बक्सिंग डे टेस्ट : पहिलो दिन भारतको शानदार सुरुवात

२०७७ पुष ११, शनिबार १३:२८

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत बक्सिंग डे टेस्ट शनिवार सुरु भएको छ। ४ टेस्टको सिरिज अन्तर्गत भारत पहिलो खेलमा पराजित हुँदै १-० ले पछि परेको छ।

मेलबर्न क्रिकेट ग्राउण्डमा सुरु भएको खेलमा टस जितेर ब्याटिंग गरेको अस्ट्रेलियाको पहिलो इनिंग भरतले १९५ रनमा सिमित गरेपछि शनिवारै ब्याटिंग सुरु गरेको भारतले १ विकेट गुमाएर ३६ रन बनाएको छ। पहिलो इनिंगमा भारत १५९ रनले पछि रहेको छ।

दिनको समाप्तिमा भारतले ११ ओभरमा १ विकेट गुमाएर ३६ रन बनाएको छ। चेतेश्वर पुजारा ७ तथा शुबमन गिल २८ रन बनाएर ब्याटिंग गरिरहेका छन्। भारतको इनिंगको पहिलो ओभरमा ओपनर मायाँक अग्रवाल खाता नखोली मिचेल स्टार्कबाट एलबिडब्लु आउट भएका थिए। दोश्रो विकेटको लागि डेब्यु गरिरहेका गिल र कप्तान पुजाराले ३६ रनको साझेदारी गरेका छन्।

यस अघि अस्ट्रेलियाले पहिलो इनिंगमा १९५ रनमा सबै विकेट गुमाएको थियो। बक्सिंग डे टेस्टको इतिहासमा अस्ट्रेलियाको यो सबैभन्दा कम योगफल हो।

घरेलु टोलिको लागि मार्नस लाबुसेनले सर्व्धिक ४८, ट्राभीस हेडले ३८, म्याथु वेडले ३० तथा नाथन लायनले २० रन योगदान दिए। कप्तान टिम पेनले १३ तथा क्यामरन ग्रिनले १२ रन बनाए। जोए बर्न्स र स्टिभ स्मिथले खाता खोल्न सकेनन्।

खराब सुरुवात गरेको अस्ट्रेलियाले पहिलो ३ विकेट ३८ रनको स्कोरमा गुमाएको थियो। चौथो विकेटको लागि लाबुसेन र ट्राभिस हेडले ८६ रनको साझेदारी गरेका थिए। तर हेडको विकेट पछि अस्ट्रेलियाले पुनः नियमित अन्तरलमा विकेट गुमाउन पुग्यो।

भारतको बलिंगमा जस्प्रित बुम्राहले सर्वाधिक ४ विकेट ( १६-४-५६-४ ) लिए। यस्तै रभीचन्द्रन आश्विनले ३ विकेट ( २४-७-३५-३ ) तथा डेब्यु गरिरहेका फास्ट बलर मोहम्मद सिराजले २ विकेट ( १५-४-४०-२ ) र रभीन्द्र जडेजाले १ विकेट ( ५.३-१-१५-१ ) लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy