ब्रेण्डन म्याकलमले लिए क्रिकेटबाट सन्यास

न्युजिल्याण्ड पुर्व राष्ट्रिय क्रिकेटर ब्रेण्डन म्याकलमले सबै प्रकारको क्रिकेटबाट सोमबार सन्यास घोषणा गरेका छन्। आजै डेल स्टेनले पनि टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका थिए।

क्यानडामा जारि ग्लोबल टि-२० लिगमा सदिपको टिम टोरोन्टो नेसनल्सबाट खेलीरहेका म्याकलमले यो प्रतियोगितालाई अन्तिम बनाउने भएका छन्।

“म गर्व र सन्तुस्टिका साथ सबै खालको क्रिकेटबाट ग्लोबल टि-२० क्यानडा पछि सन्यास घोषणा गर्दैछु”

“म मेरो २० वर्षे व्यवसायिक क्रिकेट करियरमा प्राप्त सफलतामा गर्व गर्छु जुन मैले क्रिकेट सुरुवात गर्दा सपना देखेको थिए। म अझै निरन्तरता दिन चाहन्थे तर पछिल्लो केहि महिना सन्तुलन गर्न गाह्रो हुँदै गएको थियो”

“मैले क्रिकेट खेल्दा कुलिंग पार्क देखि लर्ड्ससम्म बिभिन्न सुन्दर यादहरु जोडिएका छन्। दुर्भाग्यवस जुन ट्याग र लगावले क्रिकेट खेल्नु पर्छ त्यो मेरो लागि गाह्रो भएको छ”

“मैले पछि फर्केर हेर्दा मेरो खेल र प्राप्तिबाट गर्व गर्छु। न्युजिल्याण्ड क्रिकेटलाई नयाँ शैलीको क्रिकेट खेल्ने बनाउदै विश्व क्रिकेटमा इज्जत दिलाउन सके। मैले धेरै चुनौतीहरुमा रमाउदै सामना गरेको छु र विदा लिंदा कुनै पनि कसर बाँकी राखेको छैन।”

“मेरो आगामी यात्रा मिडिया र प्रशिक्षणमा हुनेछ जुन चुनौतीपूर्ण रहेको छ। म निराश छु मैले माया गरेको क्रिकेट छोड्नु पर्दा र म भविष्यको लागि पनि उत्साहित छु।”

“म मेरो परिवार, साथि, टिममेट, प्रशिक्षक, व्यवस्थापक, मिडिया, समर्थक र सबै समर्थकहरुलाई हृदय देखि धन्यवाद दिन चाहन्छु।”

“यो निकै चुनौतीपूर्ण यात्रा थियो जुन मैले सम्हाले। हरेक राम्रो कुराको अन्त्य हुन्छ”

३७ वर्षीय विकेटकिपर ब्याट्सम्यान म्याकलमले ट्वीट मार्फत पोस्ट गर्दै सन्यास घोषणा गरेका हुन्।

म्याकलमले न्युजिल्याण्डको लागि सन् २००४ मा दक्षिण अफ्रीकाको लागि टेस्टमा तथा २००२ मा अस्ट्रेलिया बिरुद्ध एकदिवसीयमा डेब्यु गरेका थिए। टि-२० मा उनले २००५ मा डेब्यु गरेका थिए। यस क्रममा उनले १०१ टेस्टमा ६,४५३ रन, एकदिवसीयमा २६० खेलमा ६,०८३ रन तथा टि-२० मा ७१ खेलमा २,१४० रन प्रहार गरे। टेस्टमा १२ , एकदिवसीयमा ५ र टि-२० मा उनले २ वटा शतक प्रहार गरे।

न्युजिल्याण्ड राष्ट्रिय टिमको लागि उनले अन्तिम टेस्ट र एकदिवसीय २०१६ मा खेलेका थिए भने २०१५ मा अन्तिम टि-२० खेलेका थिए। राष्ट्रिय टिमबाट सन्यास पछि उनि टि-२० लिगहरुमा व्यस्त रहेका थिए।

क्रिस गेल पछि उनि टि-२० अन्तर्राष्ट्रियमा शतक बनाउने दोश्रो ब्याट्सम्यान रहेका थिए। यस्तै टि-२० मा २ वटा शतक बनाउने पन उनि पहिलो ब्याट्सम्यान थिए। उनको कप्तानीमा न्युजिल्याण्ड टिम २०१५ एकदिवसीय विश्वकपमा पहिलो पटक फाइनल पुगेको थिए। २०१५ मा न्युजिल्याण्ड घरमा खेलीएको लगातार १३ वटा टेस्टमा अपराजित रहेको थियो।

म्याकलम पहिलो क्रिकेटर हुन् जसले डेब्यु पछि लगातार १०० वटा टेस्टमा लगातार खेलेका थिए। उनि न्युजिल्याण्डको लागि तेहेरो शतक प्रहार गर्ने पहिलो न्युजिल्याण्ड ब्याट्सम्यान् पनि हुन्। उनले २०१४ मा भारत बिरुद्ध ३०२ रन प्रहार गरेका थिए।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]