‘सर’ डन ब्राडम्यानले बनाएका ११ रेकर्ड जुन अझै टुट्न मुस्किल छ

‘सर’ डन ब्राडम्यानले अन्तिमपटक टेस्ट क्रिकेट खेलेको ७२ बर्ष भैसकेको छ भने निधन भएको पनि भएको पनि २० बर्ष भैसकेको छ। तर पनि उनको चमत्कारिक प्रदर्शनका कारण अझसम्म पनि क्रिकेट प्रेमीहरुले उनलाई क्रिकेटको सबैभन्दा महान खेलाडीको मानिने गरिन्छ। सन् १९०८ अगस्ट २७ मा अष्ट्रेलियामा जन्मिएका ब्राडम्यानले २० बर्षको उमेरमा सन् १९२८ मा इंग्ल्याण्डसँग ब्रिसबेन टेस्टमा डेब्यु गरेका थिए। उक्त टेस्टको पहिलो इनिंगमा टिम १२२ रनमा समेटिदा मात्र १८ रन बनाएका उनले दोश्रो पारीमा मात्र १ रन बनाएपछि घरेलु टिम ६६ रनमा समेटिन पुगेको थियो। पाहुना टिम इंग्ल्याण्डले ६७५ रनको फराकिलो जित निकालेको थियो।

घरेलु क्रिकेटमा न्यु साउथ वेल्सको लागि राम्रो प्रदर्शन गर्दै टेस्ट टिममा स्थान बनाएका ब्राडम्यानले पहिलो टेस्टमा खराब प्रदर्शन पछि दोश्रो टेस्टमा बेन्चमा बस्नु पर्यो। तर साथी खेलाडी घाइते भएपछी मेलबर्नमा भएको तेस्रो टेस्टमा पुनः मौका पाए। विश्वले पहिलोपल्ट ब्राडम्यानलेको कौशल देख्यो। उनले पहिलो इनिंगमा ७९ रन बनाए भने दोश्रो इनिंगमा करियरको पहिलो शतक बनाए। २० बर्षको उमेरमा नै ११२ रनको पारि खेलेका उनले सबैभन्दा कम उमेरमा शतक बनाउने तत्कालिन रेकर्ड बनाएका थिए। त्यसपछि उनले थप ५१ टेस्ट खेल्दै त्यो ११२ रनको पारि मात्र युगको सुरुवात भएको देखाए।

डेब्युमा फ्लप भएपछि ब्राडम्यानलाई दोश्रो टेस्टमा बेन्चमा बस्नुपर्यो

उनको टेस्ट क्रिकेटमा आफ्नो अन्तिम खेल खेल्नु अघि औशत १०० भन्दा माथि रहेको थियो तर तेस्रो स्थानमा ब्याटिंग गर्ने उनि सन् १९४८ अगस्ट १४ मा इंग्ल्याण्ड बिरुद्द दोश्रो बलमा खाता नखोली आउट भएपछी औशत १०० भन्दा कम हुन पुग्यो। करियरमा कुल ५२ टेस्टको ८० इनिंगमा ब्याटिंग गरेका ब्राडम्यानले ६ हजार ९ सय ९६ रन प्रहार गरे जुन क्रममा २९ शतक र १३ अर्धशतक बनाए।

सन् १९४८ मा अर्थात् ७२ वर्ष अघि टेस्ट क्रिकेटबाट सन्यास लिएका ब्राडम्यानको कैयौं रेकर्डहरु अझै पनि तोड्न मुस्किल देखिन्छ। तिनै रेकर्डहरु मध्ये ११ वटा रेकर्डहरु प्रस्तुत गरेका छौँ – 

१. अपत्यारिलो औशत 

उनको नाममा रहेको ९९.९४ को टेस्ट औशत सायदै तोडिएला। मात्र ५२ टेस्टमा दायाँ हाते ब्याट्सम्यानले २९ शतक र १३ अर्धशतक मद्दतले रन बनाएका थिए। उनि पछि दोश्रो सर्वाधिक औशत अष्ट्रेलियाकै वर्तमान क्रिकेटर स्टिभ स्मिथको रहेको छ। स्मिथलाई ब्राडम्यान पछिको उत्कृस्ट ब्याट्सम्यान पनि भन्न थालिएको छ। स्मिथको ७३ टेस्ट पछी ६२.८४ को औशत रहेको छ।

