ब्राभो र रायडु खेल्न फिट छन् ? चेन्नाईका सीईओले दिए अपडेट

अम्बाती रायडुले चेन्नाई सुपर किंग्सको मुम्बई बिरुद्धको पहिलो खेलमा उत्कृस्ट प्रदर्शन गरेका थिए। दायाँ हाते ब्याट्सम्यानले ४८ बलमा ७१ रन बनाउदा चेन्नाईले १६३ रनको लक्ष्य पछ्याएको थियो जुन प्रदर्शनको मद्दतले उनि प्लेयर अफ द म्याच घोषित भएका थिए।

त्यसपछिको दुई वटा खेलमा घाइते भएका कारण रायडु मैदान बाहिर बस्नुपर्यो। चेन्नाई रायडु बिना राजस्थान र दिल्लीसंग दुवै खेलमा पराजित भयो। रायडुको अनुपस्थितिले चेन्नाईको ब्याटिंग लाइन अपलाई ठूलो असर गर्यो। कप्तान धोनी पनि उत्कृस्ट लयमा नहुँदा धेरैले रायडु कहिले फिर्ता हुनेछन् भन्ने जिज्ञासा राखीरहेका छन्।

“रायडु मांसपेशीको तनावबाट मुक्त भैसकेका छन् र उनि अर्को खेल खेल्नेछन्। उनले अभ्यासको दौरान असहजता बिना नेटमा ब्याटिंग गरे भने राम्रोसंग दौडिए पनि।” चेन्नाईका सीईओ केएस विश्वनाथनले जानकारी गराए। रायडुले लिगमा कुल १४८ खेल खेलेका छन् जसमा ३,३७१ रन बनाएका छन्।

रायडु मुम्बई बिरुद्ध पहिलो खेलमा प्लेयर अफ द म्याच चुनिएका थिए

चेन्नाईका अर्का स्टार खेलाडी अलराउण्डर ड्वेन ब्राभो जसले सबै तिन खेल गुमाएका छन्। स्याम करनले ब्राभोको परिपूर्ति सफलतापूर्वक गरिरहेका छन्। तर फ्यानहरु अझै ब्राभोलाई मैदानमा देख्न उत्साहित छन्।

“ब्राभोले नेटमा राम्रो बलिंग गरे।” विश्वनाथनले ब्राभो फिट रहेको संकेत दिए। तर करनले राम्रो खेलीरहंदा ब्राभोको खेल्ने सम्भावना कम रहेको छ। टिममा विदेशी खेलाडीको रुपमा शेन वाटसन र फाफ डु प्लेसी तथा जोश हेजलउड र करनले अन्तिम खेल खेलेका थिए।

उनले टिमले लगातार २ हार पछि जितका साथ कम्ब्याक गर्ने विश्वास व्यक्त गरे – “हामीले पहिले पनि यस्तो अवस्थाबाट पुनरागमन गरका छौँ र पुनः गर्नेछौँ।”

चेन्नाईले आगामी खेल सनराइजर्स हैदरावाद बिरुद्ध शुक्रबार दुबई  क्रिकेट स्टेडियममा खेल्नेछ।

IPL Match 12 : कोलकाताले रोक्ला राजस्थानको अपराजित यात्रा ?

दिल्ली कप्तान ऐयरलाई १९ लाख जरिवाना

प्रशिक्षक पोन्टिङले बताए दिल्लीको पहिलो हारको कारण

“जब म्यान अफ द म्याच हुन्थे वहाँ सधै मसंग राति कुरा गर्नुहुन्थ्यो”

दिल्लीले सन्दिपलाई मौका नदिदा नेपाली फ्यानहरुले बनाए यस्ता ट्रोल





थप समाचार

स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टाेलीमा अनुबन्ध गरेकाे छ । […]

काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सुरु

मंगलबार बालुवाटारस्थित क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) मा सम्पन्न पहिलो दिनको छनोटमा उल्लेखनिय खेलाडीको सहभागिता थियो । काठमान्डौंका प्रमुख कार्यकारी अधिकृत […]

सुदूरपश्चिम रोयल्सको एन्थम र जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मंगलवार जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ । टोलीका‌ मालिक स्वतन्त्र […]

विराटनगर किंग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम मंगलबार झापामा सम्पन्न भएको छ । टिमले कोशी प्रदेशका […]

पुजाको अलराउण्ड प्रदर्शनमा नेपालको जित

काठमाडौं । युएईमा जारी महिला यु १९ टि २० विश्वकप एसिया छनोटमा कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले कुवेतलाई पराजित […]

यु-१९ विश्वकप छनोटको पाँचौ खेलमा नेपाल कुवेतसँग खेल्दै

काठमाडौं । युएईमा जारी महिला यु-१९ टि-२० विश्वकपको एसिया छनोटमा नेपालले पाँचौं खेलमा कुवेतको सामना गर्दैछ । खेल युएईको अजमानमा […]