल्दै पभेलियन फर्किएका थिए। कुनै समय २७/९ मा रहेको इंग्ल्याण्डलाई सर्वाधिक कम स्कोरमा समेटिनबाट जोगाउन क्र्याग ओभर्टनले ३३ रन जोडे। जेम्स एन्डरसनसंग १० औं विकेटको लागि भएको ३१ रनको साझेदारीले पाहुना टोलिको इज्जत केहि हदसम्म जोगाउन सफल भयो।

टोलिको खातामा मात्र ६ रन हुँदा एलेस्टर कुक आउट भएसंगै इंग्ल्याण्डको विकेट पतनको क्रम सुरु भयो। नयाँ आएका ब्याट्सम्यान जोए रुटपनि खाता नखोल्दै आउट भए। त्यसपछि १६ रन जोड्दा तेस्रो विकेट गुमाएको इंग्ल्याण्डले १८ रनमा थप तिन विकेट गुमाउन पुग्यो। टोलिको खातामा स्कोर २३ रन हुँदा इंग्ल्याण्डका थप दुई ब्याट्सम्यानहरु पभेलियन फर्किए। नवौं विकेट स्वरूप स्टुअर्ट ब्रोड इंग्ल्याण्डको स्कोर २७ रनहुँदा पभेलियन फर्किए। त्यसपछिभने क्र्याग ओभर्टनले जेम्स एन्डरसनसंग ३१ रनको साझेदारी गरे।

Trent Boult

न्यूजिल्याण्डको बलिंगमा टेस्ट करियरकै उत्कृस्ट बलिंग गर्ने क्रममा ट्रेन्ट बोल्टले ६ विकेट हात पारे। आफ्नो १०.४ ओभरको स्पेलमा बोल्टले ३ मेडन सहित ३२ रन खर्चिएर ६ विकेट चट्काए। यस्तै टिम साउदीले भने व्यक्तिगत ४ विकेट लिए। १० ओभरको स्पेलमा साउदीले २५ रन मात्र खर्चिए।

Tim Southee

टेस्ट शृंखला अन्तर्गत दुई टोलि बीच दुई टेस्ट हुनेछन्। दोस्रो टेस्ट मार्च ३० तारिखबाट सुरुहुने छ। यसअघि सम्पन्न ५ खेलको एक दिवसीय सिरिजभने इंग्ल्याण्डले ३-२ ले आफ्नो नाम गरेको थियो।

फोटोहरु : (@ICC) & Wikipedia





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]