करियरको अन्तिम टेस्टमा ब्राडम्यानले इंग्ल्यान्ड बिरुद्ध खाता नखोली २ बलमा आउट भएका थिए। यो मानिन्छ अन्तिम पारीमा ब्याटिंग गर्न जाने क्रममा समर्थकको मायाले भावविभोर हुँदा उनले राम्रो ब्याटिंग गर्न सकेका थिएनन्।

२. सर्वाधिक रेटिंग अङ्क

टेस्ट क्रिकेटको ब्याटिंग रेटिंगमा हालसम्मकै सर्वाधिक ९६१ अङ्क ब्राडम्यानकै नाममा रहेको छ जुन तोड्न असम्भव जस्तो छ। दोश्रो धेरै रेटिंग अंक अस्ट्रेलियाकै स्टिभ स्मिथको रहेको छ जसले ९४७ अंक प्राप्त गरेका थिए।

३. एकै सेसनमा बनाएका थिए ६ वटा शतक 

उनको नाममा रहेको अर्को अचम्मको रेकर्ड हो एकै सेसनमा सबैभन्दा धेरै शतक। उनले ६ वटा शतक टेस्ट म्याचको एकै सेसनमा बाएका थिए। त्यसमध्ये उनले एक शतक टेस्टको पहिलो सेसनमै प्रहार गरेका थिए भने दुईवटा शतक दोश्रो सेसन र तिनवटा शतक तेश्रो सेसनमा प्रहार गरेका थिए।

४. सबैभन्दा धेरै दोहोरो शतक 

ब्राडम्यानले करियरमा २९ शतक बनाउनुका साथै १२ दोहोरो शतक पनि बनाएका थिए। १२ दोहोरो शतकको रेकर्ड हालसम्म टेस्ट क्रिकेटमा कसैले तोड्न सकेका छैनन्। दोश्रो स्थानमा श्रीलंकाका कुमार सांगाकारा रहेका छन् जसले ११ दोहोरो शतक बनाएका थिए। ब्रायन लाराले ९ वटा दोहोरो शतक बनाएका थिए भने बिराट कोहली, महेला जयवर्द्धने र वली ह्यामन्डले समान ७ दोहोरो शतक बनाएका छन्।

५. सबैभन्दा छिटो १ देखि ६ हजार रन 

५२ खेलको छोटो करियरमा हरेक १००० रन सबैभन्दा छिटो बनाउने ब्राडम्याननै थिए। उनको यो रेकर्ड हालसम्म पनि कसैले तोड्न सकेका छैनन्। उनले १००० रन ७ टेस्ट, २००० रन मात्र १५ टेस्ट, ३००० रन २३ टेस्ट, ४००० ३१ टेस्ट, ५००० रन ३६ टेस्ट र ६००० रन ४५ टेस्टमा पुरा गरेका थिए। उनि पछि सबैभन्दा छिटो ६ हजार रन अस्ट्रेलियाका स्टिभ स्मिथ र वेस्टइन्डिजका ग्यारी सोबर्सले बनाएका थिए जसले १११ टेस्ट लगाएका थिए। कुमार संगाकाराले ११६, बिराट कोहलीले ११९ तथा सचिन तेन्दुलकरले १२० टेस्टमा ६ हजार रन पुरा गरेका थिए।

६. एकै देश बिरुद्ध सबैभन्दा धेरै रन 

टेस्टमा एकै देश बिरुद्ध सबैभन्दा बढी रन बनाउने रेकर्ड ब्राडम्यानको नाममा रहेको छ। उनले टेस्टमा बनाएको ६ हजार ९ सय ९६ रन मध्ये ५ हजार २८ रन इंग्ल्यान्ड बिरुद्ध मात्र बनाएका थिए। उनले खेलेको कुल ५२ टेस्ट मध्ये इंग्ल्यान्ड बिरुद्ध मात्रै ३७ टेस्ट खेलेका थिए। ब्राडम्यान पछि एकै देश बिरुद्ध सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान सचिन तेन्दुलकर हुन् जसले अस्ट्रेलिया बिरुद्ध ३ हजार ६ सय ३० रन बनाएका थिए।

