टि-२० मा ५ सय विकेट लिने ब्राभो विश्वकै पहिलो बलर

वेस्टइन्डिज क्रिकेटर ड्वेन ब्राभो टि-२० क्रिकेटमा ५ सय विकेट पुरा गर्ने विश्वकै पहिलो बलर बनेका छन्। करेबियन प्रिमियर लिग अन्तर्गत ट्रिनबागो नाइट राइडर्सको प्रतिनिधित्व गर्ने क्रममा बुधबार राति सम्पन्न खेलमा ब्राभोले सेन्ट लुसिया बिरुद्ध २ विकेट लिंदै टि-२० विकेट संख्या ५ सय १ पुर्याएका छन्। त्यस क्रममा ३६ वर्षीय दायाँ हाते फास्ट बलरले रखिम कर्नवाललाई कोलिन मुनरोबाट क्याच आउट गराउदै कोसेढुङ्गा पार गरेका थिए।

सन् २००६ मा न्युजिल्यान्ड बिरुद्ध डेब्यु गरेका ब्राभोले १४ वर्षमा ४५९ खेलको ४४० इनिंगमा बलिंग गदै उनले कीर्तिमान बनाएका हुन्। ब्राभोले ८ हजार ९ सय ५९ बल फाल्दै १२ हजार ३ सय १६ रन खर्चेर उक्त विकेट लिएका हुन्। यस क्रममा उनले २४.५८ को औशत, १७.८ को स्ट्राइक रेट र ८.२४ को इकोनोमिले बलिंग गरेका छन्।

वेस्टइन्डिजको लागि ७१ टि-२० खेलेका ब्राभोले ५९ विकेट लिएका थिए। त्यस बाहेक उनले आईपीएलमा चेन्नाई सुपर किंग्स, मुम्बई इन्डीएन्स, गुजरात लायन्सको लागि खेल्दै १४७ विकेट लिएका छन्। त्यो बाहेक उनले  बिग व्यसमा सिड्नी सिक्सर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, सिपिएल टि-२० मा ट्रिनबागो नाइट राइडर्स, ट्रिनिडाड एन्ड टोबागो स्टिल्स जस्ता टिममको प्रतिनिधित्व गरेका छन्।

ब्राभोले २००६ मा वेस्टइन्डिजको लागि टि-२० डेब्यु गरेका थिए  

टि-२० मा धेरै विकेट लिने बलरहरु 

ब्राभो पछि श्रीलंकन बलर लासिथ मलिंगाले टि-२० क्रिकेटमा दोश्रो धेरै ३९० विकेट लिएका छन्। तेश्रो धेरै वेस्टइन्डिजकै सुनिल नारायणले ३८३ विकेट, चौथो दक्षिण अफ्रीकाका इमरान ताहिरले ३७४ विकेट, पाँचौ सोहेल तन्भिरले ३५६ विकेट लिएका छन्।

नेपाली स्पिनर सन्दिप लामिछानेले टि-२० क्रिकेटमा ११२ विकेट लिएका छन्। २ वर्षमा यति धेरै विकेट लिएका सन्दिपले यसरीनै विश्वभर टि-२० लिग खेल्ने हो भने सन्दिप पनि टि-२० मा धेरै विकेट लिने बलरको सुचीमा चाडै माथि उक्लने सम्भावना रहन्छ।

टि-२० मा २ सय ५० भन्दा धेरै विकेट लिने बलर २१ जना मात्र रहेका छन् भने ३ सय भन्दा माथि विकेट लिने बलर मात्र ८ जना रहेका छन्।

टि-२० क्रिकेटमा धेरै विकेट लिने १० बलर 

१. ड्वेन ब्राभो : ५०१ विकेट ( ४५९ खेलको ४४० इनिंग )

२. लासिथ मलिंगा : ३९० विकेट ( २९५ खेलको २८९ इनिंग )

३. सुनिल नारायण : ३८३ विकेट ( ३३९ खेलको ३३४ इनिंग )

४. इमरान ताहिर : ३७४ विकेट ( २९५ खेलको २८१ इनिंग )

५. सोहेल तन्भिर : ३५६ विकेट ( ३३९ खेलको ३३२ इनिंग )

६. शकिब अल हसन : ३५४ विकेट ( ३०८ खेलको ३०२ इनिंग )

७. राशिद खान : ३०३ विकेट ( २१६ खेलको २१४ इनिंग )

८. वहाव रियाज : २९६ विकेट ( २५२ खेलको २४८ इनिंग )

९. आन्द्रे रसेल : २९४ विकेट ( ३२५ खेलको ३०१ इनिंग )

१०. यासिर अराफात : २८१ विकेट (  २२६ खेलको २२४ इनिंग )

सबैभन्दा बढी टि-२० खेल्ने खेलाडीमा पनि ब्राभो दोश्रो स्थानमा 

४५९ खेल खेलेका ब्राभो सबैभन्दा धेरै टि-२० खेल्ने खेलाडीको सुचीमा पनि दोश्रो स्थानमा छन्। उनि भन्दा अघि ५०५ खेल खेलेका पोलार्ड पहिलो स्थानमा छन्। ५ सय टि२० खेल्ने पोलार्ड विश्वकै एक मात्र खेलाडी हुन्। क्रिस गेलले ४०४, शोयब मलिकले ३८६ तथा ब्रेन्ड म्याकलमले ३७० खेल खेलेका छन्। नेपाली स्पिनर सन्दिप लामिछानेले ८२ वटा टि-२० खेलेका छन्।

क्रिस गेल टि-२० मा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान हुन्

सबैभन्दा धेरै रन क्रिस गेलको नाम 

टि-२० मा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान वेस्टइन्डिजकै क्रिस गेल हुन्। गेलले २००५ देखि १५ वर्ष टि-२० खेल्ने क्रममा १३ हजार २ सय ९६ रन बनाएका छन्। यस क्रममा उनले ३८.२० को औशत र १४६.९४ को स्ट्राइक रेटमा रन बनाउदै २२ शतक र ८२ अर्धशतक बनाएका छन्। उनले १०२६ चौका र ९७८ छक्का हिर्काएका छन्।

१. क्रिस गेल : १३,२९६ रन ( २२ शतक ८२ अर्धशतक )

२. काइरन पोलार्ड : १०,०६० रन ( १ शतक ४९ अर्धशतक )

३. ब्रेन्डन म्याकलम : ९,९२२ रन ( ७ शतक ५५ अर्धशतक )

४. शोयब मलिक : ९८९२ रन ( ० शतक ६१ अर्धशतक )

५. डेभिड वार्नर : ९,२१८ रन ( ८ शतक, ७५ अर्धशतक )

६. आरोन फिन्च : ८९१४ रन ( ८ शतक ६० अर्धशतक )

७. बिराट कोहली : ८९०० रन ( ५ शतक ६४ अर्धशतक )

८. एबि डी भिल्लीयर्स : ८६५७ रन ( ४ शतक ६२ अर्धशतक )

९. रोहित शर्मा : ८६४२ रन ( ६ शतक ६० अर्धशतक )

१०. शेन वाटसन : ८५२२ रन ( ६ शतक ५१ अर्धशतक )

यो पनि पढ्नुस :-

https://wicketnepal.com/barbados-beat-jamaica-wn20/

https://wicketnepal.com/sandeep-5th-match-bowling-75-ball-wn20/

https://wicketnepal.com/anderson-600th-wicket-wn20/

https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/

https://wicketnepal.com/ipl-best-bowling-3-teams-wn20/





थप समाचार

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

काठमाडौँ । यू–१९ महिला विश्‍वकपको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा बुधबार भएको […]

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]