बिपिएलमा सन्दिपको टिमको पहिलो खेल आज, अन्तिम-११ मा पर्न टिम भित्रै सन्दिपको प्रतिस्पर्धा

Sandeep Lamichhane
  • विकेटनेपाल, पुष २२ – आइतबार 

बिग ब्यास लिग पछि बंगलादेश प्रिमियर लिग खेल्न पुगेका सन्दिप लामिछानेको टिम सिलहेट सिक्सर्सले शनिवार सुरु भएको लिगमा आज पहिलो खेल खेल्दैछ।

बंगलादेश क्रिकेट बोर्डको आयोजनामा सुरु भएको प्रतियोगितामा खुल्ना टाईटन्स, रंगपुर राईडर्स, राजशाही किंग्स, ढाका डाईनामाइट्स, सिलहेट सिक्सर्स, कोमिल्ला भिक्टोरियन्स र चिट्टागोंग भिकिङ्ग्स गरी ७ वटा टिम सहभागी छन्। लिग फेब्रुअरी ८ तारिकसम्म चल्नेछ।

सिलहेटले लिग अन्तर्गत पहिलो खेल तामिम इकबाल कप्तानीको टिम कोमिल्ला भिक्टोरिएन्ससंग खेल्दैछ। खेल ढाका स्थित शेरे बांग्ला स्टेडियममा हुँदैछ।

कति बजे , कहाँ हेर्ने ? 

प्रतियोगिताको प्रत्यक्ष प्रशारण डी स्पोर्ट्सले भारतमा तथा बंगलादेशमा गाजी टिभीले गर्नेछ युट्युबमा Rabbitholebd Sports ले यसको प्रशारण गरिरहेको छ। प्रतियोगितामा सन्दिपको टिमको पहिलो खेल जनवरी ६ तारिक नेपाली समय १२:१५ बजे दिउसो सुरु हुनेछ।

सन्दिपको डेब्यु होला ? 

बंगलादेश प्रिमियर लिगमा एउटा टिमले आफ्नो प्लेयिंग-११ मा ४ जना खेलाडी खेलाउन पाउने ब्यबस्था रहेको छ। सिलहेट सिक्सर्सले आफ्नो टिममा सन्दिप सहित ९ जना खेलाडी राखेको छ।

टिम कप्तान डेभिड वार्नर आफै बिदेशी खेलाडी छन् भने सोहेल तन्बिर, मोहम्मद इरफान, गुल्बदीन नैब, आन्द्रे फ्लेचर, निकोलस पुरन, इमरान ताहिर र मोहम्मद नवाज अन्य बिदेशी खेलाडीहरु छन्। डेभिड वार्नर कप्तान हुनाले अन्तिम ११ मा स्थानको प्रश्न छैन भने अन्य ८ खेलाडी मध्ये ३ जनाको छनौटमा सन्दिप पर्नेछन् या छैनन् यो प्रतिक्षाको बिषय बनेको छ।

दक्षिण अफ्रिकी चर्चित लेग स्पिनर इमरान ताहिर पनि टिममा हुँदा सन्दिप र ताहिर बीच १ जनाले अन्तिम ११ मा मौका पाउने सभावना पनि छ। ४० बर्षिय अनुभवी लेग स्पिनर एकतर्फ छन् भने अर्कोतर्फ आन्द्रे फ्लेचर, निकोलस पुरन, सोहेल तन्बिर, मोहम्मद इरफान जस्ता खेलाडीहरु मध्ये सिलहेटले क-कसलाई बाहिर राख्नेछ हेर्न लायक हुनेछ।

स्टार बिदेशी खेलाडीको भिडमा बिग ब्यासमा तहल्का मचाएका सन्दिप हराउने त हैनन् भने प्रश्न सन्दिप समर्थकहरुमा उठेको छ। यस अघि अफगानिस्तान प्रिमियर लिगमा पनि सन्दिप यस्तै खालको परिस्थितिमा पर्दा मात्र १ खेल मात्रै खेल्न पाएका थिए।

