ऐतिहासिक किर्तिमानबाट ब्रड मात्र १ विकेट टाढा

वेस्टइन्डिज बिरुद्ध जारि टेस्ट सिरिज अन्तर्गत पहिलो टेस्टमा अन्तिम-११ मा स्थान नदिईएका स्टुवार्ट ब्रडले दोश्रो र तेश्रो टेस्टमा आफ्नो प्रदर्शनले सबैलाई चुप बनाएका छन्। ३४ वर्षीय बलरले जारि तेश्रो टेस्टमा पहिलो इनिंगमा ६ विकेट तथा दोश्रो इनिंगमा २ विकेट गरि ८ विकेट आफ्नो नाम गरिसकेका छन्। आफ्नो उत्कृस्ट लयमा रहेका ब्रडको प्रदर्शनले इंग्ल्यान्ड सिरिज जिततर्फ अघि बढीरहेको छ।

इंग्ल्यान्डले दिएको ३९९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले १० रनमा २ विकेट गुमाईसकेको छ। दुवै विकेट ब्रडले लिंदै गर्दा दायाँ हाते तिब्र गति बलर ऐतिहासिक उपलब्धि नजिक पुगेका छन्।

५ सय विकेट बाट १ विकेट मात्र टाढा 

१४० औं टेस्ट खेलीरहेका ब्रडले ४९९ टेस्ट विकेट आफ्नो नाम गरिसकेका छन्। मात्र १ विकेट लिए उनि एण्डरसन पछि ५ सय टेस्ट विकेट पुरा गर्ने दोश्रो इंग्ल्यान्ड बलर बन्नेछन्। एण्डरसन इंग्ल्यान्डको लागि टेस्ट क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने बलर हुन् जसले ५८९ विकेट लिएका छन्।

सबैभन्दा सुस्त ५ सय विकेट 

५ सयौं विकेट लिंदै गर्दा ब्रडले इतिहास रच्नेछन् भने त्यो उपलब्धिमा नकरात्मक किर्तिमान समेत उनिसंग जोडिनेछ। ब्रडले ५ सय विकेट पुरा गरे उनि विश्वकै सुस्त ५ सय विकेट पुरा गर्ने खेलाडी बन्नेछन्।

सबैभन्दा छिटो ५ सय टेस्ट विकेट लिने बलर श्रीलंकाका मुथैया मुरलीधरन हुन् जसले मात्र ८७ टेस्टमा उक्त उपलब्धि हाँसिल गरेका थिए। दोश्रो छिटो भारतका अनिल कुम्बलेले १०५ टेस्टमा, तेश्रो छिटो अस्ट्रेलियाका शेन वार्नले १०८ टेस्टमा उक्त कोसेढुङ्गा पार गरेका थिए। अस्ट्रेलियाकै ग्लेन म्याक्ग्राथले ११० टेस्टमा तथा वेस्टइन्डिजका कर्टनि वाल्स र जेम्स एण्डरसनले समान १२९ टेस्टमा ५ सयौं विकेट लिएका थिए।

छिटो ५ सय विकेट पुरा गर्ने बलरहरु 

१.मुथैया मुरलीधरन ( श्रीलंका ) : ८७ खेल

२.अनिल कुम्बले ( भारत ) : १०५ खेल

३.शेन वार्न ( अस्ट्रेलिया ) : १०८ खेल

४.ग्लेन म्याकग्राथ ( अस्ट्रेलिया ) : ११० खेल

५.कर्टनि वाल्स ( वेस्टइन्डिज ) : १२९ खेल

६. जेम्स एण्डरसन ( इंग्ल्यान्ड ) : १२९ खेल

सन् २००७ डिसेम्बरमा मा श्रीलंका बिरुद्ध सिन्हालिज स्पोर्ट्स क्लबमा टेस्ट डेब्यु गरेका ब्रडले १ वर्ष अघि एकदिवसीय र टि-२० डेब्यु गरेका थिए।

ब्रडले एकदिवसीय अन्तर्राष्ट्रियमा १२१ खेलमा १७८ विकेट तथा ५६ टि-२० अन्तर्राष्ट्रियमा ६५ विकेट आफ्नो नाम गरेका छन्। आफ्नो ब्याटिंग मार्फत पनि आफुलाई प्रमाणित गर्न नचुकेका ब्रडले १४० टेस्टको २०५ इनिंगमा ब्याटिंग गर्ने क्रममा १ शतक र १३ अर्धशतक प्रहार गर्दै १८.८७ को औशतले ३ हजार २ सय ८४ रन पनि बनाएका छन्।

सबैभन्दा धेरै टेस्ट विकेट लिने बलरहरु 

 १. मुथैया मुरलीधरन ( श्रीलंका ) : ८०० विकेट ( १३३ खेल , २३० इनिंग )

 २. शेन वार्न ( अस्ट्रेलिया ) : ७०८ विकेट ( १४५ खेल, २७३ इनिंग )

 ३. अनिल कुम्बले ( भारत ) : ६१९ विकेट ( १३२ खेल, २३६ इनिंग )

 ४. जेम्स एण्डरसन ( इंग्ल्यान्ड ) : ५८९ विकेट ( १५३ खेल , २८६ इनिंग, खेल जारि )

 ५. ग्लेन म्याकग्राथ ( अस्ट्रेलिया ) : ५६३ विकेट ( १२४ खेल, २४३ इनिंग )

 ६. कर्टनि वाल्स ( वेस्टइन्डिज ) : ५१९ विकेट ( १३२ खेल , २४२ इनिंग )

 ७. स्टुवार्ट ब्रड ( इंग्ल्यान्ड ) : ४९९ विकेट ( १४० औं खेल, २५८ इनिंग , खेल जारि )

 ८. डेल स्टेन ( दक्षिण अफ्रीका ) : ४३९ विकेट ( ९३ खेल, १७१ इनिंग )

 ९. कपिल देव ( भारत ) : ४३४ विकेट ( १३१ खेल , २२७ इनिंग )

 १०. रंगना हेराथ  ( श्रीलंका ) : ४३३ विकेट ( ९३ खेल , १७० इनिंग )

टेस्ट र एकदिवसीय दुवैमा मुथैया मुरलिधरन धेरै विकेट लिने बलर हुन्

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि सबैभन्दा धेरै विकेट लिने बलर मुथैया मुरलिधरननै हुन् जसले ३५० खेलमा ५३४ विकेट लिएका थिए। दोश्रो पाकिस्तानका वासिम आक्रम ५०२ विकेट, तेश्रो पाकिस्तानकै वकार युनिसले ४१६ विकेट, चौथो श्रीलंकाका चामिन्दा भास ४०० विकेट तथा पाँचौ पाकिस्तानका शहिद अफ्रिदी ३९५ विकेट रहेका छन्।

धेरैले पढेको :- 

– सिपिएल टि-२० खेल्न जान पाउलान् सन्दिप ? यसरी हुँदैछ प्रयास

– विदेशी लिगमा सन्दिपको ९ उत्कृस्ट बलिङ्ग स्पेल

 





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]