बिपी कोइराला स्मृति कप : सेमीफाइनल पुग्ने टिम टिम निश्चित, चौंथो दिन नेपाल र भारतको टिम विजयी 

रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिता अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा नेपालको टिम नेक्सस रुपन्देही एघार र भारतको लाइफ केयर क्रिकेट क्लब विजयी भएका छन्। नेक्सस रुपन्देहीले बंगलादेशको साइक क्रिकेटर्सलाई तथा लाइफ केयरले श्रीलंकाको श्रीलंका स्टेट सर्भिसेज क्रिकेट एसोसिएसनलाई पराजित गर्यो।

आजको पहिलो खेलमा नेक्सस रुपन्देही एघारले बंगलादेशको साइक क्रिकेटर्सलाई ७ विकेटले पराजित गर्यो।

साइक क्रिकेटर्सले दिएको १२१ रनको लक्ष्य नेक्सस रुपन्देहीले १७. ३ ओभरमा ३ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा नेक्सस रुपन्देहीका ओपनर शंकर रानाले सर्वाधिक ३७ रन बनाए। यस्तै अर्का ओपनर मृनाल गरुङले २६, आकाश त्रिपाठीले अविजित १९, बिपिन बिक्रम शाहीले १६ तथा बसिर अहमदले १५ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको साइक क्रिकेटर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनायो। उसको लागि मोहम्मद उमरले सर्वाधिक ३६ तथा साद मोशरफले २९ रन योगदान दिए।

नेक्सस रुपन्देहीको बलिंगमा देब्रे हाते स्पिनर बसिर अहमदले सर्वाधिक ४ विकेट लिए। प्लेयर अफ द म्याच घोषित उनले ४ ओभरमा मात्र १० रन खर्चिए। दिपेश कंडेल र शाहब आलमले २/२ विकेट तथा कृष्ण कार्कीले १ विकेट लिए।

आजको दोश्रो खेलमा भारतको लाइफ केयर क्रिकेट क्लबले श्रीलंकाको श्रीलंका स्टेट सर्भिसेज क्रिकेट एसोसिएसनलाई ११४ रनको विशाल अन्तरले पराजित गर्दै लगातार तेश्रो जित दर्ता गर्यो।

लाइफ केयर क्रिकेट क्लबले दिएको २३७ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंकन टिमले २० ओभरमा ८ विकेट क्षेतीमा १२२ रन मात्र बनाउन सक्यो। लक्ष्य पछ्याउने क्रममा श्रीलंकन टिमको लागि बिनोदले सर्वाधिक २३, थुसारा लक्षितागले २१, राज वीरले १८ तथा नानि वासुपालिले १८ रन बनाए। भारतीय टिम लाइफ केयरको बलिंगमा क्षितिज त्रिपाठीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २१ रन खर्चिए। रोहित दांगवालले २ तथा योगेश कुमार र दिपक पुनियाले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको लाइफ केयरले २० ओभरमा ५ विकेट क्षेतीमा २३६ रन बनाएको थियो।

लाइफ केयरको लागि ओपनर दिपक पुनियाले सर्वाधिक ६६ रन बनाए जुन क्रममा प्लेयर अफ द म्याच समेत घोषित उनले ३५ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। यस्तै राजेश शर्माले मात्र २८ बलमा ६ चौका र ४ छक्का मद्दतले ६१ रन बनाए। जस्मित नैनले अविजित ३३, एकांश डोबलले २८ तथा दिपांशु फोरेले २३ रन बनाए।

श्रीलंकन टिमको बलिंगमा रवी किरण र इन्दुमल प्रसादले २/२ विकेट लिए।

प्रतियोगिताको सेमीफाइनल पुग्ने तिन वटा टिमको टुंगो पनि लागेको छ। तिन वटै जित पछि ६ अंक सहित अंकतालिकाको शिर्षमा रहेको लाइफ केयर क्रिकेट क्लब, ६ अंक सहित ४ खेलमा ३ जित र १ हार बेहोरेको नेक्सस रुपन्देही एघार तथा ३ खेलमा २ जित र १ जित बेहोर्दै ४ अंक बटुलेको साइक क्रिकेटर्सले सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। तिन वटा खेलमा जित विहिन रहेको जावेद गोहर र श्रीलंका स्टेट सर्भिसेज टिम बीच बुधबार हुने प्रतिस्पर्धामा विजयी हुने टिम सेमीफाइनल पुग्नेछ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ।

प्रतियोगिता अन्तर्गत पाँचौ दिन बुधबार पनि दुई खेल हुनेछन्। पहिलो खेल विहान ९ बजे श्रीलंका स्टेट सर्भिसेस क्रिकेट एसोसिएसन र जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमी बीच तथा दोश्रो खेल दिउँसो १ बजे लाइफ केयर क्रिकेट क्लब र साइक क्रिकेटर्स बीच हुनेछ।

नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दक्षिण एसियाली चार वटा टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पांच देशका क्लब टिमहरुको सहभगिता छ। प्रतियोगिता लिग कम नक आउट फर्म्याटमा भइरहेको छ।

स्पोर्टस टुरिजमलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको विजेता टिमले थम पुरस्कार स्वरूप ५ लाख, दोश्रोले ३ लाख, म्यान अफ द सिरिजले ३५ हजार, बेस्ट बलरले २० हजार, प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]