सिलहेट सिक्सर्स टिम – 

नासिर होसेन, सब्बिर रहमान, लिटन दास, अफिफ होसेन, तस्किन एहमद, अल अमिन होसेन, तोहिड रिदोय, नबिल समद, इबादत होसेन, आलोक कपाली, जाकिर अलि अनिक, मेहदी हसन। बिदेशी खेलाडीहरु – डेभिड वार्नर ( कप्तान ) , सन्दिप लामिछाने, सोहेल तन्बिर, मोहम्मद इरफान, गुल्बदीन नैब, आन्द्रे फ्लेचर, निकोलस पुरन, इमरान ताहिर र मोहम्मद नवाज

कोमिल्ला भिक्टोरियन्स

तमिम इकबाल कप्तानीको टिममा स्टिभ स्मिथ, शोयब मल्लिक, शाहिद अफ्रिदी, थिसारा परेरा, इभिन लुईस आमिर यामिन, इमरुल कायस, लियम डसन, अनमुल हक जस्ता खेलाडीहरु रहेका छन्। कोमिल्ला सन् २०१५/१६ को विजेता टिम हो।

सिलहेट सिक्सर्सको खेल तालिका : जनवरी ६ – कोमिल्ला भिक्टोरिएन्स ,जनवरी ९ – चिट्टागोंग भिकिङ्गस , जनवरी १२ – ढाका डाइनामाइट्स , जनवरी १५ – कोमिल्ला भिक्टोरिएन्स , जनवरी १६ – रंगपुर राइडर्स, जनवरी १८ – ढाका डाइनामाइट्स , जनवरी १९ – रंगपुर राइडर्स , जनवरी २३ – खुल्ना टाईटन्स, जनवरी २५ – राजशाही किंग्स , जनवरी २६ – खुल्ना टाईटन्स , जनवरी ३० – राजशाही किंग्स , फेव्रुअरि १ – चिट्टागोंग भिकिङ्गस

बंगलादेश प्रिमियर लिगमा अन्य कुन-कुन टोलि र खेलाडीहरु छन् ?      

चिट्टागोंग भिकिङ्ग्स – मुस्फिकुर रहिमले कप्तानी गरेको टिममा लुक रोंकी, सिकंदार राजा, क्यामरन डेल्पोर्ट, मोहम्मद अश्रफुल, डासुन सनाका, नाजिबुल्लाह जद्रान जस्ता खेलाडीहरु रहेका छन्। चिट्टागोंग भिकिङ्ग्सले हालसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन।

खुल्ना टाईटन्स – महमुदुल्लाहको कप्तानी रहने टिममा कार्लोस ब्राथवेट, लासिथ मालिंगा, ब्रेण्डन टेलर, आसिर शाह, डेभिड वेस, पल स्टरलिङ्ग, अल अमिन, दविड मलान जस्ता खेलाडीहरु रहेका छन्। खुल्नाले हालसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन

रंगपुर राईडर्स – मश्रफे मोर्ताजाको कप्तानी रहने टिममा क्रिस गेल, एबि डी भिल्लर्स , एलेक्स हेल्स, रभी बोपारा, नज्मुल इस्लाम, सोहाग गाजी जस्ता खेलाडीहरु रहेका छन्।  रंगपुर प्रतियोगिताको पछिल्लो संस्करणको विजेता हो।

राजशाही किंग्स – टिमले हालसम्म कप्तानको घोषणा गरेको छैन। मोमिनुल हक, मेहदी हसन, मुस्तफ़िजुर रहमान, सौम्य सरकार जस्ता बंगालदेश राष्ट्रिय खेलाडीहरु रहेको टिममा मोहम्मद हफिज, मोहम्मद समी, राय टेन डेस्काटे जस्ता बिदेशी खेलाडीहरु रहेका छन्।

ढाका डाईनामाइट्स – शकिब अल हसन कप्तान रहेको टिममा काइरन पोलार्ड, सुनिल नारायन, इयान बेल, आन्द्रे रसेल, रोभम्यान पावेल जस्ता विदेशी खेलाडीहरु रहेका छन्। बीपीएल इतिहासको सबैभन्दा सफल टिम ढाकाले सर्वाधिक ३ पटक उपाधि जितिकसकेको छ। सन् २०१२ र २०१३ मा एको सुरुको दुई संस्करण ढाका ग्लाडिएटर्सको नामबाट उपाधि जितेको यस टिमले २०१६-१७ को सिजन ढाका डाइनामाइट्सको नामबाट उपाधि जितेको थियो।





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]