ब्रडको ४५० विकेट पुरा, यी हुन् टेस्टमा सर्वाधिक विकेट लिने १० बलर

इंग्ल्याण्डमा जारि एसेज सिरिज अन्तर्गत जारि पहिलो टेस्टमा इन्ग्लिश दायाँ हाते तिब्र गति बलर स्टुवार्ट ब्रडले ४५० औं विकेट पुरा गरेका छन्।

टेस्ट क्रिकेटमा ४५० विकेट पुरा गर्ने ब्रड मात्र सातौँ बलर हुन्। इंग्ल्याण्डको लागि यस अघि जेम्स एन्डरसनले मात्र यो किर्तिमान बनाउन सकेका छन्। एण्डरसन इंग्ल्याण्डको लागि सर्वाधिक विकेट लिने बलर हुन् जसले ५७५ विकेट लिएका छन्।

ब्रडले ४५० विकेट लिने क्रममा २७ पटक खेलमा ५ वा त्यो भन्दा बढी र ३ पटक १० वा त्यो भन्दा बढी विकेट लिएका छन्। उनले २६.९४ को औशत, ५६.२ को स्ट्राइक रेट र २.९६ को इकोनोमिले बलिंग गरेका छन्।

जारि टेस्टको दोश्रो इनिंगमा ब्रडले अस्ट्रेलिया ओपनर डेभिड वार्नरलाई क्याच आउट गराउदै ४५० औं विकेट लिएका हुन्। पहिलो इनिंगमा ५ विकेट लिएका उनले जारी दोश्रो इनिंगमा १ विकेट लिएका छन्।

३३ वर्षीय ब्रडले सन् २००७ मा श्रीलंका बिरुद्ध कोलोम्बोमा टेस्ट डेब्यु गरेका थिए। १ वर्ष अघि उनले पाकिस्तानसंग एकदिवसीयमा डेब्यु गरेका थिए। एकदिवसीयमा उनले १२१ खेलमा १७८ विकेट लिएका छन्। टेस्टमा ब्याटिंगतर्फ पनि ब्रडले ३ हजार ८८ रन बनाएका छन् जुन क्रममा १९.३ को औशतले रन बनाएका छन् भने एउटा शतक र १२ अर्धशतक बनाएका छन्।

टेस्टमा धेरै विकेट लिने १० बलरहरु 

टेस्ट क्रिकेट इतिहासमा सबैभन्दा धेरै विकेट लिने बलर श्रीलंकान अफ स्पिनर मुथैया मुरलीधरन हुन् जसले कुल ८०० विकेट लिएका थिए। यस्तै दोश्रो धेरै अस्ट्रेलियाका लेग स्पिनर शेन वार्न ( ७०८ विकेट ), तेश्रो धेरै भारतका लेग स्पिनर अनिल कुम्बले ( ६१९ विकेट ) रहेका छन्।

१. मुथैया मुरलीधरन ( श्रीलंका )  – ८०० विकेट ( १३३ खेलको २३० इनिंगमा )
२. शेन वार्न ( अस्ट्रेलिया ) – ७०८ विकेट ( १३४ खेलको २७३ इनिंगमा )
३. अनिल कुम्बले  ( भारत ) – ६१९ विकेट ( १३२ खेलको २३६ इनिंगमा )
४. जेम्स एण्डरसन ( इंग्ल्याण्ड ) – ५७५ विकेट ( १४९ खेलको २७८ इनिंगमा )
५. ग्लेन म्याक्ग्राथ ( अस्ट्रेलिया ) – ५६३ विकेट ( १२४ खेलको २४३ इनिंगमा )
६. कर्टनि वाल्श ( वेस्टइन्डिज ) – ५१९ विकेट ( १३२ खेलको २४२ इनिंगमा )
७. स्टुवार्ट ब्रड ( इंग्ल्याण्ड ) – ४५० विकेट ( १२८ खेलको २३५ इनिंगमा, खेल जारी )
८. डेल स्टेन ( दक्षिण अफ्रीका ) – ४३९ विकेट ( ९३ टेस्टको १७१ इनिंगमा )
९. कपिल देभ ( भारत ) – ४३४ विकेट ( १३१ टेस्टको २२७ इनिंगमा )
१०. रंगना हेराथ ( श्रीलंका ) – ४३३ विकेट ( ९३ टेस्टको १७० इनिंगमा

धेरै विकेट लिने उत्कृस्ट १० टेस्ट बलर मध्ये दशौँ नम्बरमा रहेका हेराथ बाहेक सबै दायाँ हाते बलर हुन्। देब्रे हाते बलर मध्ये दोश्रो धेरै विकेट लिने बलर पाकिस्तानका वासिम आक्रम हुन् जसले ४१४ विकेट लिएका थिए।

एकदिवसीय अन्तर्राष्ट्रियमा पनि सर्वाधिक विकेट लिने बलर मुथैया मुरलीधरननै हुन्। उनको नाममा कुल ५३४ विकेट रहेको छ। यस्तै दोश्रो धेरै पाकिस्तानका वासिम आक्रम ( ५०२ विकेट ) , तेश्रो धेरै पाकिस्तानकै वकार युनिस ( ४१६ विकेट ) , चौथो धेरै श्रीलंकाका चामिन्दा भास ( ४०० विकेट ) तथा पाँचौ धेरै पाकिस्तानका शहिद अफ्रिदी ( ३९५ विकेट )।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]