७. एकै सिरिजमा सबैभन्दा धेरै रन 

सन् १९३० मा इंग्ल्यान्ड टुर गर्दा ब्राडम्यानले ५ टेस्टको सिरिजमा ७ इनिंग ब्याटिंग गर्दै ९७४ रन बनाएका थिए। उक्त सिरिजमा १३९.१४ को औशतले उनले ४ शतक बनाएका थिए। त्यसक्रममा उनले सिरिजमा व्यक्तिगत सर्वाधिक ३३४ रन मात्र बनाएका थिए। ब्राडम्यान पछि दोश्रो धेरै इंग्ल्यान्डका वाली ह्यामन्डले इंग्ल्यान्ड बिरुद्ध १९२८/२९ को ५ टेस्टको सिरिजमा ९०५ रन बनाएका थिए।

८. लगातार ६ वटा शतक 

ब्राडम्यानले लगातार ६ वटा टेस्टमा शतक बनाएका थिए जुन रेकर्ड कसैले तोड्न सकेका छैनन्। उनि पछि ३ जना ब्याट्सम्यान ज्याक कालिस, मोहम्मद युसुफ र गौतम गम्भीरले लागत ५ टेस्टमा शतक बनाएका छन्।

९ सातौँ नम्बरमा ब्याटिंग गर्दै सर्वाधिक रन 

टेस्ट क्रिकेटमा सातौँ नम्बरमा ब्याटिंग गर्दै ब्राडम्यानले इंग्ल्यान्ड बिरुद्ध १९३७ मा २७० रनको इनिंग खेलेका थिए। उनि पछि सातौँ नम्बरमा धेर रन वेस्टइन्डिजका डेनिस एटकिन्सनले १९५५ मा अस्ट्रेलिया बिरुद्ध २१९ रन बनाएका थिए।

६ नम्बर भन्दा मुनि ब्याटिंग गर्दै कुनै पनि ब्याट्सम्यानले एकै इनिंगमा बनाएको त्योनै सर्वाधिक रन हो। ब्राडम्यान पछि छैठौं नम्बरमा वर्तमान इंग्ल्यान्ड ब्याट्सम्यान बेन स्टोक्सले २०१६ मा दक्षिण अफ्रीका बिरुद्ध २५८ रन बनाएका थिए।

१०. टेस्टको एकै दिन सबैभन्दा धेरै रन 

टेस्ट म्याचको एकै दिन ३०९ रन बनाउने ब्राडम्यानको रेकर्ड कसैले तोड्न सकेका छैनन्। उनि पछि दोश्रो धेरै वाली ह्यामन्डले एकै दिन २९५ रन बनाएका थिए। आधुनिक क्रिकेटमा डेभिड वार्नरले एकै दिन २४४ रन बनाएका थिए।

११. एकै देश बिरुद्ध सर्वाधिक शतक 

ब्राडम्यानले करियरमा बनाएको २९ टेस्ट शतक मध्ये १९ वटा शतक इंग्ल्यान्ड बिरुद्ध बनाएका थिए। एकै देश बिरुद्ध ब्राडम्यान पछि धेरै शतक बनाउने ब्याट्सम्यान भारतका सुनिल गावस्कर हुन् जसले वेस्टइन्डिज बिरुद्ध १३ शतक बनाएका थिए। इंग्ल्यान्डका ज्याक हब्सले अस्ट्रेलिया बिरुद्ध दोश्रो धेरै ११ शतक बनाएका थिए। वर्तमान क्रिकेटरको कुरा गर्दा स्टिभ स्मिथले इंग्ल्यान्ड बिरुद्ध ११ शतक बनाएका छन्। सचिन तेन्दुलकरले पनि अस्ट्रेलिया बिरुद्ध ११ शतक बनाएका थिए।

सम्बन्धित 

१४ वर्ष अघि : नेपालले २ बलमै खेल जित्दै चकित बनाएको थियो

आरिफ शेखको ६ उत्कृस्ट ब्याटिंग प्रदर्शन

विदेशी लिगमा सन्दिपको ९ उत्कृस्ट बलिङ्ग स्पेल





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]